काठमाडौँ, २९ असोज । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विवेक यादव, ललितनारायण राजवंशी र अविनाश बोहरा छन् । तर, अदालतमा आफू विरुद्धको विचाराधीन मुद्दाको सुनुवाइमा ढिलाइ गरिएको भन्दै सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका कारण समावेश गरिएको छैन । विश्वकप छनोटको तयारी स्वरूप नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा युएई र हङकङ…
* प्रकाश बस्नेत‘गफाडी’ भदौ महिना, सही नसक्नुको टन्टलापुर घाम चर्केको छ । घामले टाउको फुट्ला जस्तो भएको छ । जिउभरि पसिनाका कोसी बगेका छन् । भोकले इन्तु न चिन्तु र तिर्खाले प्याकप्याक पारेको छ रत्नेका बूढाबूढीलाई । तैपनि उनीहरू बेपरवाह घस्रिरहेका छन्, मुखिया बाको धान खेत गोड्ने काममा । दुई जना जोई पोइ मिलेर मुखिया बाको धान खेत गोड्न पैटाएको चार दिन बितिसक्दा पनि एकछेउ सकिएको छैन । अझै चारै दिन लाग्ला जस्तो छ । मुखियाबाकाे सबै धान खेत गोड्ने काम रत्नेका बूढाबूढीले मात्र जिम्मा लिएका छन् । यसबाट आउने आधाजस्तो ज्यालाले उनीहरूले पोहर सालकै छाक टारिसकेका छन् । यति धान…
न्यु योर्क, २९ असोज । हाल इजरायल र हमासबीच भीषण युद्ध चलिरहेको छ । जसका कारण विश्वका ठुला देशहरूले आ–आफ्नो तरिकाले युद्धको प्रतिक्रिया दिइरहेका छन् । धेरै देशले प्यालेस्टाइनलाई समर्थन गरिरहेका छन् भने धेरै देश इजरायललाई पनि समर्थनमा गरेका छन् । यो युद्धको अवस्थामा विश्वको महाशक्ति भनिने अमेरिकाले इजरायललाई सहयोग गरिरहेको छ । यसैबिच अमेरिकाले इजरायललाई दिएको समर्थनबारे सर्वेक्षण गरिएको थियो, जसको नतिजा मिश्रित आएको छ । पीबीएस न्युज आवर तथा मैरिस्ट पोलद्वारा गरिएको सर्वेक्षणले २३ प्रतिशत अमेरिकीहरूले हमाससँगको युद्धमा संयुक्त राज्य अमेरिकाले इजरायललाई सार्वजनिक रूपमा समर्थन गर्नुपर्छ भन्ने विश्वास गर्छन् जबकि ६५ प्रतिशत अमेरिकीहरूले संयुक्त राज्य अमेरिकाले केही…
काठमाडौँ, २९ असोज । आज देखी काठमाडौँमा खसी बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज देखि बडा दसैँका लागि खसी बोका र च्याङ्ग्रा बिक्री सुरु गरेको हो । मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गरिनेछ। कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसी बोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड…
तेहरान, २९ असोज । इरानले इजरायललाई हमाससँगको युद्ध दोस्रो हप्तामा प्रवेश गर्दा इजरायली सेनाले गाजामा भूमि आक्रमण गर्न प्रवेश गरेमा क्षेत्रीय वृद्धिको चेतावनी दिएको छ। ‘यदि गाजा पट्टीमा बालबालिकालाई मार्ने इजरायली आक्रमणहरू तुरुन्तै रोक्ने उपायहरू गतिरोधमा समाप्त नभएमा यो धेरै सम्भावना छ कि अन्य धेरै मोर्चाहरू खोलिने छन्। यो विकल्प अस्वीकार गरिएको छैन र यो बढ्दो सम्भावित हुँदै गइरहेको छ,’ इरानी विदेश मन्त्री होसेन अमीर अब्दुल्लाहियानले आइतबार अल जजीरासँग भनेका छन् । उनी भन्छन्, ‘यदि सियोनिस्ट संस्था (इजरायल) ले गाजामा प्रवेश गर्ने निर्णय गर्छ भने प्रतिरोधी नेताहरूले यसलाई कब्जा गर्ने सैनिकहरूको चिहानमा परिणत गर्नेछन् ।’ प्यालेस्टिनी सशस्त्र समूह हमासले अक्टोबर…
वासिंगटन डिसी, २९ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा इजरायली कब्जा ‘ठुलो गल्ती’ हुने चेतावनी दिएका छन् । बेन्जामिन नेतान्याहूको सरकारले प्यालेस्टिनी भूमिमा सम्भावित भूमि आक्रमणको तयारी गरिरहेको बेला वाइडेनको यो धारणा बाहिर आएको हो । सीबीएस न्युजको ६० मिनेटमा पोस्ट गरिएको भिडियो क्लिपमार्फत बाइडेनले भनेका छन् कि उनले मानवीय कोरिडोरलाई समर्थन गर्न जरुरी छ, जसले मानिसहरूलाई गाजाबाट बाहिर निस्कन अनुमति दिनेछ र साथै गाजामा खाना र पानीसहित मानवीय सहायता पुर्याउन अनुमति दिनेछ। ‘म विश्वस्त छु कि इजरायलले युद्धको नियम अन्तर्गत काम गर्नेछ,’ बाइडेनले भनेका छन् । अमेरिकी राष्ट्रपतिले ‘६० मिनेट’ मा स्कट पेलीसँग कुराकानी गर्दै उनले भनेका छन्…
काठमाडौँ, २९ असोज । कोसी सरकार गठन प्रक्रियामा शेखर कोइराला पक्षधरले अपनाएको ‘तरिका’ प्रति नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको समर्थनमा कोइराला पक्षधर केदार कार्की मुख्यमन्त्री बने पछि महामन्त्री शर्माले असन्तुष्टि जनाएका हुन् । उनले कोसी सरकार गठन पछि कोइरालाले चालेको कदममा टिप्पणी गर्दै भनेका छन्, ‘सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न ।’ उनले गठबन्धन परिवर्तन गर्ने भएमा सल्लाहमा नै संस्थागत निर्णय गर्न सकिने जनाएका छन् । उनले पहिला पनि पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नहुने अडान आफू र अर्का महामन्त्री गगन थापाले राखेको स्मरणसमेत गराएका छन्…
\काठमाडौँ, २९ असोज । आज देखी नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ । नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो । जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्व साधारणलाई दिदैँछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्ने सुविधा दिएको हो । उता, काठमाडौँ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष दशै अगावै चाडबाडको…
काठमाडौँ, २९ असोज । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै छन् । समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी जान लागेका हुन । आजको सुदूरपश्चिम कार्य तालिका अनुसार प्रधानमन्त्री धनगढीबाट सिँधै लम्की प्रस्थान गर्ने छन्। लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष महेश बडूवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अपराह्न १२ देखि १ बजेको बिचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनी करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने छन्। आज नै ५ः३० बजे श्री एयरलाइन्सको उडानबाटै काठमाडौँ फिर्ता हुने कार्य तालिका रहेको…
