शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमसेनको महिमा

Advertisement
 प्रा. डा. श्याम जोशी
प्रा. डा. श्याम जोशी

२५ माघ २०८१, दोलखा । नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो संरक्षक देवताको रूपमा पूजा गर्छन् जसले उनीहरूलाई व्यापारको माध्यमबाट धन प्राप्त गर्न मद्दत पुर्याउँछ। त्यसैले काठमाडौं उपत्यकाका हरेक किनारामा भीमसेनको चित्र वा मूर्तिहरू देख्न सकिन्छ । नेवारहरूको बसोबास रहेको काठमाडौँ उपत्यकाभित्र र बाहिर पनि भीमसेनका थुप्रै तीर्थस्थलहरू र सुव्यवस्थित मन्दिरहरू छन्। यहाँ यो ध्यान दिनु जरुरी छ कि भीमसेनको यो महिमा भारतमा अज्ञात छ यद्यपि केही भन्छन् कि भिमसेनलाई मध्य भारतका केही भागहरूमा केही आदिवासी जनजातिहरूले पूजा गर्छन्। भीमसेन सम्प्रदायको पुरातनता स्पष्ट रूपमा नायक पूजासँग सम्बन्धित हुनसक्छ । किनकि उनी महाभारत महाकाव्यका प्रसिद्ध नायकहरू मध्ये एक हुन्, जहाँ उनलाई वायु देवताको पुत्र पनि भनिएको छ र वीरताको असाधारण गुणहरू भएको मानिन्छ । तर नेपाली परम्परामा वास्तवमा त्यो क्षमतामा उनको पूजा गरिँदैन ।

शिवदेव पाँचौंको शासनकालको वंशावलीमा भीमसेनको अर्को सन्दर्भ पाउँछौं । राजा शिवदेवले कामेश्वर भीमसेनलाई पश्चिमबाट ल्याएर पशुपति मन्दिरको पश्चिमतर्फ स्थापना गरेको वंशावलीमा उल्लेख छ । यो देवपाटनको एक मन्दिरलाई बुझाउँछ जसमा भीमसेनका दुई पत्थरका मूर्तिहरू छन्। कीर्तिपुरमा रहेको भीमसेन मन्दिर महत्वपूर्ण छ किनभने यसको नाम इस्वी संवत् १५८७ को शिलालेखमा लेखिएको छ । भीमसेनका दुई प्रसिद्ध मन्दिरहरू छन्, एउटा पाटनमा र अर्को काठमाडौँमा। काठमाडौंको भीमसेन मन्दिर सन् ११४० मा निर्माण भएको मानिन्छ । त्यहाँ रहेको राजा प्रताप मल्लको शिलालेख सन् १६५५ को हो जुन महत्त्वपूर्ण छ किनभने यसमा भीमसेनलाई भगवान शिवको रूपमा सम्बोधन गरिएको छ।

महाभारत युद्धका नायक भीमसेनको प्रशंसामा प्रताप मल्ल स्वयंले रचेका १४ वटा संस्कृत श्लोक उक्त शिलालेखमा कुँदिएको छ । भीमसेनको पाटन मन्दिर वंशावलीमा काठमाडौँको जत्तिकै पुरातन भएको उल्लेख छ । राजा श्रीनिवास मल्लले सन् १६८१ मा यहाँ मन्दिर निर्माण गरेका थिए जुन शिलालेखमा लिपिबद्ध छ । नेपालको परम्परागत इतिहास (वंशावली) मा भीमसेनलाई पहिलो पटक दोलखाको निवासी देवताको रूपमा उल्लेख गरिएको छ जुन बेला उपत्यका तालको रूपमा थियो। यस पौराणिक कथाअनुसार भीमसेन महिमाको ( कल्ट) उत्पत्ति दोलखाबाट भएको हो । दोलखामा रहेको भीमसेनको मन्दिरले आफ्नो पुरातनता प्रमाणित गर्न पछिका शिलालेख मात्र प्रस्तुत गरेको छ , यद्यपि परम्परागत भनाइले भीमसेन मन्दिरलाई धेरै पुरातन दावी गर्दछ।

१ कोही-कोही भन्छन् (ड्यानियल राइट) , ‘ उपत्यका तालको रूपमा रहेको बेला, महाभारतका पाण्डवहरू मध्ये एक भीमसेन दोलखाबाट आएर डुंगामा जलक्रीडा गरेर रमाउने गर्दथे जहाँ उनको प्रसिद्ध मन्दिर रहेको छ । भीमसेनलाई देखेर दानासुरकी (उसबेला उपत्यकाका राजा) छोरी भागेकी थिइन् ।” दोलखामा रहेको भीमसेनको मन्दिरले नै यसको मिश्रित धार्मिक चरित्र प्रस्तुत गर्दछ, किनकि मन्दिरमा भक्तजनहरुले तीन देवता भीमसेन सहित शिव र कालीको पूजा आराधना गर्ने गर्छन । मन्दिरको चारैतिर रहेका शिलालेखहरू र इस्वी संवत् १५२० र त्यसपछिका वर्षहरूका शिलालेखहरूमा यस मन्दिरलाई शिव भनेर सम्बोधन गरिएका छन्। इस्वी संवत् १५२४ को एउटा शिलालेखमा भीम-गणेश्वर र इस्वी संवत् १५४९ को अर्को शिलालेखमा ‘भीमेश्वर’ नाम उल्लेख गरिएको छ । त्यहाँ भेटिएका अन्य शिलालेख र अन्य अभिलेखहरूको आलोचनात्मक विश्लेषणले उक्त मन्दिरको मिश्रित चरित्रको क्रमिक विकासलाई प्रदर्शित गर्न सक्छ ।

टिप्पणी: ‘नेपाल देशको इतिहास’ पुस्तकमा लिच्छवी राजा मानदेवले दोलखाका भीमसेनलाई आह्वान गरी श्री पशुपतिनाथको पश्चिम भागमा स्थापना गरेको उल्लेख छ । पछिल्ला प्रमाण अनुसार पनि भीमसेन लाइ चढाइएको गदामा येँ.सम्बत ६४ अर्थात बि. सं १००१ लेखिएको छ । ( यज्ञकुमार प्रधान , दोलखाको सांस्कृतिक सम्पदा ) । यी प्रमाणहरु भीमेश्वर मन्दिरको पुरातनता प्रमाणित गर्न पर्याप्त छन् ।

– यो लेख इतिहासकार जगदीशचन्द्र रेग्मीको लेख “ द कल्ट अफ भीमसेन” ( प्राचीन नेपाल, संख्या: ६१-६४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search