* मेघराज ओली हरेक पल्ट सायद पल्ट पल्ट नामले भन्दा उपमाले निष्ठाको पर्तिरुपमा– तिमिलाई उभ्याए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । हरेक पल्ट प्राय पाँच पाँच वर्षमा तिम्रो आकृति सजाय तिम्रो नाम बिक्यो–काम बिक्यो ०४६ देखी ०८० सम्म भजाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । निस्स्वार्थ, त्यागी हजुर भनी भनी नेताको फिक्स एक तलब बनाए एक जागिरे बनाए–खुसी मेरा नेता बनाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । ऐनामा आकृति फेरिए–नेता फेरिए तिनका जीवन फेरिए सोच फेरिएन.... बदलिएका आकृतिको आत्मा फेरिएन । नेताको आत्मा फेरिएन ।
लन्डन, १५ कार्तिक । नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपाली डायरफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरु सँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’ दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री डा. महतले भने, ‘नेपालीको धेरै ठुलो सङ्ख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किँदै छ । सिप, ज्ञान…
काठमाडौँ, कार्तिक १५ गते । इजरायल र हमासबिच युद्धको आज २६ औँ दिन हो । यसैबिच मङ्गलवार राति इजरायलले उत्तरी गाजको सबैभन्दा ठुलो जबालिया रिफ्युजी क्याम्पमा आक्रमण गरेको छ । सो आक्रमणमा हमासको सिनियर कमान्डर इब्राहिम बियारी सहित ५० लडाकुहरू मारिएको इजरायलले दाबी गरेको छ । विभिन्न मानवीय समूहहरूले जबलिया शरणार्थी शिविरमा इजरायलको आक्रमणको निन्दा गरेका छन् । उनीहरूले गाजामा घातक हवाई आक्रमण रोक्न तथा युद्ध विराम सुरक्षित गर्न विश्व नेताहरूलाई आव्हान गरेका छन् । मङ्गलवारको आक्रमणबाट नजिकैको इन्डोनेसियाली अस्पतालका निर्देशकले कम्तीमा ५० जनाको ज्यान गएको र धेरै घाइते भएको बताएका छन्। त्यस्तै एउटा अल जजीरा प्रसारण इन्जिनियरले आफ्नो परिवारका १९ सदस्य गुमाएको जानकारी हुन आएको छ…
शिर्षक अलि फरक छ । आकाशको सूर्यसँग पढाइको के सम्बन्ध ? भन्न सकिन्छ । पढ्न मन नलागेर पो अल्छी हुने हो, भन्न सकिन्छ । तर त्यति मात्र होइन । हिन्दु धर्ममा सूर्यतर्फ फर्केर प्रार्थना गर्ने गरिन्छ । त्यस प्रकारको प्रार्थनामा केही अन्धविश्वास छ र केही विज्ञान पनि । प्राचीन कालका मानिसहरूले सूर्यबाट केही ऊर्जा आएको तथा त्यसबाट केही रोग व्याधि सन्चो भएको आधारमा पनि सूर्यलाई शक्तिको रुपमा पूजा गरेको हुनसक्छ । सूर्यलाई हेला गर्दा म आफै केही दिनदेखि पढाइमा अल्छी भइरहेको अवस्था थियो । बिहानको कसरत पनि कोठाभित्रै गर्ने । पढ्ने लेख्ने, कम्प्युटर पनि कोठाभित्र चलाउने । अनि परिणाम, म…
काठमाडौँ, १४ कात्तिक । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीय यम कुमारी पुन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौँकै तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…
काठमाडौँ, १४ कात्तिक । पूर्व बाल लडाकु लेनिन विष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’मा राखेको बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापन पत्र बुझाएका विष्ट र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका छन् । छोराका हत्यारालाई कारबाहीको माग राखेर बर्षाैंदेखि अनशनमा बस्दै आएकी गङ्गामाया अधिकारीलाई भेटेर फर्किने क्रममा उनीहरूलाई प्रहरले ‘माथिको आदेश’ भन्दै बाहिर निस्किन नदिएको हो । ‘हामी वीर अस्पतालबाट गङ्गामाया अधिकारीलाई भेटेर निस्किन खोज्दा पौने ३ बजेदेखि म र भोजराज तिमल्सिनालाई प्रहरीले माथिको, प्रधानमन्त्रीको आदेश भन्दै निस्किन दिएको छैन,’ विष्टले भने, ‘अहिले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि,…
काठमाडौँ, १४ कात्तिक । काठमाडौँमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोड्दा कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । यो जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ । यसअघि मङ्गलवार बिहान सिंगापुरलाई हराउँदै सेमिफाइनल पुगेको ओमानसँग बुधवार नेपालले समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछ ।
गाजा, १४ कार्तिक । इजरायली सेनाले मङ्गलवार बिहानै गाजास्थित अल कुद्स अस्पताल नजिक बमदारी गरेको छ । प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मङ्गलवार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतङ्क छाएको थियो । ‘अस्पताल भित्र आश्रय लिनेहरूले डर र आतङ्कको अनुभव गरिरहेका छन्,्’ प्यालेस्टिनी रेड क्रस सोसाइटीलेले सामाजिक सञ्जालमा लेखेको छ । करिब १२ हजार आन्तरिक विस्थापित नागरिकहरूले अस्पतालमा आश्रय लिइरहेका छन्, सो समूहले भनेको छ । इजरायली सेनाले यस क्षेत्रमा गतिविधिका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अल कुड्स अस्पताल गाजाको उत्तरमा अवस्थित छ, जसको…
बारा, १४ कार्तिक । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सिपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुन लागेका हुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आव्हानमा मधेस प्रदेशका विद्यालयहरू एक दिनका लागि शोक बिदा दिइएको हो । बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगन्ज अस्पतालमा मृत्यु भएको थियो । नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना…
