Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Breaking News 3

माघ २२ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

माघ २२ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

१० माघ, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते दिउँसो ४ बजेका लागि संघीय संसद्का‌ दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्ले‌ मंगलबार सिफारिस गरेअनुसार बुधबार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाएका हुन् । संविधानको धारा ९३ को उपधारा (१) मा मन्त्रिपरिषद्को‌ सिफारिसमा राष्ट्रपतिले संसद्‌ अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
Read More
पेमेन्ट गेट वे र सेक्युरिटी प्रिन्टिङ प्रकरणका अभियुक्त पक्राउ

पेमेन्ट गेट वे र सेक्युरिटी प्रिन्टिङ प्रकरणका अभियुक्त पक्राउ

१० माघ, काठमाण्डौं - भ्रष्टाचारको मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र  सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको, कार्यालयको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु थप छानबिनमा तानिएका थिए । बुधबार अख्तियारको टोलीले दुवैलाई पक्राउ गरी अख्तियारको हिरासत राखिएको छ । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टोलीले छापा मारी कागजात पनि नियन्त्रणमा लिएको छ । २०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष…
Read More
न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित

न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित

१० माघ, काठमाण्डौं - काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् । महानगरले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् । व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति नै बनाएर सडक आन्दोलन गरिरहेका छन् ।
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच द्विपक्षीय भेटावार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच द्विपक्षीय भेटावार्ता

६ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search