काठमाडौँ,१७ कात्तिक । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभी का दुईवटा विद्युत् वितरण सब स्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्वारा केएफडब्लू विकास बैङ्कमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिका स्थानमा निर्माण गरिएका विद्युत् वितरण सब स्टेसनको बिहीबार उद्घाटन गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बङ्गलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल शमशेर हेलिस्टनले संयुक्त रूपमा रातामाटे सब स्टेसन उद्घाटन गरे । यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र केएफडब्लूका दक्षिण एसियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्त रूपमा कालिका स्थान सब स्टेसनको उद्घाटन…
काठमाडौँ, १७ कात्तिक । काठमाडौँमा जारी टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै छ । मुलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने छ । टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । सन्दीप जोरा बाहिरिएका छन् । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हुन् । समूह बी बाट ओमान विजेता र बहराइन उपविजेता भए । फाइनलमा प्रवेश गर्ने दुई टिम टी २० विश्वकपमा छनोट हुनेछन् ।
काठमाडौँ, १७ कार्तिक । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई नेताका बिचमा भएको एउटा भिडियो भाइरल भइरहेको छ। केही दिन अघि सो समितिमा भएको एउटा संवादको भिडियो दृश्य यतिखेर भाइरल भइरहेको हो । खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्री हुँदा सो समितिका सभापति सांसद मात्रै हुँदा रामहरि खतिवडाले ‘लक्ष्मी महतो कोइरी खै ?’ भन्दै प्रश्न गरेका थिए । उनैले त्यसको अहिले उल्टै प्रश्न गरेर ‘बदला’ लिएका छन् । तर, लामिछाने यतिखेर गृह मन्त्रीको जिम्मेवारी भन्दा बाहिर रहेका छन् र खतिवडाको पार्टी नेपाली काँग्रेस सरकारमा सामेल छ । यस मौका पारेर लामिछानेले सभापति खतिवडालाई उल्टै प्रश्न…
काठमाडौँ । सरकारले आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आव्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रूपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ । तर, यसअघि नियमित रूपमा परेको मितिमा यस पटक नेपालीहरूको महान् पर्व बडा दसैँ परे पछि पूर्व निर्धारित मिति सार्नु परेको थियो । जसका कारण यस पटक सो कार्यक्रम कात्तिक १७…
नयाँ दिल्ली, १७ कार्तिक । देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ । दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । अवस्था यस्तो छ कि अहिले डाक्टरहरूले पनि प्रदूषणबाट बच्न सल्लाह दिन थालेका छन् । विशेष गरी बालबालिका, बृद्धबृद्धा र बिरामीहरूलाई बढी सजग रहन अपिल गरिएको छ । विगत केही दिनदेखि दिल्लीको एयर क्वालिटी इन्डेक्स लगातार खराब श्रेणीमा रेकर्ड भइरहेको थियो तर अहिले स्थिति थप खराब भएको छ। जताततै धुवाँ छ । बिहीबार राजधानीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचक (एक्यूआई) ४ सयको स्तर नाघेर गम्भीर श्रेणीमा पुगेको छ ।…
काठमाडौँ, १७ कार्तिक । नेपाल प्रहरीले ठुलो सङ्ख्यामा जागिर खुलाएको छ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको मानव श्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको जनाउँदै निवेदन माग गरेको हो । नेपाल प्रहरीका अनुसार माग गरेका पदमा योग्यता पुगेका नेपाली नागरिकले आगामी मङ्सिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।
नयाँ दिल्ली, १७ कार्तिक । हमास र इजरायलको बिचमा जारी युद्ध अझै रोकिने छाँटकाँट देखिएको छैन । यसैबिच, भारतमा इजरायलका महावाणिज्यदूत कोबी शोशानीले गाजा पट्टीमा भारतीय मूलका एक सैनिकको मृत्यु भएको जानकारी दिएका छन् । कोबी शोशानीले मृतक बालक इजरायली सेनामा सिपाहीका रूपमा कार्यरत रहेको र गाजा स्ट्रिपमा हमास लडाकुहरूसँग लड्दा ज्यान गएको बताएका हुन् । बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ । उनीहरूसँगै १७ इजरायली सैनिक पनि मारिएका छन् । हेलेल सोलोमन इजरायली सेनामा स्टाफ सार्जेन्टको रूपमा कार्यरत थिइन्। उनी इजरायलको डिमोना सहरका बासिन्दा थिए। उनको…
तेहरान, १७ कार्तिक । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले गाजा पट्टी र कब्जा गरिएको वेस्ट बैङ्कमा आफ्नो घातक सैन्य कारबाही जारी राख्दा इजरायल ‘असहाय र भ्रमित’ बन्दै गएको बताएका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमा पोस्ट गरिएको एक कथनमा, खामेनीले इजरायलीहरूलाई सीधा सम्बोधन गर्दै भने कि उनीहरूको सरकारले उनीहरूलाई ‘झूटो’ बोलिरहेको थियो, उसले हमासले कब्जामा लिएका बन्धकहरूमाथि चिन्ता व्यक्त गरेको थियो र बन्दीहरूलाई राख्न सक्ने क्षेत्रहरूमा गोलाबारी पनि गरिरहेको थियो।’ उनले अगाडी लेखेका छन् कि, ‘अमेरिकी समर्थन बिना इजरायल एक दिन भित्रमा नै मौन हुनेछ’ इजरायलले इरानलाई यस क्षेत्रमा आफ्नो नम्बर एक खतरा मानेको छ। यसले मध्यपूर्वमा हमास र लेबनानमा…
काठमाडौँ, १७ कार्तिक । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा प्रतिस्पर्धा हुँदै छ । जारी आइसिसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले युएईसँग मैदानमा उत्रन लागेको हो । सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन् । केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले युएईसँग भिड्न लागेको हो । नेपाल समूह एको उप–विजेताका रूपमा समूह बी को विजेता युएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।
