Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८२ बैशाख १०, बुधबार

पहलगाम आतंकवादी आक्रमणमा परेका नेपाली नागरिक सुदीप न्यौपानेको निधन

पहलगाम आतंकवादी आक्रमणमा परेका नेपाली नागरिक सुदीप न्यौपानेको निधन

-काठमाण्डौ समाचारदाता काठमाडौं, वैशाख ११ — भारतको जम्मु कश्मीरस्थित पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा परी रुपन्देहीका सुदीप न्यौपानेको निधन भएको छ। गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन्। इन्जिनियरिङ अध्ययन गरिरहेका सुदीप न्यौपाने आमा सँगै घुमघामका लागि पहलगाम गएका थिए। सोही क्रममा उनी आतङ्ककारी हमलाको चपेटामा परेका थिए। उक्त घटनामा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतका विभिन्न राज्यका नागरिकहरूसहित २६ जनाले ज्यान गुमाएका छन्। घटनाबारे थप विवरण संकलनको प्रक्रिया जारी रहेको गृहमन्त्री लेखकले जानकारी दिएका छन्। सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search