शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नेपाल- भारत विद्युत् व्यापार सम्झौताको सम्बन्धमा अदालतको सहयोगी झिकाउने आदेश

नेपाल- भारत विद्युत् व्यापार सम्झौताको सम्बन्धमा अदालतको सहयोगी झिकाउने आदेश

नेपाल- भारत विद्युत् व्यापार सम्झौताको सम्बन्धमा अदालतको सहयोगी झिकाउने आदेश

१९ माघ, काठमाण्डौं - सर्वोच्च अदालतले नेपाल- भारत विद्युत् व्यापार सम्झौताको सम्बन्धमा परेको रिटबारे छलफल गर्न अदालतको सहयोगी (एमिकस क्यूरी) झिकाउने आदेश दिएको छ । न्यायाधीश नहकूल सुवेदीको एकल इजलासले विषयवस्तुको प्रकृति र गाम्भीर्यता हेर्दा दुवै पक्षबीच छलफलको आवश्यकता पर्ने भएकाले माघ २३ गते छलफलका लागि पेसी समेत तोकेको छ । 'निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा विचार गर्दा, निवेदकले रिट निवेदनमा नेपाल र भारत सरकारकाबीच ४ जनवरी २०२४ मा हस्ताक्षर भएको 'लङ टर्म पावर ट्रेड एग्रीमेन्ट' मा केवल विद्युत व्यापार को विषय मात्र नभई जलविद्युत् उत्पादन र विद्युत प्रसारण पूर्वाधार मा लगानी गर्ने जस्ता नेपालको संविधानको धारा २७९ आकर्षित हुने…
Read More
कसुर प्रमाणित नभई व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले जनायो आपत्ति

कसुर प्रमाणित नभई व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले जनायो आपत्ति

१८ माघ, काठमाण्डौं - व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ। आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रतिष्ठित व्यवसायीलाई विनासूचना पक्राउ गरिएको भन्दै परिसंघले असन्तुष्टि जनाएको हो। बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले कसुर प्रमाणित नभई पक्राउ गरेको भन्दै पक्राउ प्रक्रियामा आफूहरूको विमति रहेको बताए। ‘हाम्रो भनाइ पक्राउ गर्नै नपाउने भन्ने होइन, प्रक्रियाको इस्यु हो। कमसेकम आफ्नो कुरा राख्ने मौका दिनुपर्छ। अनुसन्धान गर्ने, सोधपुछ गर्ने हो भने बोलाइन्छ र सोधपुछ गरिन्छ। त्यसपछि प्रमाणित भए पक्राउ गर्दा हाम्रो कुनै विमति छैन। तर, कुनै सूचना नदिई सीधा अफिस, घरमा बसेको व्यक्तिलाई पक्राउ गर्नुमा हाम्रो विमति छ,’ अध्यक्ष अग्रवालले भने, ‘उहाँ…
Read More
अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालको अनुमति

अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालको अनुमति

१८ माघ, काठमाण्डौं - सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार चौधरीसहित छालाजुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेको थियो ।
Read More
राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन विधेयक संशोधनसहित पारित

राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन विधेयक संशोधनसहित पारित

१८ माघ, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले संशोधनसहित विधेयकलाई पारित गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । विधेयकमा विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्यांकनलाई व्यवस्थित गरी विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाउने व्यवस्था छन् ।
Read More
बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी पक्राउ

बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी पक्राउ

१८ माघ, काठमाण्डौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हडपेको आरोपमा प्रहरीले अनुसन्धानका लागि सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो । त्यस्तै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो । उनी बाँसबारी छाला जुता कम्पनीका तत्कालीन अध्यक्ष हुन् ।
Read More
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

१७ माघ, काठमाण्डौं - नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टितेलमा २ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।
Read More
आईसीसी यू–१९ विश्वकप को सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग पराजित

आईसीसी यू–१९ विश्वकप को सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग पराजित

१७ माघ, काठमाण्डौं - आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले पाँच विकेटको क्षतिमा २५.२ ओभरमै पूरा गर्‍यो। बंगलादेशलाई जित दिलाउने क्रममा अरिफुल इस्लाम र जिसन आलमले अर्धशतकीय इनिङ खेले। अरिफुल इस्लामले ३८ बलमा दुई छक्का र सात चौकाको मद्दतले अविजित ५९ रन बनाए। त्यसअघि ओपनर जिसनले दुई छक्का र ६ छक्काको मद्दतमा ४३ बलमा ५५ रन बनाएका थिए। बंगलादेशका पाँचै खेलाडीलाई सुवास भण्डारीले आउट गरेका थिए। सुवासले आठ ओभर बलिङ गर्दै ४४ रन दिएर पाँच विकेट लिए…
Read More
नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष आँफू निकटको बनाउन सूचनामै चलखेल

नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष आँफू निकटको बनाउन सूचनामै चलखेल

१७ माघ, काठमाण्डौं - संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षको प्रतिष्पर्दा सिमित ब्यक्तिहरुमा मात्र गराउन सूचनामै चलखेल गरेको छ । मन्त्रालयले आफु नजिकका व्यक्तिलाई नियुक्ति गर्ने गरी नियमावली विपरितको मापदण्ड बनाई अरुलाई आवेदन नै दिन नमिल्ने व्यवस्था गरेको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा प्राधिकरणको अध्यक्ष चयनका लागि गठन भएको समितिले गत आईतबार प्राधिकरणको अध्यक्ष पदका लागि एक हप्ताको म्याद राखेर आवेदनको लागि सूचना प्रकासित गरेको छ । सूचनामा सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, वोर्ड, समिति, आयोग प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारिको हकमा राजपत्राङ्कित प्रथम श्रेणी, दशौं तह वा सो भन्दा माथिको पदमाकाम…
Read More
निलम्बित जिल्ला न्यायाधीश विरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

निलम्बित जिल्ला न्यायाधीश विरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

१७ माघ, काठमाण्डौं - सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो । काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालत पुगेकी थिइन् ।
Read More
छानबिन समितिले भन्यो : एनसेल सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन

छानबिन समितिले भन्यो : एनसेल सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन

१५ माघ, काठमाण्डौं - दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन्। ‘खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिदबिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा आम्स लेन्थ प्रिन्सिपलअनुसार नभएको, विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टी हुने कागज पेस नगरेको देखिँदा यो सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search