१ माघ २०८१। विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । साहित्यकार शर्मालाई दश हजार राशिसहित सम्मान पत्रले प्रदान गरिएको हाे। कला साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउने एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको छ । समितिले २०६७ सालदेखि निरन्तर रुपमा एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केले भन्नुभयो जन्म दिने र कर्म दिने दुवैआमाहरुको नाममा साहित्य पुरस्कार स्थापना गरेको पुरस्कार यो वर्ष उपन्यास,नाटक,कथा र कविताका क्षेत्रमा कलम चलाउँदै आउनु भएकी साहित्यकार शर्मालाई प्रदान गरिएको हो । अगिलाे बर्ष दाेलखाली छाेरा बरिस्ठ साहित्यकार अमर कुमार प्रधानले पाउनु भएको थियोे…
