शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८२ कार्तिक ३, आईतवार

प्रहरी निरीक्षक मिना देवी राई पुरस्कृत

प्रहरी निरीक्षक मिना देवी राई पुरस्कृत

दोलखा / भीमेश्वर – “७०औं प्रहरी दिवस २०८२” को शुभ-अवसरमा यस कार्यालयका प्रमुख प्रहरी निरीक्षक मिना देवी राई जिल्ला प्रहरी कार्यालय चितवनबाट उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै नगद पुरस्कारद्वारा पुरस्कृत हुनु भएको छ। प्रहरी सेवामा लामो समयदेखि इमानदार, लगनशील र जिम्मेवार ढङ्गले कार्य गर्दै आउनुभएकी राईको समर्पण र उत्कृष्ट कार्यशैलीलाई प्रहरी संगठनले उच्च सम्मानका साथ कदर गरेको हो। उहाँ दोलखेली बुहारी समेत हुनुहुन्छ। जिल्लासँग आत्मीय सम्बन्ध राख्दै उहाँले दोलखाको सामाजिक तथा विकास गतिविधिहरूमा पनि सक्दो सहयोग पुर्‍याउँदै आउनुभएको छ। उहाँलाई प्राप्त यो सम्मानले दोलखालीहरूमा गर्वको अनुभूति दिलाएको छ। 🙏🇳🇵
Read More
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

दोलखा / — आज कार्तिक कृष्ण त्रयोदशीका दिन देशभर काग तिहार मनाइँदैछ। यो दिन यमपञ्चक अर्थात् तिहारको पहिलो दिन पनि हो। यस दिनलाई “काग तिहार” भनेर चिनिन्छ। हिन्दू परम्परा अनुसार कागलाई सन्देशवाहक र सतर्कताको प्रतीकका रूपमा मानिन्छ। पुराणहरूमा उल्लेख भएअनुसार, काग यमराजका दूत हुन्, जसले शुभ-अशुभ घटनाको सूचना पुर्‍याउने काम गर्छन्। त्यसैले आजको दिनमा कागलाई मीठा-मीठा खानेकुरा चढाएर पूजा गर्ने चलन रहेको छ। घर-घरमा बिहानै उठेर कागका लागि परिकार तयार पारिन्छ र घरको छत, बारन्दा वा आँगनमा राखिन्छ। यसरी कागलाई सम्मान दिँदा घरमा शुभता, शान्ति र सन्देशका माध्यमले सबैलाई सतर्क रहने शक्ति प्राप्त हुने जनविश्वास छ। तिहारको पहिलो दिनदेखि सुरु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search