Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा ‘मिसामी’ नाटक प्रदर्शन र सांस्कृतिक पुस्तक लोकार्पण सम्पन्न

Advertisement

दोलखामा ‘मिसामी’ नाटक प्रदर्शन र सांस्कृतिक पुस्तक लोकार्पण सम्पन्न

महेन्द्र श्रेष्ठ
शंख ध्वनि अनलाइन

दोलखा । दोलखाको मौलिक भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दोलखा भाषाको नाटक ‘मिसामी’ प्रदर्शन तथा ‘दोलखा सहरका चाडपर्व, जात्रा तथा मेला’ पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

बिहीबार साँझ दोलखा सहरको तल्लो टोलस्थित राजकुलेश्वर आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा प्रा. डा. श्याम जोशीद्वारा लिखित दोलखा भाषाको नाटक ‘मिसामी’ प्रदर्शन गर्नुका साथै उहाँकै कृति ‘दोलखा सहरका चाडपर्व, जात्रा तथा मेला’ पुस्तक लोकार्पण गरिएको हो।

दोलखाको मौलिक भाषा, कला, साहित्य, चाडपर्व, जात्रा र सांस्कृतिक परम्परालाई अभिलेखीकरण गर्दै भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय भाषा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गरेको छ।

कार्यक्रममा दोलखा भाषाको संरक्षण, अध्ययन र प्राज्ञिक विकासमा योगदान पुर्‍याउनुभएकी प्रा. डा. क्यारोल जिनेटीको योगदानसमेत स्मरण गरिएको थियो। उहाँले दोलखा भाषाको अध्ययन तथा अध्यापनलाई विभिन्न विश्वविद्यालयसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँका प्रयासले दोलखा भाषालाई शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा चिनाउन सहयोग पुगेको मानिन्छ।

त्यसैगरी, लेखक जोशीले दोलखा भाषाको नाटक ‘मिसामी’ सिर्जना गरी राष्ट्रिय नाचघरमा समेत प्रदर्शन गर्नुभएको थियो। दोलखाको भाषा, कला र संस्कृतिलाई व्यापक रूपमा चिनाउने उद्देश्यले उहाँले वृत्तचित्र तथा चलचित्र निर्माण र प्रदर्शनमार्फत पनि योगदान पुर्‍याउनुभएको छ। भाषा, साहित्य र दृश्य सामग्रीका माध्यमबाट स्थानीय मौलिकताको संरक्षण तथा प्रचारप्रसारमा उहाँले गर्दै आउनुभएका प्रयासलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

कार्यक्रमका अवसरमा दोलखा भाषासम्बन्धी अध्ययन तथा अनुसन्धानमा योगदान पुर्‍याउनुभएका प्रा. डा. क्याराेल जिनेटीलाइ भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर र भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले खादा ओढाएर सम्मान गर्नुभएको थियो। कार्यक्रममा उहाँको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा रहेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

दोलखा भाषा यहाँको ऐतिहासिक पहिचान, सामाजिक जीवन र सांस्कृतिक परम्परासँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण सम्पदा हो। स्थानीय भाषामा साहित्य सिर्जना गर्नु, नाटक प्रदर्शन गर्नु तथा चाडपर्व, जात्रा र मेलालाई पुस्तकका रूपमा अभिलेखीकरण गर्नुले मौलिक परम्पराको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

दोलखाको भाषा र संस्कृतिलाई साहित्यिक सिर्जना, शैक्षिक अध्ययन, नाट्य प्रस्तुति तथा दृश्य सामग्रीमार्फत व्यापक रूपमा चिनाउने यस्ता प्रयासले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सहयोग पुर्‍याउनेछन्। ‘मिसामी’ नाटकको प्रदर्शन र सांस्कृतिक पुस्तकको लोकार्पणले दोलखाको मौलिक सम्पदाप्रति नयाँ पुस्ताको चासो बढाउँदै भाषा, इतिहास र संस्कृतिको संरक्षणमा थप प्रेरणा दिने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दोलखामा ‘मिसामी’ नाटक प्रदर्शन र सांस्कृतिक पुस्तक लोकार्पण सम्पन्न

दोलखामा ‘मिसामी’ नाटक प्रदर्शन र सांस्कृतिक पुस्तक लोकार्पण सम्पन्न

दोलखामा ‘मिसामी’ नाटक प्रदर्शन र सांस्कृतिक पुस्तक लोकार्पण सम्पन्न महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दोलखा । दोलखाको मौलिक...
अनेरास्ववियुको केन्द्रीय सदस्य तथा दोलखा इन्चार्जमा रामचन्द्र केसी मनोनीत।

अनेरास्ववियुको केन्द्रीय सदस्य तथा दोलखा इन्चार्जमा रामचन्द्र केसी मनोनीत।

अनेरास्ववियुको केन्द्रीय सदस्य तथा दोलखा इन्चार्जमा रामचन्द्र केसी मनोनीत। शंख ध्वनि अनलाइन दोलखा । विद्यार्थी राजनीतिसँगै साम...
दोलखामा खड्ग जात्रा उत्साहका साथ सम्पन्न

दोलखामा खड्ग जात्रा उत्साहका साथ सम्पन्न

दोलखामा खड्ग जात्रा उत्साहका साथ सम्पन्न। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा। ऐतिहासिक नगरी दोलखामा विजयादशमीको भोलिपल्ट मनाइने परम्...
फूलपातीका दिन भीमेश्वर मन्दिरमा २८४ बोका र २४२ भालेको बलि पूजा।

फूलपातीका दिन भीमेश्वर मन्दिरमा २८४ बोका र २४२ भालेको बलि पूजा।

फूलपातीका दिन भीमेश्वर मन्दिरमा २८४ बोका र २४२ भालेको बलि पूजा। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । ऐतिहासिक तथा धार्मिक महत्त्व बो...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search