१ माघ २०८१। विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । साहित्यकार शर्मालाई दश हजार राशिसहित सम्मान पत्रले प्रदान गरिएको हाे। कला साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउने एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको छ ।

समितिले २०६७ सालदेखि निरन्तर रुपमा एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केले भन्नुभयो जन्म दिने र कर्म दिने दुवैआमाहरुको नाममा साहित्य पुरस्कार स्थापना गरेको पुरस्कार यो वर्ष उपन्यास,नाटक,कथा र कविताका क्षेत्रमा कलम चलाउँदै आउनु भएकी साहित्यकार शर्मालाई प्रदान गरिएको हो ।
अगिलाे बर्ष दाेलखाली छाेरा बरिस्ठ साहित्यकार अमर कुमार प्रधानले पाउनु भएको थियोे । साहित्यिक पुरस्कार वितरणको साथै विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको १३ औं वार्षिक साधारण सभा पनि सम्पन्न भएको छ । समितिले वार्षिक साधारण सभाको अवसरमा प्रदेय नामक साहित्यिक स्मारिका पनि सार्वजनिक गरेको छ ।
भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर,भानुविद्यापती साहित्य पुरस्कार समितिका अध्यक्ष शंङ्करलाल श्रेष्ठ,नेपाल बार एसोेसियसनका अध्यक्ष कृष्ण बस्नेत,नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन कापले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ दाेलखा शाखाकी पुर्ब सचिव हाल रेडियो शैलुङकी इस्टेसन मेनेजर निर्मला श्रेष्ठले गर्नु भएको थियाे। पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

