काठमाडौँ, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूमाथि कालो मोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन्। प्रसाईँले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालो मोसो दलेका थिए। प्रसाईँले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन्। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ। देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रङ्ग-पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनको आरोप छ। प्रसाईँ आफैँले गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालो मोसो दल्ने…
काठमाडौँ आश्विन २२ । धर्मको नाममा व्यापार गर्ने विभिन्न बाबाहरूको अन्धविश्वासबाट नेपाली तथा भारतीय समाज, धेरै नै प्रभावित छ । त्यस प्रकारको अन्धविश्वासका विरुद्ध अभियान चलाउँदै आउनुभएका विभिन्न तर्कवादी तथा चार्वाकवादी सामाजिक अभियन्ताहरू अहिले नेपाल भ्रमणमा हुनुहुन्छ । ती अभियन्ताहरू सँग ज्ञानशाला अनुसन्धान केन्द्रमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । आश्विन २३ गते दिउँसो ३.३० बजे नयाँबजारस्थित केन्द्रको हलमा हुने सो कार्यक्रममा मानवादी अभियन्ता प्रोफेसर डा. नायकका साथै अन्य भारतीय सामाजिक अभियन्ताहरूको समेत उपस्थिति हुनेछ । धार्मिक अन्धविश्वासहरूलाई दार्शनिक पक्षका साथै प्रयोगात्मक प्रकारले समेत खण्डन गर्दै आउनुभएका अभियन्ताहरूसँगको अन्तरक्रिया अत्यन्तै रोचक हुने अनुमान गरिएको छ । स्मरण रहोस्, अभियन्ता नायकले धर्मको…
आश्विन २२, काठमाडौँ । ‘इजरायल र प्याष्टाइनबिचको युद्ध आतङ्कवादी युद्ध नभएर राजनैतिक समस्या हो । यो समस्यालाई वार्ता द्वारा समाधान गर्नुपर्दछ अन्यथा यसले विश्व युद्धको स्थिति सिर्जना गर्न सक्छ’ – भन्छन् वामपन्थी बुद्धिजीवी योगेन्द्र ढकाल । आश्विन २२ गतेका क्यापिटल एफएमसँग कुरा गर्दै बुद्धिजीवी ढकालले, ‘नोभेम्बर २९, १९४७मा संयुक्त राष्ट्र सङ्घमा इजरायल र प्यालष्टाइन बिचको समस्यालाई दुई राज्यको प्रस्ताव पारित भएको’ बताउँदै उनले ‘इजरायले त्यो प्रस्तावलाई कार्यान्वयन नगर्दा युद्धको स्थिति निम्तिएको र अहिलेको युद्धको जिम्मेवार पनि इजरायल नै हो ।’ बुद्धिजीवी ढकाल भन्छन् ‘या त संयुक्त राष्ट्र सङ्घमा भएको सम्झौतालाई मान्दैनौ भन्नुपर्यो होइन भने त्यसलाई इमानदारीका साथ पालना गर्नुपर्यो ।’ उनी…
हेटौडा, २२ असोज । लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीमा लागू औषधसहित ५ जना पक्राउ परेका हुन । उनीहरूसँग स्रोत नखुलेको ८ लाख रुपैयाँ पनि जफत गरिएको छ । यसरी पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान, कैलाश गाउँपालिका–८ बस्ने ३१ वर्षीय विकास मोक्तान र ३५ वर्षीय रामबहादुर स्याङबो तथा पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ वर्षीय जित बहादुर चापागाईँलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रहरी र मनहरी प्रहरीको संयुक्त…
३१ भदौ, महोत्तरी । पहाडको फेदीमा खयरले छाएका फुसका घरहरू छन् । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्ध र चिलहरू घुमिरहेका छन् । पाखाहरूमा बाख्राहरू चरिरहेको छन् । गोठालाहरू सुस्केरा हालेर स्थानीय गीत गाई रहेको सुनिन्छ । त्यस माथि चराचुरुङ्गीहरूको सङ्गीतमय चिरबिरले यहाँ पुगेपछि जो कोहीले छुट्टै आनन्द लिन सक्छन् । प्राकृतिक छट्टाले अनेकौँ तरहले सिङारिएको यो मनमोहक दृश्य हो, महोत्तरीको उत्तर वर्ती क्षेत्र राई मण्डलको । बर्दिबास नगरपालिकाको समथर भू-भाग छाडेर झन्डै ७ किलोमिटर माथि उक्लेपछि राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भीम डाँडा र सोली घोप्टे नामक अजङ पहाडका दुई टाकुरालाई देखेपछि मधेसको समथर भू-भाग नियालिरहेको जस्तो महसुस हुन्छ । समुन्द्री…
काबुल, २२ असोज । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । तालिबान सरकार अनुसार गहिरो आर्थिक सङ्कटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ । अफगानिस्तानको तेस्रो ठुलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ माइल अर्थात् ४० किलोमिटर पश्चिममा शनिवार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा अहिलेसम्म २ हजार बढीको मृत्यु भएको तालिबान सरकारले तथ्याङ्क सार्वजनिक गरेको छ । तालिवानका प्रवक्ता जबिहुल्लाह मोजाहिदले मृत्यु हुनेको सङ्ख्या २,०५३ जना पुगेको छ भने १,२४० जना घाइते भएको छन् । उसका अनुसार अहिलेसम्म १,३२० घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको जानकारीमा आएको छ ।…
काठमाडौँ, २२ असोज । आज देखी काठमाडौँमा पिएचडी (बिद्याबारिधी) फेस्टिभल सुरु हुने भएको छ । आज असोज २२ देखी २३ गतेसम्म हुने पिएचडी फेस्टिभलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिभलमा सयौँ बिद्याबारिधी उपाधि प्राप्त डाक्टरहरूको उपस्थिति रहने जनाइएको छ । पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पिएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन् । सो अवसरमा विषय विज्ञहरूले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाई अनुभव सुनाउने छन् ।
गाजा, २२ असोज । इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका कारण अहिलेसम्म सयौँको ज्यान गइसकेको छ । यस युद्धले निम्त्याएको विनाशले सबैलाई हल्लाएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस युद्धमा अहिलेसम्म १ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । गत शनिवार देखी सुरु भएको युद्धमा सयौँ अपहरणमा परेका छन्, अझै त्यसको विस्तृत विवरण आइसकेको छैनन् । यसैबिच, सीएनएनमा उल्लेख भएको समाचार अनुसार अमेरिकी काँग्रेसका सदस्यहरूले इजरायलमा भएको आक्रमणमा चार अमेरिकी नागरिकको पनि ज्यान गएको बताएका छन् । संसद्को प्रमुख समितिको बैठकमा उक्त जानकारी दिइएको हो । युद्धमा ज्यान गुमाउने अमेरिकीहरूको सङ्ख्या बढ्दै गएको छ, तथ्याङ्क सङ्कलन गर्ने…
काठमाडौँ, २१ असोज । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्व लगायतका देशमा बजार बलियो भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् । दर्शक…
