नेवार भाषाका दुई कृतिको भव्य लोकार्पण: स्थानीय भाषा–साहित्य संरक्षणमा महत्वपूर्ण कदम काठमाडौं प्रधान सम्पादक महेन्द्र श्रेष्ठ दोलखा क्षेत्रको स्थानीय भाषा, संस्कृति र साहित्यिक परम्परालाई संरक्षण र विस्तार गर्ने लक्ष्यसहित तयार गरिएको द्वाल्खा नेवार भाषाका दुई महत्वपूर्ण कृतिको आज एक भव्य तथा गरिमामय समारोहका बीच लोकार्पण गरिएको छ। दोलखा साहित्यिक वृत्तमा सक्रिय योगदान पुर्याउँदै आएका स्रष्टा प्रा. डा. श्याम जोशीद्वारा लिखित उपन्यास ‘खोसु दुपानये निबार’ (बादलभित्रको घाम) र कथा सङ्ग्रह ‘थोँसि बोस’ दुबै कृतिले स्थानीय भाषा र साहित्यलाई नयाँ उचाइतर्फ अघि बढाउने अपेक्षा गरिएको छ। प्रमुख अतिथि बिमला निभा र प्रकाशक शारदा जोशीको विशेष उपस्थिति कार्यक्रमका प्रमुख अतिथि बिमला निभा तथा…
