१० पौष, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ किन रित्तिँदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन्। काठमाडौंको सरस्वती क्याम्पसको वार्षीकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता यसैमा केन्द्रित हुनुपर्छ।’ ‘मुलुकमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदैछ?,’ शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रम बढेको भन्दै उनले स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने बताए।
१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् । मंगलबार २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको र तिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी भएको बताए। ‘नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य नीधि हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएका छन्।’ सबै संस्कृतिको संरक्षण गर्नका लागि सरकार प्रतिबद्ध रहेको दाहालको भनाइ थियो । 'सांस्कृतिक सम्पदाको धनी नेपालमा…
९ पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे सम्बोधन हुनेछ । गत वर्ष पुस १० मा उनी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमालेसँगको गठबन्धन दुई महिनामै भत्केपछि उनी कांग्रेसकोसहितका दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । एक वर्षमा सरकारका मन्त्री र सचिवहरूले सोचेअनुरूप काम गर्न नसकेको गुनासो प्रधानमन्त्री प्रचण्डको छ।
९ पौष, सिन्धुली - दुर्घटनामा परी दुई जनाको मृत्युपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर अवरोध भएको बीपी राजमार्ग प्रहरीले खुलाएको छ । सोमबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए । बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका-३ बोहोरेटारमा बस र मोटरसाइकल एकआपसमा ठक्किँदा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा-२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।
८ पौष, काठमाण्डौं - कोभिड-१९ र यसको नयाँ भेरियन्ट 'जेएन.१' तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो । 'कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको 'जेएन.१'बाट जोखिम कम हुने आंकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ,' डब्लूएचओका दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन् । उनका अनुसार डब्लुएचओले प्राप्त गरेको तथ्यांकमा 'जेएन.१' फैलिने दर उच्च छ, र विश्वव्यापी बढ्दो…
८ पौष, काठमाण्डौं - नेकपा एमाले को तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन फुकुवा भएको छ । कर्तव्य ज्यान र आगो लगाएको मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरले सफाइ दिएपछि सभामुख देवराज घिमिरेले सांसद पद निलम्बन फुकुवा गरेका हुन्। कोइरीको सांसद पद गत वैशाख १९ मा निलम्बन गरिएको थियो । संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सभामुख घिमिरेले कोइरीको सांसद पद निलम्बन फुकुवा गरेको आइतबार जारी गरेको सूचनामा उल्लेख छ।
८ पौष, काठमाण्डौं - नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय शासन प्रणालीलाई सफल बनाउने कोसिसमा लाग्नुपर्ने बताएका छन् । १४ मंसिरदेखि १८ दिनसम्म चलेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले उक्त कुरा बताएका हुन् । ओलीले भने 'संघीयतालाई सफल ढंगले कार्यान्वयन गरी मजबुद र सफल बनाउन कोसिस गर्नुपर्छ, अहिलेको चरण त्यो हो,' । संघीयताका संरचनाहरूले विकास निर्माणका कामहरूको अगुवाइ गर्नुपर्ने ओलीको भनाइ थियो । उनले भ्रष्टाचार नियन्त्रण गरेर संघीय संरचनामाथि प्रश्न उठ्न नदिनु आवश्यक रहेको पनि स्पष्ट पारे । प्रदेश संरचना कार्यान्वयन र अभ्यासका क्रममा प्रश्न…
८ पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन्। आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्।’ ‘हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर…
८ पौष, काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेता र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउन कानुनी जटिलता हुन सक्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् । राईले विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था रहेको उल्लेख गरे । यी व्यवस्थाका कारण त्यो सम्भव हुन नसक्नेतर्फ उनले संकेत गरे । उनले निश्चित समयसीमा दिएर सो दिशातिर जान भने सकिने आफ्नो धारणा रहेको बताए । विद्यार्थीलाई कर लगाएर सामुदायिक विद्यालयमा पढाउनेभन्दा पनि गुणस्तर बढाएर आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।
७ पुस, दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए । केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन्। लुम्बिनी सरकारमा उद्योग तथा यातायात मन्त्री बन्न लागेका सरोज थापा चलचित्र क्षेत्रमा 'रोज राणा' को नामबाट परिचित छन्। चलचित्र निर्माता उनी अघिल्लो वर्ष मंसिरको संसदीय निर्वाचनमा कांग्रेसबाट चुनाव लडेर निर्वाचित भएका थिए। कृष्णा केसीलाई मन्त्री बनाउने निर्णय माओवादीले झन्डै आठ महिना पहिल्यै गरिसकेको थियो।
