शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नेपाली कांग्रेसको महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेजहरु पारित

नेपाली कांग्रेसको महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेजहरु पारित

नेपाली कांग्रेसको महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेजहरु पारित

४ फाल्गुन, काठमाण्डौं  - नेपाली कांग्रेसको महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेजहरु केन्द्रीय कार्यसमितिबाट पारित भएका छन् । बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक तथा अर्को महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक र पार्टीका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदनहरुमाथि छलफल भएको थियो । यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा चार वटा प्रतिवेदनहरु पेश हुँदैछन् । दुई दिनसम्म छलफलपछि बैठकमा नेताहरुले राखेको धारणा र सुझावहरुलाई समेत मध्यनजर गर्दै  संशोधनसहित चार वटै प्रतिवेदनहरु पारित भएको हो । बैठकले महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका…
Read More
प्रहरी कर्मचारी समायोजन समिति गठन

प्रहरी कर्मचारी समायोजन समिति गठन

४ फाल्गुन, काठमाण्डौं  - सरकारले प्रहरी कर्मचारीहरुको समायोजनका लागि 'प्रहरी कर्मचारी समायोजन समिति' गठन गरेको छ। गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयकै नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव, प्रहरी प्रधान कार्यालयका डिआइजी र मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य रहने गरी ५ सदस्यीय प्रहरी समायोजन समिति गठन गरेको हो । शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दे प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिसकेको बताएका हुन्। 'नेपालको संविधान तथा प्रहरी समायोजन ऐन, २०७६ बमोजिम हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई…
Read More
बालकुमारी घटना: जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

बालकुमारी घटना: जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

४ फाल्गुन, काठमाण्डौं  - बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ। शुक्रबार प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए। गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो। घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रिपरिषद्ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो। उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण…
Read More
महिला प्रहरीको गोली हानेर हत्या, श्रीमान्ले नै चलाएका थिए गोली

महिला प्रहरीको गोली हानेर हत्या, श्रीमान्ले नै चलाएका थिए गोली

३ फागुन, काठमाण्डौं - दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा श्रीमान्‌को गोली प्रहारबाटड्युटीमा रहेको बेला बिहीबार राति मृत्यु भएको हो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तालिम केन्द्र नेपालगन्जमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्री बिहीबार घोराही आएर थापाको हत्या गरेको आशंका छ । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हानी भाग्दै गरेका झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
Read More
ललितानिवास जग्गा हिनामिना प्रकरण : दोषीलाई जरिवाना, बिगो असूल सहित जनही दुई वर्ष कैद

ललितानिवास जग्गा हिनामिना प्रकरण : दोषीलाई जरिवाना, बिगो असूल सहित जनही दुई वर्ष कैद

३ फागुन, काठमाण्डौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा २२ माघ ०७६ मा दर्ता गरेको मुद्दामा विशेष अदालतको फैसला आएको छ । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, प्रेमबहादुर खापुङ, अर्जुन खतिवडा, शंकरप्रसाद सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमल्सिना, परशुराम पोख्रेल, कृष्णप्रसाद पौडेल, प्रकाश भट्ट, टंक पौडेल लाई दोषी ठहर गरेको छ । उनीहरूलाई दामासाहीले कायम हुने बिगो ८० लाख ४८ हजार रुपैयाँ जरिवाना हुने, बिगो असूल उपर हुने र जनही दुई वर्ष कैद हुने तथा सट्टा भर्नाको जग्गासमेत जफल हुने ठहर भएको…
Read More
प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर माओवादी केन्द्रको विधान पारित

प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर माओवादी केन्द्रको विधान पारित

३ फागुन, काठमाण्डौं -  सर्वसम्मतका नाममा केन्द्रीय समिति चयन गर्दै आएको माओवादी केन्द्रले प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर विधान पारित गरको छ । माओवादी केन्द्रले  पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय समिति चयन गर्नेगरी विधान संशोधनसहित पारित गरेको हो । विधान सम्मेलनले पार्टीको नाम परिवर्तन गर्ने बाटो खुला राखेको छ । पार्टीको नामबाट माओवादी हटाउन सकिने भए पनि कम्युनिस्ट पार्टी भने कायम राख्ने निर्णय गरेको छ । उसले नेकपा राखेर समाजवादी, वाम मोर्चा राख्न सकिने विकल्प खुला राखी विधान पारित गरेको हो । ‘नेपाल कम्युनिष्ट पार्टी कहिले पनि छाड्न सकिन्नँ । वाम मोर्चा, समाजवादी मोर्चा, एकता इत्यादि हुँदा पछाडि पुच्छरबारे छलफल गर्ने विकल्प खुला राख्न…
Read More
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि

३ फागुन, काठमाण्डौं -  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि बस्ने भएको छ । बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले फागुन ८, ९ र १० गते पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिएका हुन् । बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डाहरु तय गरेको छ । पोखरेलका अनुसार वर्तमान राजनीतिक अवस्थाको समिक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढिकरण सम्बन्धी विशेष प्रस्तावहरु राख्ने तय भएको महासचिव पोखरेलले जानकारी दिए । सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा ३ जनालाई मनोनित गर्ने निर्णय गरेको छ । मनोनित हुनेहरुमा काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र रहेका छन् ।
Read More
स्रोत नखुलेको ६ केजी सुन र ६२ लाख रूपैयाँ सहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ६ केजी सुन र ६२ लाख रूपैयाँ सहित भारतीय नागरिक पक्राउ

कास्की - कास्कीको पोखरा-२ मोहोरियाटोलबाट स्रोत नखुलेको ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक सुरजित भौमिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितलेको साथबाट ६ केजी ६९ ग्राम सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो ।  सुरजितको पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको थियो । सुरजितले लामो समयदेखि घरभाडामा लिएर सुन चाँदीको गरगहना बेचबिखन गर्दै आएका थिए । उनको…
Read More
पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

१ फागुन, पाल्पा - पाल्पाको तिनाउ मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने १८ जना घाइते भएका छन् ।  सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको छन् भने घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेका छन् ।
Read More
जनयुद्ध चलाएर चाहिएको त प्रधानमन्त्री न रहेछ : केपी शर्मा ओली

जनयुद्ध चलाएर चाहिएको त प्रधानमन्त्री न रहेछ : केपी शर्मा ओली

१ फागुन, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न र सत्ता प्राप्तिका लागि मात्र तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लागाएका हुन् । २०४७ सालको संविधानले शान्तिपूर्ण बाटाहरु बन्द नगरेको अवस्थामा माओवादीले हिंसात्मक बाटो रोज्नु गलत भएको बताए । ‘यो कुनै राणा शासन थिएन, पञ्चायती थिएन । संगठन गर्न नपाइने, बोल्न नपाइने, विचार व्यक्त गर्न नपाइने अवस्था थिएन । अनि फेरि हिंसा किन गर्नुपर्यो, अलिक पछि हिंसा बिसाएर फेरि आउनुपर्यो’, ओलीले भने । ‘हिंसा सुरु गरेको मिति ०५२…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search