२९ चैत्र, काठमाडौं - काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सै घण्टा खुल्ने भएको छ। नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सै घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषदले जनाएको छ। परिषदका अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिए। "नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गको बजार क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गर्नुहुनेछ," उनले भने। उनका अनुसार सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लिनेछ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन…
२८ चैत्र, काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको अहिले रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा लागत बढी लाग्ने र विपत्को जोखिम बढी भएको भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो। खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धारामा खानेपानी उपलब्ध गराउन आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो। आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ। हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरूपमा सुरक्षित रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी…
२८ चैत्र, काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माले निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्त खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि गरेको आह्वानको समय नसकिँदै भएको नियुक्ति र सभामुखको समेत गणना गरिएको भन्ने निवेदनको मागमा संवैधानिक व्याख्या जरूरी भएकाले अहिलेका लागि उनलाई सामान्य काममात्र गर्न आदेश दिएको इजलासले जनाएको छ। सर्वोच्चले गण्डकी प्रदेश सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले २०८१ बैशाख १० गतेका लागि…
२८ चैत्र, काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग-२०७४ को प्रतिवेदन सार्वजनिक गरेको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो । उक्त आयोगमा डा. उपेन्द्र देवकोटा र मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए । २०७४ मा बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो । चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ । प्रतिवेदनमा त्रिभुवन…
२८ चैत्र, काठमाडौं - च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले दुई-दुई गोलको बराबरी खेलेका छन्। आर्सनलको मैदानमा भएको खेलमा बुकायो शाकाको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। १२ मिनेटमा गोल खाए पनि बायर्नले १८ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। उसका लागि गिनर्बीले गोल गरेका थिए। ३२ मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दा बायर्नले खेलमा अग्रता लिन सफल भयो। तर दोस्रो हाफमा आर्सनलका ट्रोसार्डले गोल गर्दै घरेलु टिमको सम्भावित हार टारे।
२७ चैत्र, कर्णाली - कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि मंगलबार नै कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
२७ चैत्र, काठमाडौं - नेपाली कांग्रेसका सांसदहरूले सार्वजनिक पदधारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने विषयबारे प्रतिनिधिसभामा सार्वजनिक महत्तवको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखामा चैत्र २३ मा दर्ता गरेको प्रस्तावमा सुशासन कायम गर्नका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा छलफल माग गरिएको छ । धनराज गुरुङ प्रस्तावक तथा पाण्डे र परियार समर्थक रहेको सार्वजनिक महत्त्वको प्रस्तावमा भनिएको छ, 'सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण माग गर्ने र जाँचबुझ गरी प्रतिवेदन दिनको लागि उच्चस्तरिय न्यायिक आयोग गठन गर्ने हाम्रो अभ्यास पनि देखिन्छ । संवत् २०४७…
२७ चैत्र, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा १८ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयकाले जानकारी दिएको छ । त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ…
२७ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । मंगलबारको बैठकमा कांग्रेस सांसदहरूले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर बैठक स्थगित भएको लामो समयसम्म पनि पुन: सुरू हुन सकेन। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको उल्लेख गरेका छन्। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको अडान राखिरहेको छ। मंगलबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले पनि सहकारी प्रकरणमा लाखौं बचतकर्ता ठगिएकोले संसदीय…
२७ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको छ । मंगलवार संसद् भवनमा बसेको संसदीय दलको बैठकले कांग्रेस संसदीय छानबिन समिति बाट पछाडि नहट्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए । संसदीय बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैर जिम्मेवार भएको ठहर पनि गरेको छ। नेपाली कांग्रेसले संसदीय समितिका बैठकहरुमा अनिवार्य रुपले…
