नेपालको सवैभन्दा सानो जिल्ला भक्तपुर हो भने सबै ठुलो कुन हो ? हाजिरजवाफमा सामाना गरिराखेको प्रश्न हो । त्यो विशाल जिल्ला पुग्न पाएत भन्ने लागेको थियो । नभन्दै २०६३ सालमा त्यो अवसर पनि मिल्यो ।असार महिना थियो । नेपालको राजधानीबाट हवाइजहाजबाट नेपालगंज पुग्यें । एक रात त्यही वास वसें । भोलिपल्ट हंशवहादुर शाहीले समन्वय गरी व्यवस्था गरेको अर्को हवाइजहाज चढि डोल्पाको जुफालमा रहेको विमानस्थलमा झरेको थिएँ ।ठुलो जिल्ला, ठिन्लेको जिल्ला, शेफोक्सुन्डो ताल भएको जिल्ला, सशस्त्र युद्दमा सवैभन्दा पहिला ध्वस्त भएको सदरमुकाम रहेको जिल्ला, यार्शागुम्बा धेर पाउने जिल्लाको उपमा पाएको डोल्पा पुग्न संभवत सवैको रहर हुन सक्छ । डरलाग्दो विमानस्थल जुफाल…
नेपाली जनताको प्रिय पार्टी नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौं पूर्ण बैठक २०८१ साल पुस १३ र १४ गते सदरमुकाम चरिकोटमा सम्पन्न भयो । नेकपा एमाले जिल्ला कमिटी दोलखाका अध्यक्ष क. नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि केन्द्रीय पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इन्चार्ज क. पार्वत गुरूङले सम्बोधन गर्नु भएको थियो । केन्द्रीय सल्लाहकार क. डबल पाण्डे र बागमती प्रदेश कमिटी सदस्यहरूको आतिथ्यता रहेको बैठकमा सहभागीहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो । बैठकले पार्टी निर्माणका सवाल तथा विविध समसामयिक विषयमा निर्णय तथा प्रस्तावहरू पारित गरेको छ । बैठकबाट पारित सार्वजनिक महत्त्वका प्रस्तावहरू तपसिल बमोजिमका छन् । १. सम्माननीय प्रधानमन्त्री,…
