९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा / उमेरले ९८ वर्ष टेकिसक्दा पनि हातमा सीप, मनमा जाँगर र श्रमप्रतिको सम्मान उत्तिकै छ। भीमेश्वर नगरपालिका–२ का कर्णबहादुर थामी बुढ्यौली उमेरमा पनि बाँसको चुयाबाट बाकरी बुन्दै आफ्नो दैनिकी बिताइरहनुभएको छ। यतिबेला मंसिरको चटारोमा धान भित्र्याउने र थन्क्याउने कामसँगै उहाँको हातमा परम्परागत सीपको निरन्तरता पनि देख्न सकिन्छ। धेरैका लागि ९८ वर्षको उमेर आराम गरेर बिताउने समय हो। तर कर्णबहादुरका लागि उमेरले काम गर्ने इच्छाशक्तिलाई रोक्न सकेको छैन। उहाँ आफ्नै हातले बाँसको चुया चिर्ने, आवश्यक आकारमा तयार पार्ने र त्यसलाई कलात्मक ढङ्गले बुनेर…
