शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको छ: चित्रबहादुर केसी

संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको छ: चित्रबहादुर केसी

संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको छ: चित्रबहादुर केसी

२४ माघ, काठमाण्डौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा  बोल्दै केसीले जनमोर्चाले संविधान निर्माण गर्दा प्रदेश संरचना नराख्न गरेको प्रयास असफल भएको भन्दै अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश घाँडो भएको बताएका हुन्। उनले नेपालजत्तिको सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तहमात्रै भए पुग्ने बताए। ‘संघ भएपछि प्रदेश किन चाहियो। राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा’छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ,’ उनले भने, ‘प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो। तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ। संघीयता बोक्नेहरुलाई…
Read More
सुमेरू सेभिङका पूर्वअध्यक्ष भरत महर्जनविरूद्ध ‘रेड नोटिस’ जारी

सुमेरू सेभिङका पूर्वअध्यक्ष भरत महर्जनविरूद्ध ‘रेड नोटिस’ जारी

२३ माघ, काठमाण्डौं - सुमेरू सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनविरूद्ध 'रेड नोटिस' जारी भएको छ। प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा अनुरोध भएपछि उनीविरूद्ध रेड नोटिस जारी भएको हो। सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महर्जनविरूद्ध  अनुसन्धान गरिरहेको थियो। सुमेरू सहकारीका कर्मचारीका अनुसार महर्जन बेलायत 'भागेका' छन्। सहकारीबाट अपचलन गरेको धेरै सम्पत्ति उनले श्रीमतीका नाममा सारेका छन्। सो सम्पत्ति जोगाउन उनले श्रीमतीसँग नक्कली डिभोर्स गरेका छन्। तर उनकी श्रीमती पनि अहिले उनीसँगै बेलायतमै छिन्। कुनै एक देशमा अपराध/गैरकानुनी काम गरेर अन्य देशमा भागेकाहरूलाई खोजी गर्न रेड नोटिस जारी गरिन्छ।
Read More
भिजिट भिसा प्रकरणमा मुछिएका चार जना पुर्पक्षका लागि जेल चलान

भिजिट भिसा प्रकरणमा मुछिएका चार जना पुर्पक्षका लागि जेल चलान

२३ माघ, काठमाण्डौं - भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमन विभागका अधिकृत नरवीर खड्का सहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार अधिकृत खड्कासहित मनोज तामाङ, सरोज कुमार यादव र अरूण दाहाललाई पुर्पक्षका लागि कारागार चलाउन आदेश दिएको हो भने अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत मंसिरमा अपरेसन चलाएको थियो । प्रहरी अनुसन्धानबाट नक्कली कागजात बनाउने गिरोहसँग मिलेर उनीहरूले प्रतिव्यक्ति ४० हजारदेखि माथि रकम लिएर पठाउने गरेको खुलेको छ । अपरेसनका क्रममा घुस लिँदालिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत खड्का पक्राउ परेका…
Read More
संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त

२३ माघ, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् । महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरेर महासचिव नियुक्त भएको जानकारी गराएका छन् । 'राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट गाउँपालिका- १, पाल्पा जिल्ला निवासी पद्मप्रसाद…
Read More
पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु हुँदैन : रवि लामिछाने

पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु हुँदैन : रवि लामिछाने

२३ माघ, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु नहुने बताएका छन्। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा लामिछानेले भने कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुने पनि बताए। ‘लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राखेर, आफ्नो नजिक राखेर, आफ्नो तातो बाँडेर उसले हामीलाई प्रश्न गर्नै सक्दैन, कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुन्छ, अत्यन्तै घातक।’ केही समय पत्रकारिता गर्दा आम जनजीविकाका कुरालाई प्राथमिकता दिएको उनले बताए। ‘प्रश्न, गाली हिजो पनि आउँथ्यो, सामान्य थिएन। डरधम्की पनि आउँथ्यो यहाँहरूलाई थाहै छ,’ उनले भने, ‘त्यो सञ्चारकर्मीलाई सामान्य र दैनिकी नै हो। त्यसको सामना मैले पनि…
Read More
गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य देखेका छैनन् : नेता मीनेन्द्र रिजाल

गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य देखेका छैनन् : नेता मीनेन्द्र रिजाल

२३ माघ, काठमाण्डौं - नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्ता गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेक अरू काम गर्न नसक्ने बताएका छन्। काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै ‘जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न सकिन्न,’ उनले भने, ‘अहिलेको गठबन्धनले पाँच वर्षका लागि सम्झौता गरेको छ। नेकपा (एमाले) ले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम गठबन्धनले गर्न सक्दैन।’ गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको रिजालको भनाइ छ। उनले निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिराख्ने पनि बताए।
Read More
उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२२ माघ, काठमाण्डौं - बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनी जग्गा जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतल काठमाडौंले अनुमति दिएको छ । सरकारी जग्गा निजी बनाएको मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाद रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत बुधबार पक्राउ गरेको थियो। उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो ।
Read More
यो अधिवेशन विधेयक अधिवेशन हो : प्रधानमन्त्री पुष्पकमल दाहाल

यो अधिवेशन विधेयक अधिवेशन हो : प्रधानमन्त्री पुष्पकमल दाहाल

२२ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताएका हुन् । ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ,' उनले भने ।
Read More
सत्तारुढ गठबन्धन मुलुकमा जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउँछ : केपी शर्मा ओली

सत्तारुढ गठबन्धन मुलुकमा जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउँछ : केपी शर्मा ओली

२२ माघ, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमबार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा ओलीले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार चलाउने उद्देश्यका साथ अघि बढेको बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरे । उनले सत्तारुढ गठबन्धन मुलुकमा जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने…
Read More
मिडियामा आए जस्तो म फरार छैन : पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

मिडियामा आए जस्तो म फरार छैन : पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

२२ माघ, काठमाण्डौं - नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको बताएका छन् । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले मिडियामा आए जस्तो आफू फरार रहेको भन्ने विषयमा सत्यता नरहेको बताए । संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस विषयमा अरु केही नबोल्ने तर स्वस्थ पत्रकारिता गर्न सुझाव दिएका थिए ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search