काठमाडौँ, १८ असोज । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत विधेयक २०८० पेस गर्नेछन् । सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा. प्रकाश शरण महतले एमसिसी परियोजना नेपालको विकासका लागि महत्त्वपूर्ण परियोजना रहेको बताएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको शुभारम्भ उत्सवमा बोल्दै मन्त्री महतले भने, ‘यो आयोजनामार्फत विद्युत् आयात निर्यातका लागि ट्रान्समिसन लाइन निर्माण र प्रविधियुक्त सडक निर्माण हुनेछ । विशेषतः विद्युत् व्यापारका लागि ट्रान्समिसन लाइन हाम्रा लागि महत्त्वपूर्ण छ । यो विभिन्न मन्त्रालयसँग जोडिएको छ । मन्त्रीहरू बोर्ड सदस्य हुनुहुन्छ, उहाँहरूले पनि यसलाई गम्भीरताका साथ लिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ एमसिसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठुलो योगदान रहने…
काठमाडौँ, १८ असोज । विश्वकप क्रिकेटको आज उद्घाटन खेल हुदैँछ । आइसिसी एक दिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो । आज देखी सुरु हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डका बिचमा प्रतिस्पर्धा हुदैँछ । इङ्गल्यान्ड साबिक विजेता टोली हो भने न्युजील्याण्ड उपविजेता टोली हो । सो प्रतियोगिताको पहिलो उद्घाटन खेल नरेन्द्र मोदी रङ्गशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठुलो क्रिकेट रङ्गशालाको रूपमा लिइन्छ । सो उद्घाटन खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।
का ठमाडौँ, १७ असोज । सेयर बजारमा बुधवार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अङ्कमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचक बढे पनि कारोबार रकम भने अझै सुस्त नै छ । बजारमा एकातिर लाभांश सिजन चलिरहेको छ भने अर्कोतिर प्रमुख चाडपर्व पनि नजिकिएको छ । चाडपर्व र लाभांश वितरण हुने बेलामा सेयर बजारमा विशेष चहलपहल बढ्नुपर्ने अपेक्षा गरिएको छ । तर अहिलेसम्म त्यस्तो हुन भने सकेको छैन । चाडपर्वका बेला रेमिटेन्स बढी आउँछ । बजारमा कारोबार बढ्ने हुँदा अर्थतन्त्र पनि थप चलायमान हुन्छ । तर…
काठमाडौँ, १७ असोज । भेपमार्फत् ९ सुन तस्करी प्रकरणमा एक जना थप एक जना पक्राउ परेका छन् । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
चिन, १७ असोज । टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन मलेसिया २ रनले चुकेको छ । आश्विन १७ गते बङ्गलादेश र मलेसियाबिचको क्वाटर फाइनल खेलमा मलेसियालाई २ रनले हराउँदै बङ्गलादेश, सेमिफाइनलमा पुगेको हो । सुरुमा बेटिंग गर्दै बङ्गलादेशले ११६ रन बनायो । त्यो देशका लागि सेफ हसनले ५० रन हानेका थिए । बङ्गलादेशलाई सस्तोमा समेट्न मलेसियाका पवनदिप सिंहले ४ ओवरमा १२ रन दिएर २ विकेट लिएका थिए । लक्ष्यलाई पछ्याउने क्रममा मलेसियाका विरेनदिप सिंहले ५२ रन बनाए ।
विराटनगर, १७ असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रवार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ । २२ भदौमा प्रदेशसभाको ठुलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।
काठमाडौँ, १७ असोज। बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्य विनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय गोकुल थापालाई प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
* * वाशिष्ठ कहिले काँहि शिक्षा दिने गुरुले गलत शिक्षा दिएको छ भने त्यो सुन्दा पनि सुगा रटाई गलत रटिएको हुन्छ । एक भाष्य गलत पढाइएको छ – फलानो मण्डले ,.. फलानो राजावादी, फलानो दक्षिणपन्थी, फलानो भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद आदि । खासमा मुलुकमा कसको कति योगदान छ ? केही थाहा छैन अनि अर्को आफ्नै ज्ञानले नबुझ्दासम्म गलत पनि सही लाग्छ । मलाई पनि हाम्रा चाडबाड संस्कृतिलाई गलत भाष्य रूढिवादी भनेर गर्न पर्ने मतमा म पनि कहिलेकाहीँ लाग्छ किन लोकाचारलाई ऋण लगाई लगाई गर्नु ? २०५० माघ १८का दिन म १४ वर्ष पुगेर १५ लाग्दा बाउजुले छोडेर गए । भोलिपल्ट…
काठमाडौँ, १७ असोज । भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा बुधवार बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र आएको बाढीले सिक्किमलाई पश्चिम बङ्गालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भाग समेत बगाएको छ । सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको हो । छ । बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ । सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा…
