स्व. इन्द्रप्रसाद सुवेदीप्रति नेकपा एमाले भीमेश्वर–२ द्वारा समवेदना दोलखा — नेकपा कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) भीमेश्वर नगरपालिका वडा नं. २ कमिटी, दोलखा परिवारको आयोजनामा स्व. इन्द्रप्रसाद सुवेदीप्रति भावपूर्ण समवेदना व्यक्त गरिएको छ। समवेदना कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, वडा कमिटी कार्यवाहक अध्यक्ष शान्त श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानेन्द्र प्रधान लगायत पार्टीका नेता–कार्यकर्ता तथा सुवेदी परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले स्व. सुवेदीको पार्टीप्रतिको निष्ठा, जनसेवामा पुर्याएको योगदान र स्थानीय विकासमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँको निधनले पार्टी र समाजले अपूरणीय क्षति व्यहोर्नु परेको धारणा व्यक्त गरे। स्व.…
