फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित फुलपामा बोलेरो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभएको छ। स्वाक्लाबाट दोलखा बजारतर्फ आउँदै गरेको बोलेरो फुलपा क्षेत्रमा आइपुगेपछि सडकबाट तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। फुलपा क्षेत्रमा सडक घुम्ती तथा उकालो–ओरालो रहेको र सडकको अवस्थाका कारण पनि सवारी चालकले विशेष सावधानी अपनाउनुपर्ने स्थानीयको भनाइ छ। वर्षायामपछि कतिपय स्थानमा सडक चिप्लो हुनुका साथै सडक…
