Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगोपनाबारे बहस हुने

Advertisement

दोलखामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगोपनाबारे बहस हुने

महेन्द्र श्रेष्ठ / दोलखा

दोलखा । हिमाली क्षेत्रको सामाजिक–आर्थिक तथा वातावरणीय परिवर्तन र दिगोपनाका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बहस र अनुसन्धानलाई अघि बढाउने उद्देश्यले दोलखाको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।

गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २०–२२, २०२६) ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ सञ्चालन हुन लागेको हो।

क्याम्पस प्रमुख शान्त उप्रेतीले सम्मेलनबारे जानकारी दिँदै उच्च शिक्षा, अनुसन्धान र बौद्धिक उन्नयनमा योगदान पुर्‍याउँदै आएको क्याम्पसले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो।

सम्मेलनमा नेपालसहित विभिन्न देशका प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति विज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनमा हिमाली पारिस्थितिकीय प्रणाली, जलवायु परिवर्तनको प्रभाव, आर्थिक रूपान्तरण, सांस्कृतिक विकास तथा सामाजिक पुनर्संरचनाका विषयमा बहुआयामिक छलफल गरिनेछ।

त्यसैगरी विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोत व्यवस्थापन, पर्यटन, कृषि तथा सामुदायिक उच्च शिक्षाका क्षेत्रमा कार्यान्वयनयोग्य रणनीति पहिचान गर्ने सम्मेलनको उद्देश्य रहेको छ।

सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी, अस्ट्रेलियाका प्रा. फिल म्याकमानस र भारतको गुजरातस्थित भगवत कवि नरसिंह मेहता विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रतापसिंह चौहान प्रमुख वक्ताका रूपमा सहभागी हुने जनाइएको छ।

यस सम्मेलनले हिमाली क्षेत्रका चुनौती र सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ज्ञान, अनुभव र विचार आदानप्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दोलखामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगोपनाबारे बहस हुने

दोलखामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगोपनाबारे बहस हुने

दोलखामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगोपनाबारे बहस हुने महेन्द्र श्रेष्ठ / दोलखा दो...
ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत...
देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी **महेन्द्र श्रेष्ठ / दोलखा **क...
संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । संस...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search