एकराज पाठक, काठमाडौँ ।नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ?नेपालमा दुई–दुई पटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ । सहज होस् पनि कसरी ? तीस वर्षको अभ्यासमा संविधानमाथि रहेका राजालाई संविधानमुनि राख्नुपरेको थियो र देशको शासन सत्ताको बागडोर राजनीतिक दलमा ल्याउनुपरेको थियो । त्यसैले विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्रको पुनः स्थापना गरेपछि बनेको अन्तरिम सरकारका सामु संवैधानिक राजतन्त्रात्मक संविधान निर्माण पहिलो र जटिल काम थियो । राजा वीरेन्द्रको राजनीतिक उदारताबाट चाँडै बहुदलीय व्यवस्थाको घोषणा हुन पुग्यो भनिरहेका पञ्चायतका शक्तिहरूले राजालाई संविधानको…
काठमाडौँ । बर्षौसम्म चक र डस्टर बोकेर हिँड्ने शिक्षकहरूको सम्मानित जीवन हुनुपर्दछ भन्दै उनीहरू अनिश्चित कालीन आन्दोलनमा उत्रिएका छन् । शिक्षकरुहरुसँग गरिएको ५२ बुँदे सम्झौता, नेपाल सरकारले उल्लङ्घन गर्दै प्रतिगामी दिशातर्फ अग्रसर भएकोले आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानुभाई कार्की बताउनुहुन्छ । शिक्षासम्बन्धी विधेयकले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन खोजिएको, शिक्षामा लगानी नबढाएको, राहत शिक्षक, इसीडीलाई विद्यालयको आधारमा नल्याएको, कर्मचारीहरूको मागलाई बेवास्ता गरिएको भन्दै आजदेखि पठनपाठनलाई ठप्प पारिएको अध्यक्ष कार्कीले बताउनुभयो । संसद्मा दर्ता भएको शिक्षा विधेयकमा रहेका प्रावधानहरूमा असहमति जनाउँदै महासङ्घले विभिन्न २० वटा माग तेर्स्याएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो। आन्दोलनलाई सशक्त बनाउन ७७ वटै जिल्लाबाट राहत, करार, बाल…
प्रा. वैंकटेश आत्रेय म कार्ल मार्क्सको “पूँजी” अध्ययन समूहमा संलग्न हुन पुगेँ । मार्क्सद्वारा सन् १८५० र १८६० को समयमा लेखिएको अर्थशास्त्रको यो जटिल पुस्तकलाई कतिपयले अप्रचलित र असान्दर्भिक समेत मान्दछन् । तर मलाई के लाग्यो भने यस समयका मुख्य अर्थशास्त्रका पुस्तकहरूले वास्तविक संसारको व्याख्या गर्न सकेका छैनन्। त्यसैले म “पूँजी” अध्ययन समूहमा संलग्न भएँ, जसले मेरो समग्र जीवनलाई नै परिवर्तन गरिदियो। “पूँजी”को अध्ययनले मेरो जीवन पूर्ण रूपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तथ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दछु । मैले भारतको एक प्रतिष्ठित संस्थाबाट सन् १९६९ मा रसायन अभियान्त्रीकरण (केमिकल इन्जिनियरिङ) मा डिप्लोमा…
भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ। उनलाई देश छोड्नको लागि ५ दिनको अल्टिमेटम दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेले संसद्को आकस्मिक बैठकमा सिख नेता हरदीपसिंह निज्जरको हत्यामा नयाँ दिल्ली संलग्न रहेको आरोप लगाएका थिए। उनले संसद्मा भनेका थिए, भारत सरकारको एजेंट्सले क्यानडाको सिख समुदायको नेता हरदीप सिंह निज्जरकाे हत्या गर्याे । हरदीपसिंह निज्जर उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए । हत्याको आरोप लगाउँदै क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो। क्यानडाका विदेश मन्त्री मेलनी जॉलीले भनेका छन्, उनको सरकारले…
क्यान्सर लगायतको रोगको नाममा कुनै एनजिओ खोल्ने । थोरै काम गर्ने, त्योभन्दा कैयौँ धेरै आफ्नो स्वार्थ पुरा गर्ने थुप्रै सङ्घ–संस्थाहरू भेटिन्छन् । तर त्यस प्रकारका सङ्घ–संस्थाभन्दा फरक प्रकारले काम गर्छिन्, अभियन्ता प्रमिता खनाल । काठमाडौँको बुढानीलकण्ठ बस्ने प्रमिता भन्छिन्, ‘हामी पूर्ण निस्वार्थ भावनाले काम गरेका छौँ । आफ्नै खल्तीबाट पैसा खर्च भएको छ । संस्थाको एक रुपैयाँ पैसा पनि लिएका छैनौ ।’ क्यान्सर सरभाईबरहरुको शरीर आफैमा सेन्सेटीभ हुन्छ । विभिन्न प्रकारका भाइरसहरूले चुनौती बढिरहेको अवस्थामा कसरी समाजसेवामा सक्रिय हुन सक्नुभएको छ भन्दा अभियन्ता प्रमिता भन्छिन्, ‘सरभाईबरहरुको अवस्था कस्तो छ ? अवस्था हरेर हामी मिलाएर काम गर्छौ । एकदमै हाई रिस्क…
काठमाण्डाै – एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र 'हल्कारा' ले गर्ने भएको छ । उक्त विधाका लागि हल्कारा सहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए । प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी हल्कारालाई सिफारिस गरिएको जानकारी हुन आएको छ । कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने भएको छ । आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्ममा महेश त्रिपाठी र विनीता थापा मगरको शीर्ष भूमिका छ । एक हुलाकी पात्रमार्फत निर्देशकले फिल्ममा वैदेशिक…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतदानको अधिकारबाट वञ्चित हुन नदिइने बताएका हुन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको समेत जानकारी दिए' प्रचण्डले भने, ‘अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित गरिने छैन।’ प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए । प्रधानमन्त्री दाहाल आजै न्यु योर्क आउनुभएका हुन् । उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि…
