१९ पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पुर्याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको बताएका छन् । ‘यो सत्ता गठबन्धन सानो दुखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं । तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ’, उनले भने, ‘अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभामा भागबन्डा गरिरहेको विषय सार्वजनिक भइरहँदा रामेछापमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन् ।
१९ पौष, काठमाण्डौं - पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुले खेपिरहेको पीडालाई आफूले नजिकबाट नियालिरहेको बताएका छन् । आज भैरहवामा नागरिक अभिनन्दनपश्चात सम्बोधन गर्दै उनले देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै सबै जनता एक ठाउँमा उभिन अपिल गरेका छन् । ‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ पूर्वराजा शाहले भने। उनले…
१८ पौष, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा रहेको बताएका छन् । बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा रहेको बताएका हुन् । देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको उनको भनाइ थियो। उनले राजनीतिक दलहरुसमेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गरे । उनले यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद् पक्ष भएको बताए । ‘हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भनेको पाँच/छ जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीहरुको यस्तो नियन्त्रणमा देश परेको छ कि नेपालका…
१७ पौष, काठमाण्डौं - रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको रुस–युक्रेन युद्धमा मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् । योसँगै रुस-युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको । जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् । रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना…
१७ पौष, काठमाण्डौं - जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा स्थानीय समय अनुसार साँझ ६ बजे आगलागी भएको छ । एयरलाइनले दिएको पछिल्लो जानकारी अनुसार विमानमा सवार रहेका सबै ३६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ । जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको समाचार एजेन्सी एनएचकेले बताएको छ । फिक्स्ड-विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताइएको छ । एनएचकेले प्रसारित गरेको फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखाइएको छ ।…
१७ पौष, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिन माग गरिन् । सांसद कार्कीले २०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन स्वास्थ्यमन्त्री बनाएको ? भनी पटकपटक प्रश्नसमेत गरेकी छन् । कानूनविपरीत कर्मचारी हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका…
१७ पौष, काठमाण्डौं - पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा कुनै किर्ते गतिविधि भएको आफूलाई थाहा नभएको जनाएका छन् । नेता नेपाललाई विपक्षी बनाई दायर रिट निवेदनमा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै उनले मन्त्रिपरिषदबाट ललिता निवासको जग्गाबारे कुनै निर्णय गर्दासम्म कीर्ते कागजात तयार गरेकोबारे आफूलाई जानकारी नभएको उल्लेख गरेका हुन् । जेठ २०६६ देखि फागुन २०६७ सम्म करिव २१ महिना प्रधानमन्त्री रहेका नेपालले आफू प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा पहिले नै प्रधानमन्त्री निवास विस्तार सम्बन्धी गुरुयोजना तयार रहेको भन्दै त्यसमा आफ्नो कुनै भूमिका नभएको जिकिर गरेका छन् । २०६७ सालमा सरकारले मन्त्रिपरिषदबाट निर्णय गराई बालुवाटारस्थित प्रधानमन्त्री…
१६ पौष, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार बालकुमारीमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको हो। गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि पुगेका विद्यार्थी र प्रहरीबीच झडप भई दुई जनाको मृत्यु समेत भएको थियो। त्यसक्रममा प्रदर्शनकारीले मन्त्री ज्वालालाई फेला पारेपछि उनको गाडीमा आगजनी समेत गरिएको थियो। सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायतले मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा नपुगेको भए घटना नहुने भन्दै आरोप समेत लगाएका थिए।
१६ पौष, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार बालकुमारीमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको हो। गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि पुगेका विद्यार्थी र प्रहरीबीच झडप भई दुई जनाको मृत्यु समेत भएको थियो। त्यसक्रममा प्रदर्शनकारीले मन्त्री ज्वालालाई फेला पारेपछि उनको गाडीमा आगजनी समेत गरिएको थियो। सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायतले मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा नपुगेको भए घटना नहुने भन्दै आरोप समेत लगाएका थिए।
