ब्राजिलको उत्तरी राज्य अमेजोनासमा शनिवार ठुलो हवाई दुर्घटना भएको छ । सो दुर्घटनामा परी पाइलट, को–पाइलट सहित करिब १४ जनाको मृत्युको समाचार प्राप्त भएको छ । बार्सिलोस प्रान्त भन्ने स्थानमा भएको प्लेन दुर्घटनामा सबै अमेरिकी पर्यटकहरू भएको बुझिएको छ ।
Meghraj Oli My Lord, Nervous leader never retired Ethics is in pity- state in cry, Nerves never realized- Crown is chained with a desire. My Lord, Leaders shouted West is best Some swear right is best -Some left, Section and section - we divide Futile is all - at in the present. My Lord, My comrade turned to be wrong Me was forced to dress- carry a gun, Command was pain though I sign Crown is cozy- remain Shinning. My Lord, Crown is in city , manager dazzled Jungle is dark - doom- full with death, Me was there -…
डा.पीताम्बर शर्मा वर्ग र जात/जाति समाजका बृहत् समूह वा तप्कालाई बुझाउन वर्ग शब्दको प्रयोग गरिने भए पनि यसको विशेष प्रयोग मार्क्सवादीहरूले गर्ने गरेका छन् । कुनै समूहको सामाजिक वर्ग उसको दौलतले भन्दा पनि श्रम र उत्पादनका साधनसँगको सम्बन्धद्वारा निर्धारित उसको आयको स्रोतको वस्तुगत यथार्थले गर्छ । यसअनुसार उन्नाइसौँ शताब्दीको बेलायती समाजमा तीन वटा मुख्य वर्ग विद्यमान थिए : जमिनदारी वा कमाउन दिएको भूमिको आयस्रोत भएका आफै श्रम नगर्ने भूमि पति; उत्पादनका साधनमाथि नियन्त्रण भएका, ज्यालामा रोजगार दिने र लगानीको नाफाबाट आय गर्ने पुँजीपति; र ज्यालाका निम्ति आफ्नो श्रम बेचेर गुजारा गर्ने सर्वहारा वा श्रमिक वर्ग । पुँजीवादको विकाससँगै पुँजीपति, निम्न…
विनीता देवकोटा के गर्ला यदि मेरो वर्तमानले मेरो भूतसँग भेट्यो भने ? पिडामा तड्पिरहेको बेला, नआत्तिए केही क्षणमा आनन्द पनि आउँछ भन्ला ? या खुसीमा मात्तिएको बेला, धेरै नफुर्की भनी त्यसपछि आउने दुःखबारे सावधान गराउला ? झिनो उल्झनले दिनरात सताउँदा सुल्झन भेटेसि फिस्स हास्नेछेस् भन्ला ? या सानो कुरामा बडो घमन्ड गर्दा, पछुताउनु छ भनी चिन्तित होला ? अपनत्व बढ्दै जाँदा त्यो त केवल क्षणिक हो भनी बुझाउला ? या घृणा छ जो सँग उही एक दिन प्यारो हुनेछ भनी जानकारी गराउँला ? सङ्घर्ष गर्दै जाँदा कतिऔं पटकमा सफलता मिल्नेछ भनी बताउला या भाग्यको भर पर्दा थोरै उपलब्धि पछि फेरि…
काठमाडौँ । 'नेपालमा किसान आन्दोलन कमजोर हुँदै जानुमा विचारको पक्ष कमजोर हुँदै जानु हो', नेकपा(मसाल)का महामन्त्री मोहन विक्रम सिंहले बताउनु भयो । अखिल नेपाल किसान महासङ्घ(अप्फा)को आयोजनामा भाद्र ३० गते काठमाडौँ जिल्लाले आयोजना गरेको भेला तथा प्रशिक्षण आयोजनामा वहाँले सो धारणा राख्नुभएको हो । विचार, दृष्टिकोणले सबै कुरा प्रभावित पार्ने बताउँदै महामन्त्री सिंहले 'किसानहरूको बिचमा प्रतिक्रियावादी, सामन्तवादी विचार पसेको त्यसका साथै विभिन्न एनजिओ तथा आइ एनजिओले भ्रमको खेती गरिरहेका कारण नेपालमा किसान आन्दोलन कमजोर हुँदै गएको’ बताउनुभयो - 'विचारको पक्ष कमजोर हुँदै जाँदा अहिले किसानको बेग्लै समाज बनी सकेको अवस्था छ ।' त्यसैले वहाँको धारणा थियो, 'किसान समस्यासँग राजनीति र सिद्धान्त पनि जोड्नु…
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समस्या देखिएका सञ्चार गृह विरुद्ध दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको छ। महासङ्घको २०८० भदौ २९ गते शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै समस्या देखिएका सञ्चार गृह विरुद्ध आवश्यकताअनुसार दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको हो । महासङ्घका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको सो निर्णय गरेको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । ‘बैठकले कान्तिपुर मिडिया ग्रुप, राजधानी दैनिक, इमेज टेलिभिजन, अन्नपूर्ण पोस्ट, एपिवान टेलिभिजन र ग्यालेक्सी फोरके टेलिभिजनलगायतका सञ्चार गृहमा पछिल्लो समय देखिएको श्रमजीवी पत्रकारको समस्याप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा…
राम कार्की कुनै एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्दा सिधै केन्द्रीय समितिको पद पाइहाल्ने संस्कृति विकास भएको अवस्था छ । तर नेकपा(मसाल)मा पार्टी प्रवेश गर्दा पार्टी सदस्य पाउन बर्षौ कुर्नु परेको बताउनुहुन्छ, नेता राम कार्की । महामन्त्री मोहन विक्रम सिंहसँग पार्टी सदस्यताको लागि अनुरोध गर्दा पनि ‘बाहिरबाट आउनेको परीक्षण काल बढी हुने भएकोले अझ लामो प्रक्रियामा जानुपर्ने भन्नुभएको’ बताउनु हुन्छ, नेता कार्की । ‘आफूभन्दा तल्लो समितिमा काम गर्ने कार्यकर्ता, क्षेत्रीय स्तरको नेता हुँदा पनि आफू सदस्यताको लागि सङ्घर्ष गरिरहनु परेको’ वहाँ बताउनुहुन्छ – ‘पार्टीको प्रक्रियामा जानुपर्दछ भन्दा म लामो समयसम्म मसालको नजिकको मान्छे जस्तो मात्र भए । धेरै लामो प्रक्रिया…
वासिङटन । अमेरिकामा वेतन वृद्धिको माग गर्दै करिब १३ हजार मजदुर सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् । युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिचिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जिप कारखानामा काम ठप्प पारेका छन् । मजदुरको सेवा सुविधासम्बन्धी चार वर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो । कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदुरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने…
*प्रेम गायक, बागलुङ बा तिमी बा भएर पनि बा जस्तो रहेनौ! छोराछोरी र शाखा सन्तान ले सम्झिने ठाउँ दिएनौ! जन्मदिने मात्रै बा नभएर कर्म दिने पनि बाउ हुन्छन्! राम्रो गुणको तारिफ गर्दै छोराछोरीले तिनैलाई सम्झी रुन्छन्! तिमी त जन्मदिने र कर्म दिने भन्दा पनि देशकै बागडोर सम्हालेका बा थियौँ कुनै एक दुई जना व्यक्तिको नभएर तिन करोड नेपालीका पनि बा होऊ! तर तिमी बा भएर पनि कैले बा जस्तो भएनौ! सन्तान प्रति जिम्मेवार भएर बा को अनुभूति दिएनौ! ऐले सम्म जति पनि बा बनेर बा को स्थानमा आई बसेऊ! कहीँ न कहीँ कतै न कतै लोभ र लालचमा पसेऊ! आँठो सीमा …
