५ पुस, काठमाण्डौं - इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कम्तीमा ८ हजार बालबालिका र ६ हजार २ सय महिला रहेका छन् । यसैबीच वेस्टब्यांकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको प्यालेस्टाइनले जनाएको छ । गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा…
५ पुस, काठमाण्डौं - साबिक विजेता सुदूरपश्चिम प्रदेश बिहीबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । उपाधि दाबेदार मानिएको नेपाल एपीएफ क्लबले प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमलाई ९ विकेटले हरायो । एपीएफले ८८ रनको लक्ष्य मूलपानी क्रिकेट मैदानमा १६.१ ओभरमै पार गरेको थियो । ज्योति पाण्डेले ४९ र इन्दु बर्माले ३१ रनको इनिङ्स खेल्दै एपीएफलाई सजिलो विजय दिलाए । प्लेयर अफ द म्याच ज्योतिले ४८ बल खेल्दै ९ चौका र राष्ट्रिय टोलीकी कप्तान इन्दुले ४४ बल खेल्दै ४ चौका प्रहार गरिन् । कप्तान सीता रानामगर ४ रन बनाई ईश्वरी विष्टको बलमा आउट भइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २०…
५ पुस, काठमाण्डौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्तिमार्फत राप्रपाले 'संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने' बताएको छ । 'एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मसहित अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सद्भाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको' राप्रपाको ठहर छ । "राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछ । संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन । त्यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई…
५ पुस, जनकपुर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गरेका छन् । बिहीबार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताए । उनले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न नेता/कार्यकर्ताहरुलाई आग्रह गरे । उनले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको बताए । उनले भने, ‘नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा काँग्रेस लाग्नेछ । हामीलाई सहयोग गर्नुहोस् । काँग्रेसले अवश्य नै भोलिका दिनमा…
५ पुस, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएका छन् । पुस ९ गतेदेखि गैंडाकोटबाट १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् । २०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न नभएपछि समय थपिएको थियो । थपिएको समयमा पनि निर्माण सम्पन्न गर्ने गरी काम नभइरहेको भन्दै सभापति लामिछानेले दबाब यात्रा गर्न लागेका हुन् । यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन्। यस्तै, सांसदहरू निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरू सहभागी हुने र…
५ पुस, काठमाण्डौं - मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० पारित गरेको छ । मन्त्रिपरिषद्को सामाजिक समितिले पेस गरेको निर्देशिका मन्त्रिपरिषद्ले बिहीबार स्वीकृत गरेको हो । यसअघि २०७५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेको थियो । सो कार्यविधिमा सबै सरकारी कार्यालयले विभिन्न सामाजिक सञ्जाल प्लाटफर्ममार्फत सेवाग्राहीलाई सूचना दिनुपर्ने उल्लेख थियो । ट्वीटर, फेसबुक र भाइबरजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने भनिएको थियो । साथै, कार्यालयहरूले आफ्ना सूचना पनि सामाजिक सञ्जालबाट नै सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख थियो । हाल सोही कार्यविधिमा संशोधन गरी निर्देशिका बनाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिए । 'यो नयाँ…
५ पुस, जनकपुर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार, कुशासनको कारणले जनता आजित भएको बताएका छन् । ‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’, उनले भने, ‘बिहानै उठ्दा कहिले शरणार्थी काण्ड, कहिले एनसेल काण्डको बारेमा सुन्नुपर्छ । एकपछि अर्को काण्ड सुनेर जनता आजित छन् ।’ खेती गर्नेले बजार भाउ नपाउने, समयमा मल नपाउने, व्यवसायीले सटरको भाडा तिर्न मुश्किल पर्ने र ऋणीले ब्याज तिर्न नसक्ने र साहुले दिएको ऋण फिर्ता नआउने जस्ता समस्या देखिएको भन्दै थापाले सोधे, ‘यसको जिम्मा कसले लिने ?’ राजनीतिक दलहरूले जनताका यस्ता समस्यामाथि ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ । उनले एमालेले केपी ओली नभएसम्म देश…
