काठमाडौँ, २ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समय सीमा…
तेलअहिव, २ कार्तिक । इजरायली सेनाले गोलाबारी आक्रमणको जवाफमा लेबनान सीमाको लेबनानी छेउमा हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरू प्रहार गरेको बताएको छ। इजरायली सेनाले भनेको छ कि लक्ष्यहरूमा समुद्रबाट हुन सक्ने एक अवलोकन बिन्दुमा सो आक्रमण गरिएको हो, जहाँबाट उत्तर पश्चिम इजरायलको रोश हानिक्रामा एन्टी–ट्याङ्क मिसाइलहरू प्रहार गरिएको थियो। लेबनानको अल–मायादीन टिभीले रिपोर्ट अनुसार इजरायली हवाई आक्रमणले लेबनानका दुई स्थानहरूमा साँझ आक्रमण गरेको हो । आक्रमणमा परी दुई जना घाइते भएको अल जजिराले जनाएको छ ।
हेमन्त केसी सुर्खेत, २ कार्तिक । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । लोकबहादुरले मुसिकोट नगरपालिका –७ साँखकी २८ बर्सिया भावना विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्वीकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न…
जेरूसलम, २ कार्तिक । संयुक्त राष्ट्र सङ्घले गाजाबाट करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसङ्ख्या बराबर रहेको छ। संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनडब्लुए सञ्चालित स्कुलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन्। युएनरडब्लुएले स्कुलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ। ती मध्ये एउटा विद्यालय, मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिई रहेका थिए ।…
धनगढी, १ कार्तिक । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीद गेट नजिकैको एक होटेलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करणबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए। उनीहरूको साथबाट प्लास्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ। लागू औषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान…
विराटनगर, १ कात्तिक । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधवार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत पर्दा विपक्षमा ५ मत मात्रै परेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सिट भएको राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएको हो । राप्रपाका एक सांसद अनुपस्थित रहे ।
काठमाडौँ, १ कात्तिक । नेपाली काँग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् । पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली काँग्रेसको महासमिति सदस्य दिए । काँग्रेसको बार् हौ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचनसमेत लडेका थिए । महामन्त्री पदमा मनोनयन गरेपछि अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास समेत लिएको सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् । दशैंलगत्तै पोखरामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी…
काठमाडौँ, कार्तिक १ गते । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै महत्त्वपूर्ण जित निकालेको छ । बुधवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नट आउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नट आउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए। त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो। युएईका लागि बासिल हमीदले अर्ध शतक प्रहार गरे। उनले ५१…
काठमाडौँ, १ कात्तिक । टोखा नगरपालिका-६ स्थित न्यु खुकुरी फुड क्याफेबाट ९ सय ३० ग्राम तौलको सालकको खपेटा १ थानसहित सोही नगरपालिका-८ ग्रिनल्याण्ड बस्ने झापा घर भएकी ३१ वर्षीय सुषमा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सालकको खपेटा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ, १ कात्तिक । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा/आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले स्तब्ध भएको बताए । उनले उक्त आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको बताउँदै एमाले शान्तिको पक्षमा रहेको बताए । ‘रकेट आक्रमणबाट ठुलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौँको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ । हामी…
