शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पारिजातको सम्झना

Advertisement
* दिल साहनी
पारिजातलाई मैले सर्व प्रथम मित्र दुर्गा प्रसाद अधिकारीसित शिलाङको ग्रायन्ड होटेलमा देखेको हुँ।  त्यति बेला उनले मलाई ‘काठमान्डुमा देखे जस्तो लाग्यो’ भनिन् । मैले जबाफमा भनेको थिएँ – ‘म काठमान्डु कहिले गएको छैन’ । त्यति बेला पारिजात राल्फा आन्दोलनमा लागेको थिइन् ।
 दोस्रोपल्ट मैले पारिजातलाई बनारसमा दूध बिनायक‍को जगदम्बा धर्मशालामा भेटेको हुँ । त्यति बेला कमरेड मोहनविक्रम सिंहले भाषण गरिरहेका थिए । फेरि पनि पारिजातले मलाई ठहराउन सकेकी थिइनन् । ठम्याउन भने खोजेकी रहिछन् – ‘एमबीको भाषण गम्भीरतापूर्वक सुनिरहेको व्यक्तिको रूपमा’ । सो कुरा उनकै मुखबाट सुनेको थिएँ ।
तेस्रोपल्ट पनि मैले पारिजातलाई बनारसमा भेटेको थिएँ । उनी दिल्लीतिरबाट बनारस आउँदा विशेष गरी मोदनाथ प्रश्रितको अगुवाइमा बनारसमा पारिजातको उपस्थितिमा साहित्य चर्चा कार्यक्रम राखिएको थियो । त्यसमा प्रदीप गिरी पनि उपस्थित थिए र बोलेका पनि थिए ।
 चौथोपल्ट मैले पारिजातलाई भैरहवामा भेटेको थिएँ । सिद्धार्थ साहित्य परिषद्को आयोजनामा रत्न राज्य लक्ष्मी हाई स्कुलमा उनको सम्मानमा साहित्यिक भेटघाट कार्यक्रम राखिएको थियो । त्यसमा मैले, देश कसको हातमा छ ?  भन्ने कविता सुनाएको थिएँ ।
पारिजातलाई मेरो त्यो कविता निकै मन परेछ । उनले मसित त्यो कविता मागेर आफ्नो सम्पादनमा प्रकाशित उत्साहमा प्रकाशित गरेकी थिइन् । तर त्यही कविताको कारण प्रत्रिका पञ्चायती प्रशासनले कब्जा गर्‍यो । पछि चार लाइनमा कालो पोतेर वितरण गर्न दियो । त्यस पछि त मेरो पारिजातसित उनकै निवासमा धेरैपल्ट भेट भएको थियो । म काठमाण्डौं जाँदा भरसक समयले साथ दिएसम्म पारिजातलाई भेट्दथेँ ।
एकपल्ट मैले पारिजातलाई उनको निवासमा भेट्दा उनले भनेकी थिइन् – ‘म कसैसित भेटघाट गर्न चाहान्नथें। मलाई नभेट्नु भनेर राजधानीका सबै साथीहरूलाई खबर गरेकी थिएँ । तपाईँ आउनु भएछ ।’  मैले उनलाई भने ‘थाहा नपाएर म आएछु । म जान्छु त ।’ त्यसको प्रतिक्रियामा उनले भनिन् – ‘अब आइत हाल्नु भयो, बस्नुस् ।’ त्यस पछि हामीबिच विविध विषयमा कुराकानी भए । उनी त्यति बेला परिभाषित आँखाहरू उपन्यास लेख्दै थिइन् । उनले  भनिन् ‘उपन्यास लेख्दा म सम्पूर्ण रूपमा एकान्त तथा सुनसान चाहन्छु ।’  उनले लेख्दा कुनै चराचुरुङ्गी, पशु पक्षी आदिको आवाज सुन्न नपरोस्, कुनै कुराले उनको ध्यान भङ्ग नगरोस् भन्ने चाहन्थिन् ।
 पारिजात, प्रज्ञा प्रतिष्ठानसित असन्तुष्ट थिइन् । उनले मलाई भनेकी थिइन् – ‘तपाईँले प्रज्ञा प्रतिष्ठानमा कुन‌ै रचना नपठाउनु होला । प्रज्ञा प्रतिष्ठानमा मैले वैरागी काइँला र मोहन कोइरालालाई भेट्दा उनीहरूले मलाई रचना पठाउनुहोला भनेका थिए । म समेत रचना पठाउने मनस्थितिमा थिइन।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search