२२ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताएका हुन् । ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ,' उनले भने ।
१९ माघ, काठमाण्डौं - सर्वोच्च अदालतले नेपाल- भारत विद्युत् व्यापार सम्झौताको सम्बन्धमा परेको रिटबारे छलफल गर्न अदालतको सहयोगी (एमिकस क्यूरी) झिकाउने आदेश दिएको छ । न्यायाधीश नहकूल सुवेदीको एकल इजलासले विषयवस्तुको प्रकृति र गाम्भीर्यता हेर्दा दुवै पक्षबीच छलफलको आवश्यकता पर्ने भएकाले माघ २३ गते छलफलका लागि पेसी समेत तोकेको छ । 'निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा विचार गर्दा, निवेदकले रिट निवेदनमा नेपाल र भारत सरकारकाबीच ४ जनवरी २०२४ मा हस्ताक्षर भएको 'लङ टर्म पावर ट्रेड एग्रीमेन्ट' मा केवल विद्युत व्यापार को विषय मात्र नभई जलविद्युत् उत्पादन र विद्युत प्रसारण पूर्वाधार मा लगानी गर्ने जस्ता नेपालको संविधानको धारा २७९ आकर्षित हुने…
१८ माघ, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले संशोधनसहित विधेयकलाई पारित गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । विधेयकमा विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्यांकनलाई व्यवस्थित गरी विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाउने व्यवस्था छन् ।
१७ माघ, काठमाण्डौं - आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले पाँच विकेटको क्षतिमा २५.२ ओभरमै पूरा गर्यो। बंगलादेशलाई जित दिलाउने क्रममा अरिफुल इस्लाम र जिसन आलमले अर्धशतकीय इनिङ खेले। अरिफुल इस्लामले ३८ बलमा दुई छक्का र सात चौकाको मद्दतले अविजित ५९ रन बनाए। त्यसअघि ओपनर जिसनले दुई छक्का र ६ छक्काको मद्दतमा ४३ बलमा ५५ रन बनाएका थिए। बंगलादेशका पाँचै खेलाडीलाई सुवास भण्डारीले आउट गरेका थिए। सुवासले आठ ओभर बलिङ गर्दै ४४ रन दिएर पाँच विकेट लिए…
१४ माघ, काठमाण्डौं - प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने तथा बहिष्कार समेत गर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाएका छन् । आइतबार राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान नगर्ने जनप्रतिनिधिप्रति आपत्ति जनाएका हुन् । 'जनप्रतिनिधिहरुले निर्वाचनमा भाग नलिने र मतदानको अधिकारको उपयोग नगर्ने कुरालाई सामान्यरुपमा लिन सकिदैन, यो कुरामा निर्वाचन आयोगको आपत्ति छ,' थपलियाको भनाइ थियो । थपलियाले स्थानीय तह र प्रदेशसभाका जनप्रतिनिधिहरु स्वयम् मतदाता रहेको निर्वाचनमा समेत मत बदर भएको भन्दै त्यसलाई समेत आयोगले गम्भीरतापूर्वक लिएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधि चलिरहेका बेला दलहरुले आचारसंहिता…
१२ माघ, काठमाण्डौं - अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । अफगानिस्तानलाई जितेपछि नेपालले दुई अंक आर्जन गर्यो भने अफगानिस्तान अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो । टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोजेपछि फिल्डिङमा उत्रिएको नेपालले अफगानिस्तानलाई एक सय ४५ रनमै अलआउट गरेको थियो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन…
९ माघ, जनकपुर - मधेश प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाउँदै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमत पार्टीका प्रदेश सांसद संजय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो । मधेश प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो । विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई…
