काठमाडौँ, २ असोज । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एक जना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलन गरी सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो निर्णय भएको बताइन्। यस्ता छन् बैठकले गरेका थप निर्णय - नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा अर्जुन जङ्ग थापालाई बढुवा गर्ने । - न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, कानुन समूहतर्फका ६ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको सरुवा गर्ने । - आसन्न दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका सांस्कृतिक पर्वहरूको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नेपाल सरकारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्ने…
रिंकु बस्नेत काठमाडौँ, कार्तिक २ गते । शशाङ्क खड्का, अमित अग्रहरी र विनोद कठायतले निर्माण गरेको आउट ल लाई सेवेन सिजले खरिद गरेसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धामा आउने छ । ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’ जस्ता नेपाली फिल्महरूले अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइसँगै यो फिल्म पनि त्यो प्रतिस्पर्धामा उत्रिने अनुमान गरिएको छ । यति बेला नेपाली फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गर्ने मामलामा सेभेन सिज इन्टरटेनमेन्ट सबैभन्दा अगाडि देखिएको छ । यसले आउट ल लाई खरिद गरेसँगै चाडै नै प्रदर्शनको मिति तोकिने निर्माता शशाङ्क खड्का बताउँछन् । विक्कि महर्जनले निर्देशन गरेको फिल्म आउट लमा नवीन गुरुङको छायाङ्कन तथा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, सोनी…
काठमाडौँ, २ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। शीतल निवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ। राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय सांसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्। यसै गरी राष्ट्रपतिबाट निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकले टीका ग्रहण गर्न सक्नेछन्। टीका ग्रहण गर्न आउँदा मर्यादित पोसाकमा आउन राष्ट्रपति कार्यालयले अनुरोध गरेको…
काठमाडौँ, २ कात्तिक। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिङ युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ'ले बिहीबार दिउँसो 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ। श्रेष्ठलाई 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र त्यसलाई कम गर्न तुरुन्तै 'स्टेन्ट' राखिएको समेत अस्पतालले जनाएको छ। श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आइसियुमा रहेका र उनी स्थिर अत्यावश्यक सङ्केतहरूका साथ पूर्ण रूपमा सचेत रहेका पनि अस्पतालले जनाएको छ।
काठमाडौँ, २ कात्तिक । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा ग¥यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अविनाश बोहराले २-२ विकेट लिए। यसअघि नेपालले बुधवार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिवार हङकङ र सोमबार युएईसँग…
काठमाडौँ, २ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गत जेठ महिनाका पाँच…
न याँ दिल्ली, २ कार्तिक । काँग्रेस नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए, जसको नाम नूरी थियो। कुकुरको यो नामलाई लिएर अहिले विवाद सुरु भएको छ । काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीविरुद्ध उत्तर प्रदेशको प्रयागराजका एक व्यक्ति अदालतमा पुगेका छन् । अदालतमा उजुरी दर्ता गर्ने व्यक्ति अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम)का राज्य प्रवक्ता मोहम्मद फरहान हुन्। उनका अनुसार कुकुरको 'नूरी' नाम राखेर उजुरीकर्ताले मुस्लिमहरूको धार्मिक भावनामा चोट पुगेको बताएका छन् । 'नूरी' शब्द विशेष गरी मुस्लिम धर्मसँग जोडिएको र इस्लाम धर्ममा पैगम्बर मोहम्मदसँग सम्बन्धित रहेको उनको भनाइ छ । उनका वकिलका अनुसार कुरान…
* महेशराज खरेल म जन्मिएको धरतीको शिरमा एउटा श्वेत हिमाल बिहान सूर्यको किरण सीतै स्वर्ण रङ्गमा रङ्गिएर टल्किरहेको हुन्थ्यो शरीरभरि जीवन सञ्जीवनी बोकेर उसले प्राणी वनस्पतिको जीवन जोगाइरहेको हुन्थ्यो हिमालको काखमा बसेर पहाड नाचेको हुन्थ्यो त्यही पहाडको छातीमा असख्याै हरिया बोट बिरुवा हाँसिरहेका हुन्थे तिनै वनस्पतिका बिचबिचमा धेरै वनजन्तु र पशुपन्छी बाँचिरहेका हुन्थे डाँफे मुनाल र मयुरले भाका मिलाएर नाचिरहेका हुन्थे हरिण, बाघ र सिंह आ आफ्ना आँगनमा आ आफ्नो जीवन सजाइरहेका हुन्थे यो मेरो प्रकृतिको सुन्दर बगैँचामा कस्का आँखा लागेर हो वा कुनै अनिष्ठ जागेर हो आजकल मेरो हिमालमा हिउँ फुलेका बिरुवा छैनन् उस्का काखका पहाड फेरिएछन्,…
काठमाडौँ, २ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयाघात भएको हो । परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पतालमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन् ।
काठमाडौँ, २ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समय सीमा…
