दोलखामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगोपनाबारे बहस हुने महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । हिमाली क्षेत्रको सामाजिक–आर्थिक तथा वातावरणीय परिवर्तन र दिगोपनाका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बहस र अनुसन्धानलाई अघि बढाउने उद्देश्यले दोलखाको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २०–२२, २०२६) ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ सञ्चालन हुन लागेको हो। क्याम्पस प्रमुख शान्त उप्रेतीले सम्मेलनबारे जानकारी दिँदै उच्च शिक्षा, अनुसन्धान र बौद्धिक उन्नयनमा योगदान पुर्याउँदै आएको क्याम्पसले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो। सम्मेलनमा नेपालसहित विभिन्न देशका प्राध्यापक, अनुसन्धानकर्ता तथा…
