कात्तिक २२, काठमाडौँ । नेकपा (एमाले) ले भूकम्प प्रभावितहरूलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको सचिवालयको बैठकले राहत वितरणमा ढिलाइ भएको र प्रभावकारी नभएको गूनासो आएको भन्दै यसलाइ चुस्त बनाउन सरकारलाइ अनुरोध गरेको हो । यस्तै एमालेले जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न जिल्ला कमिटीहरुलाइ निर्देशन आग्रह गरेको छ । बुधबार दिउँसो बसेको सचिवालयको बैठकले माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठ मसान्तभित्र गरिसक्ने गरी समयसीमा बढाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियानका कारण माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठसम्म गर्ने गरी समयसीमा बढाउने निर्णय गरिएको उनले…
कात्तिक २२, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित कहाँ अझै पनि राहत सामग्री पुग्न सकेको छैन । भूकम्पको केन्द्रविन्दु जाजरकोटको रामीडाँडा तथा अन्य ग्रामिण स्थान र रुकुम पश्चिमका पनि ग्रामिण बस्तीमा अझै सम्म पनि राहत सामग्री पुग्न नसकेको हो । शुक्रबार भूकम्प गएपछि भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितलाइ भेट्न जाजरकोट पुगेका थिए र राहतको काम दु्रत गतिमा गर्ने प्रतिवद्धता जनाएका थिए । सरकारले राहत वितरणको कामलाइ व्यवस्थित बनाउने भन्दै एकद्वार प्रणाली पनि लागू गर्यो । तर तर भूकम्प गएको एक साता हुनै लाग्दा समेत प्रभावितले राहत सामग्री पाएका छैनन् । सामान्य टेन्टको समेत उपलब्धता नभएपछि प्रभावितहरु…
कात्तिक २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार बसेको सचिवालय बैकठमा अध्यक्ष ओलीले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए । ‘मुलुकमा विगतदेखि नै राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन्, एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् ’ अध्यक्ष ओलीले बैठकमा भनेका थिए । ‘मुलुकमा विगतदेखि नै राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन्, एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् ’ अध्यक्ष ओलीले बैठकमा भनेका थिए ।…
कात्तिक २२, काठमाडौँ । इजरायल–हमासबीच जारी युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दै गइरहेको छ । इराक र सिरियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा धेरै हमला भएको रोयटर्सले जनाएको छ । मंगलबार पनि उत्तरी इराकको इरबिल विमानस्थलमा तीनवटा ड्रोन खसालिएका छन् । त्यहाँ अमेरिकी सैनिक र अन्तर्राष्ट्रिय सैनिकहरू तैनाथ रहेको बताइएको छ । अल मायादीन न्युज नेटवर्कले सिरियाको अल–खदर क्षेत्रमा रहेको अमेरिकी सैन्य शिविरमा आत्मघाती ड्रोन हमला गरिएको दाबी गरेको छ । हालसम्म कुनै समूह वा व्यक्तिले यस आक्रमणको जिम्मेवारी लिएको छैन ।
कात्तिक २२, काठमाडौँ । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५÷२५ लाख, कुशे गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई १० लाख र शिवालय गाउँपालिकालाई रु पाँच लाख हस्तान्तरण गरेको छ । त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई २५÷२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २०÷२० लाख, मुसिकोट नगरपालिकालाई १० लाख र बाँफीकोट गाउँपालिकालाई पाँच लाख हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सल्यानको…
कात्तिक २२, काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन् । बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण सङ्घ र लुम्बिनी विकास कोष रहेका छन् ।
कात्तिक २१,जाजरकोट । जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरूमध्ये २२ जना पत्रकारको धेरै क्षति भएको छ । ५ जनाको सञ्चार सामग्री अझै निकाल्न सकिएको छैन । भवन भत्किएर ल्यापटप, क्यामरालगायतका सामग्री पूर्णरुपमा क्षति भएको नेपाल पत्रकार महासङ्घ जाजरकोटका सचिव भरत शर्माले जानकारी दिनुभयो । यस्तै जिल्लामा सञ्चालनमा रहेका ४ वटा सामुदायिक रेडियो पनि प्रभावित भएका छन् । रेडियो हाम्रो पाइलाले भवन बाहिर खुल्ला अकासबाटै नियमित तथा अतिरिक्त समय प्रशारणसमेत गर्दै आएको छ । जिल्लामा सञ्चालन भएका अनलाइन मिडिया हाउसमा पनि पूर्णरुपमा क्षति पुगेको छ । जिल्लाका ३ जना पत्रकारलाई पुिरएको अवस्थामा स्थानीयवासीले सकुशल उद्धार…
कार्तिक २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन् । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम बितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताए । प्रधानमन्त्रीले भने, “सबैभन्दा पहिला तपाईहरुलाई बधाइ छ, तपाईहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला ।” आफूले क्रिकेट हेर्दै…
कात्तिक २१, काठमाडौँ । १२ बुँदे समझदारीका पक्षधर दलहरुले गणतन्त्रप्रति प्रतिबद्ध रहनुपर्ने अठोट व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बोलाएको सर्वदलीय बैठकमा उनले देशमा अराजकता फैलन सक्ने खतरा देखिएको भन्दै अब गणतन्त्रका पक्षधरहरु एकढिका हुनुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डको भनाइमा अन्य दलका प्रतिनिधिले सहमति जनाउँदै गणतन्त्रको पक्षमा प्रतिवद्ध रहेको बताए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीले विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको, जसलाई जे मन लाग्छ, त्यही भन्न थालेको बताएका थिए । आफूहरुले संघीय लोकतान्त्रिक गणतन्त्र निकै ठूलो संघर्ष गरेर ल्याएको तर केही साना फोर्सले समाज बिगार्ने काम गरिरहेको भन्दै अब गणतन्त्रको…
