शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

कानूनको कार्यान्वयन नहुँदा मिटरब्याज पीडितहरुले न्याय पाउने अवस्था बनेन

कानूनको कार्यान्वयन नहुँदा मिटरब्याज पीडितहरुले न्याय पाउने अवस्था बनेन

कानूनको कार्यान्वयन नहुँदा मिटरब्याज पीडितहरुले न्याय पाउने अवस्था बनेन

११ फाल्गुन, काठमाण्डौं - राष्ट्रिय सभाका सांसदहरुले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मिटरब्याज पीडितहरु न्यायका लागि भन्दै पैदल हिँडेर संघीय राजधानी आइपुग्नु दुःखद् भएको भन्दै कानुन कार्यान्वयन गरेर पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँमा आएका भन्दै त्यस सम्बन्धमा कानुन बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको बताइन् । सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्दै उनले नागरिकको आवाजको पक्षमा सरकारले काम गर्न नसकेको धारणा राखिन् । अर्का सांसद नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई…
Read More
नेकपा एमालेको दस्ताबेजमा पार्टीभित्र आर्थिक र नैतिक बन्धन तोड्न खोज्ने  आचरण मौलाएको उल्लेख

नेकपा एमालेको दस्ताबेजमा पार्टीभित्र आर्थिक र नैतिक बन्धन तोड्न खोज्ने आचरण मौलाएको उल्लेख

८ फाल्गुन, काठमाण्डौं - नेकपा एमालेले पार्टीभित्र आर्थिक र नैतिक बन्धन तोड्न खोज्ने  आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको जनाएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत शुद्धीकरण र पार्टी सुदृढिकरणसम्बन्धी दस्ताबेजमा नेता कार्यकर्तामा मौलाएको आर्थिक र यौन आचरणका कारण नेता, कार्यकर्ता र समग्र पार्टीलाई नै अलग गर्ने खतरा पैदा भएको भन्दै चिन्ता व्यक्त गरिएको हो । ‘हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरुलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’, केन्द्रीय समिति सदस्यहरुलाई वितरण गरेको दस्ताबेजमा भनिएको छ । त्यस्तै…
Read More
आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने गगन थापाको प्रस्ताव

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने गगन थापाको प्रस्ताव

८ फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनहरूमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुनहुँने प्रस्ताव महासमिति बैठकमा पेस गरेका छन् । मंगलबार पार्टीको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्ने क्रममा थापाले सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न रुखवाला मतपत्र हुने सुनिश्चित गर्नुपर्ने बताएका हुन् । वर्तमान सत्तारुढ गठबन्धन संविधान रक्षाका लागि बाध्यात्मक अवस्थाको उपज भएको बताउँदै थापाले आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने प्रस्ताव राखेका हुन् । 'कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्य, सुभेच्छुक तथा आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौं,' उनले…
Read More
जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

८ फाल्गुन, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान विश्व देखिएका जातीय तनाव र आतंकवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन् । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा भएको बहुराष्ट्रिय सैनिक अभ्यास कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले सैनिक मुख्यालय जंगी अड्डाको खेलकुद मैदानमा उद्घाटन गर्दै प्रधानमन्त्री उक्त कुरा ब्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए । दाहालले भने, ‘संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतीहरूका माझ विश्वमा…
Read More
अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्नेछ: केपी शर्मा ओली

अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्नेछ: केपी शर्मा ओली

७ फाल्गुन, काठमाण्डौं  -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनविना एक्लै उभिन नसक्ने टिप्पणी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्ने बताए । कांग्रेसभित्र आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे चर्को मतभेद भइरहेको बेलामा ओलीले एक्लै उभिन नसक्ने भन्दै कटाक्ष गरे । उनले भने, ‘हेर्दा हेर्दा कांग्रेस साँच्चै बुढो भयो । त्यति साह्रो बुढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेका, पात सुकेको बेहालै भो । अब कसैको बैशाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ । एक्लै एकछिन उभिन सक्दैन…
Read More
सहकारीलाई बदनाम गराउने प्रयास भइरहेको छ: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

सहकारीलाई बदनाम गराउने प्रयास भइरहेको छ: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

७ फाल्गुन, काठमाण्डौं  -  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेको बताएका छन्। देश विकासका लागि सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई छ । राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भेलालाई सम्बोधन गर्दै ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भएको बताए। सहकारीको महत्त्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवसायका रूपमा सहकारीलाई प्रयोग गर्न खोज्दा समस्या बढेको उल्लेख गरे ।
Read More
वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनु पर्दछ: धनराज गुरूङ

वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनु पर्दछ: धनराज गुरूङ

७ फाल्गुन, काठमाण्डौं  - नेपाली कांग्रेसका उपसभापति तथा कानुन मन्त्री धनराज गुरूङले महासमिति बैठकले वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनुपर्ने बताएका छन्। ललितपुरको गोदावरीमा सोमबार सुरु भएको महासमिति बैठकमा बोल्दै उनले कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि संघीय मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्ने बताएका हुन् । ‘यो महासमितिले वडाध्यक्षदेखि मन्त्री भएकाहरूसम्मको सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्छ, यसका लागि हिम्मत गर्नुपर्छ,’ उनले भने। साथै, गुरूङले पदाधिकारीले गरेका गल्ती महासमिति बैठकले सच्याउनुपर्ने पनि बताए। पार्टीको भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्ने उनको भनाई थियो । ‘मुसाले एकैपटक धेरै बच्चा जन्माउँछ तर हात्तीले एउटा मात्रै जन्माउँछ हात्ती नै शक्तिशाली हुन्छ,’ उनले भने।
Read More
जनताको विश्वासलाई खण्डित गर्न नहुने नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाको भनाई

जनताको विश्वासलाई खण्डित गर्न नहुने नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाको भनाई

७ फाल्गुन, काठमाण्डौं  - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताएका छन् । सोमबार ललितपुरको गोदावारी सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताए । उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे । “अहिले हामी गठबन्धनको अभ्यासमा छौँ । गठबन्धन सरकार १० महिनाअघि मात्र बनेको हैन । प्रतिनिधिसभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,” उनले भने, “वर्तमान सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेस…
Read More
मन्त्री र एनसेलको रोजाइका पात्र भण्डारीलाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियूक्ति गर्ने योजना

मन्त्री र एनसेलको रोजाइका पात्र भण्डारीलाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियूक्ति गर्ने योजना

५ फागु, काठमाण्डौं — नेपाल दूरसंचार प्राधिकरणको  अध्यक्ष पदको लागि दरखास्त दिनेहरुको ब्यावसायिक प्रस्तुतिकरण र अन्तरवार्ता प्रकृया आज सकिंदैछ । मिति २०८० माघ १४ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार दर्खास्त दर्ता गराएका २५ जनाको यहि फाल्गून २ गतेबाट मन्त्रालयले प्रकृया अगाडी बढाएको थियो । दरखास्त दिनेहरुमा, रोहित रौनियार र देवनारयण यादवको २ गते, सुरेश कुमार कार्की, प्रकाश बराल, नागेन्द्र कुमार दास, डा. नन्द विक्रम अधिकारी, माधव प्रसाद रेग्मी र सागर नाथ उपाध्यायको ३ गते, शुसिल ओझा, राम देव यादव, नविन जि.सी., जनार्दन भट्ट र लक्ष्मी प्रसाद पण्डितको ४ गते  ब्यावसायिक प्रस्तुतिकरण र अन्तरवार्ता सकिएको छ । त्यस्तै अनिल झा, डा.…
Read More
बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पीएसओ र फिल्ड कमाण्डर डीएसपी दोषी

बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पीएसओ र फिल्ड कमाण्डर डीएसपी दोषी

४ फाल्गुन, काठमाण्डौं  - उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पीएसओ र फिल्ड कमाण्डर डीएसपी दोषी देखिएको निष्कर्ष निकालेको छ । आयोगले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको औंल्याइएको छ । भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । त्यसक्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । घटनाबारे जाँचबुझ गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्षतामा आयोग बनेको थियो । आयोगले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search