शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सन्दर्भ बौद्ध चैत्यहरुको संरक्षण

Advertisement
  प्रा. ड़ा. श्याम जोशी
प्रा. ड़ा. श्याम जोशी

११ कार्तिक २०८१, दोलखा ।  यसपाली दसैँमा कालिंचोक युबा क्लबले दोलखाका केहि बौद्ध चैत्यहरुको सरसफाई र रंगरोगन गरेर आफ्ना पुर्खाको धरोहर सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने सराहनी काम गरेकोछ । म स्वयम् अध्यक्ष हुँदा पनि बजेटको अभाबले गर्दा दुंगल टोल  र नक्छें टोलका चैत्यहरुको धेरथोर मर्मत सम्भार गरेका थियौं । नेपाल भरिमा नै अपबाद स्वरुप नुवाकोटमा हालसालै उत्खनन बाट प्राप्त सानु चैत्य बाहेक दोलखा शहरमा मात्र त्यो पनि शहर भित्र नै ५ वटा चैत्यहरु छन् जस मध्य एउटा पुनर्निर्माणको पर्खाइमा छ ।

सानु बेला देखि मलाइ संधै लाग्ने गरेको थियो दोलखामा संधै हिन्दु नेवार राजाहरुले शासन गरेका थिए भन्छन । तर याहाँ बुद्ध धर्मका अनुयायीले गर्ने कार्य, मन्दिर र जात्रा पनि हुने गरेका छन् । बारम्बार यो कुरामा घोत्लिन थालेको थिएं । अहिले अलिकति दिमाग खुलेको छ केहि सामाग्रीको अध्ययन पछी ।

माथिल्लो टोलको सेङ          /         दुंगल टोलको सेङ
माथिल्लो टोलको सेङ     /     दुंगल टोलको सेङ

दोलखा मुलत: हिन्दुहरुको बस्ति भए पनि उहिले देखि नै एक किसिमले धर्म – तटस्त राज्य रहेछ । हिन्दु धर्म सबभन्दा उदार धर्म हो भन्थे एक विद्वान जसको ज्वलन्त उदाहरण दोलखामा भेट्न सकिन्छ। उहिले ७०० नेवार को बस्ति भनिने दोलखा सहर हिन्दु राजाहरु द्वारा प्रशाशित सतप्रतिसत हिन्दुहरुको बस्ती हो । अहिले सम्म पनि सहर भित्र नेवारहरु मात्र बसोबास गर्ने बिशुद्ध बस्ति पनि नेपाल अधिराज्य भरि नै दोलखा मात्र हो। याहाँका राजाहरुले आफ्नै नेवारी भाषा चलाएका थिए जसमा उपत्यकाका नेवारी भाषामा नपाइंने  धेरै शव्द पाउँन सकिन्छ।

 

मचिन्द्रको पुजारी बज्राचार्य थरका एक परिवार मात्र बौद्ध धर्मावलम्बी छ, त्यो पनि थर ले मात्र जस्तो लाग्छ । कान्तिपुरका नरेश महेन्द्र मल्ल भन्दा पनि पहिला चांदिको मोहर चलाइ सकेका राजा इन्द्रसिंह देब  लगायत दोलखाका राजाहरुले दोलखामा हिन्दु र बौद्ध धर्मका चाडपर्बहरु  समिश्रण गरेर आफ्नो सस्कृती लाई झनै उत्कृस्ट पार्न खोजेको पाइंन्छ। त्यसै इतिहासकार बाबुराम आचार्यले “दोलखाको इतिहास नगांसिएको काठमाण्डौ उपत्यकाको  मल्ल कालको इतिहास अंगहिन हुन्छ”  भनेका हैनन रहेछ ।

नक्छें टोलको सेङ                                कोर्छें टोलको सेङ
नक्छें टोलको सेङ   /   कोर्छें टोलको सेङ

दोलखाका राजा जयनारायण देबले ( बि.सं १६०५ देखि १६१३ सम्म शासन चलायका )  कान्तिपुर बाट बज्राचार्य ल्याइ दोलखा सहर भित्र ५ वटा बौद्ध चैत्य स्थापना गर्न लगाएका थिए जस्लाइ स्थानीय भाषामा सेङ ( चैत्य अर्थात स्वयम्भु) भनिन्छ जुन बुद्धको प्रतीक हो । दोलखालीहरु बिहान भिमेस्वरको दर्शन गर्न जाँदा माथिल्लो टोलमा अबस्थित स्वयम्भू चैत्यको परिक्रमा गर्दै चार तिर रहेका बुद्धको मुर्ती ढोग्न छुटाउदैनन। त्यो त हाम्रो देवता हैन भनेर कसैले पुर्वाग्रह राखेको अहिले सम्म सुनेको छैन ।

भनिन्छ बुद्धले पुजा गर्नका लागि आफ्ना प्रतिमा बनाउने सहमति दिएनन रे , तर उनी मात्र एक यस्तो ब्यक्ति हुन जस्को सालिक दर्जनौ देशमा क्राइस्ट, राम, कृष्ण , महादेवको भन्दा धेरै अथवा लाखौंको सङ्ख्यामा राखिeका छन ।उनी इस्वर- मानब थिएनन् । केहिको सोचाइमा उन्ले इस्वरमा बिश्वास गर्दैन थिए । तर पनि उन्ले सत्य , प्रेम, सदभाव जस्ता सबै इस्वरिय गुणहरु बारे उपदेश दिन्थे ।उनी सम्पुर्ण मानवजाती मै सर्बोच्च महामानव थिए । अत : दोलखालिहरुले बुद्धको प्रतिमामा पुजाआजा गर्नु  ताजुब मान्नु पर्ने केहि कारण छैन ।

माथिल्लो टोलमा अबस्थित् धर्म धातु चैत्य राजा इन्द्रसिङ् देवका भाइ दोलखाका तत्कालिन शासक जयनारायण देब र उनकी रानी बित्तलक्ष्मीले बि .सं १६०६ ( ने .सं ६६९ ) मा स्थापना गरेका थिय । सो चैत्यको चार तिर बिभिन्न मुद्राका बुद्ध मुर्तिहरु राखिएका छन् । दोलखामा भिमेस्वर मन्दिर पछी अर्को आकर्षक देब मन्दिर यो धर्म धातु चैत्य हो भन्ने इतिहासमा उल्लेख छ । उसबेला त्याहाँ लाग्ने हाट बजारको आम्दानि बाट बौद्ध चैत्यको मर्मत कार्य हुन्थ्यो भन्ने प्रमाण भेटिएका छन् । तर शहरका अन्य भागमा अबस्थित चैत्यहरुमा कसले बनाएको केहि उल्लेख छैन श्यायद बेलैमा संरक्षण नभएर हुनसक्छ ।

उसबेला दोलखाका शासकहरुमा बौद्ध धर्म प्रति पनि केहि झुकाब भएको देखिन्छ । दोलखाको एतिहासिक रुपरेखामा उल्लेख भए अनुसार  दोलखामा बौद्ध धर्मको प्रचार उपत्यका बाट प्रभावित नभएर दोलखाको तिब्बत संगको बढ्दो ब्यापारिक सम्बन्धको कारणले भएको हो ।  नक्छें टोलको धर्मधातु बौद्धचैत्य काठमाडौँको स्वयम्बुको शैलिमा बनेको छ तर साल उल्लेख छैन ( दोलखाको एतिहासिक रुपरेखा २०३१) । रत्न काजी बज्राचार्यका अनुसार “श्री रत्न मुनि बज्राचार्यले बि .सं १८२८  (ने .सं ८९२) तिर दोलखा गएर त्याहाँ रहेको कोटछें र दुंगलको चैत्यहरुको जिर्णोद्वार गरेको कुरा उनले हस्त लिखित ग्रन्थमा लेखिराखेका छन् (दोलखा स्वयम्बु चैत्यहरुको जिर्णोद्वार ठ्यासफुको पाना, आँखा २०४२)  “उक्त समयमा रत्न मुनि बज्राचार्य पाटनको मन्त्र सिद्धि महाविहारको थकाली थिए । जे होस् कालिन्चोक युबा क्लबले यस्तै सम्पदा संरक्षणको काम लाई निरन्तरता  देवोस यहि शुभकामना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search