लुम्बिनी, २० असोज । लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । बौद्ध दर्शन र संस्कृतिका प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रवारबाट प्रदर्शनी सुरु भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा भएको बौद्ध संस्कृति सम्मेलन तथा बिआरआईको १० औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै बेल्ड एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पु¥याउने बताए । चिनिया बौद्ध भिक्षु यात्रीहरू फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरूले बताए । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालिले बौद्ध पुरातत्त्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनिया यात्रीहरूको ऐतिहासिक…
लन्डन, १६ साउन । युनिभर्सिटी अफ लीड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठुलो उपलब्धि हासिल गरेका छन्। अन्वेषकहरूले २ मिलिमिटर व्यास भएको रोबोट विकास गरेका छन्, जसले गहिराइमा गएर क्यान्सरको लक्षण पत्ता लगाउन र उपचार गर्न सक्षम रहेको जनाइएको छ । चुम्बकद्वारा नियन्त्रित अल्ट्रा सफ्ट टेन्टेकल रोबोटले सबैभन्दा सानो ब्रोन्कियल ट्युबमा पुगेर उपचार प्रदान गर्न सक्छ। यो रोबोट लीड्सको स्ट्रोम ल्याबका डाक्टर, वैज्ञानिक र इन्जिनियरहरूले बनाएका हुन्। यो खोजले क्यान्सरको सबैभन्दा सही उपचारमा सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ । अन्वेषकहरूले रिपोर्ट गरे कि शवको फोक्सोमा परीक्षणको क्रममा यो रोबोटले हाल उपलब्ध उपकरणहरू भन्दा ३७ प्रतिशत बढी गहिराइमा गएर क्यान्सर पत्ता…
काठमाडौँ, १९ असोज । दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारका अनुसार अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने छ। टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने उनले बताए। कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन थालिने महासङ्घको भनाइ छ। यसका साथै ‘बस सेवा डटकम’ बाटै टिकट काटेर पनि यात्रुहरू घर गइरहेका छन्। बस सेवा डटकमका सिइओ…
काठमाडौँ, १९ असोज । राष्ट्रिय मानवअधिकार आयोगले रिगल भनिने योगराज ढकालको कैद मिनाहा कानुन विपरीत भएको जनाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद मिनाहा मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्य मान्यता विपरीत भएको बताएका हुन्। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) मा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दा फिर्ता लिन नमिल्ने भनी स्पष्ट कानुनी व्यवस्था छ। यस विपरीत सरकारले संविधान दिवसको दिन नेपालगन्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगललाई माफी मिनाहा दिएको देखिएको आयोगले जनाएको छ। जिल्ला अदालत, बाँकेले ११ वैशाख २०७५ मा गरेको फैसलामा मानन्धरलाई घेरा हाली…
नुवाकोट, १९ असोज । मेघाङ गाउँपालिका-२ बुङताङबाट भरुवा बन्दुक २ थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५२ वर्षीय सिंह तामाङ र २७ वर्षीय साहिल तामाङ रहेका छन् । सोही ठाउँस्थित भाडा बनाउने आरनमा भरुवा बन्दुक मर्मत गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बन्दुक मर्मत गर्न ल्याउने दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खड्क सुनार मुगु, १९ असोज । मुगुमा बर्सातको असिनाले यो वर्ष स्याउ उत्पादन कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको छ भने किसानले उचित मूल्यअनुसारको भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरू नेपालगन्जमै थन्किएका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै…
काठमाडौँ, १९ असोज । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । भद्रकाली नजिकै सभागृह मोडमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो। बिहीबार राति साढे ७ बजे काठमाडौँ महानगरपालिका–२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र.–३–०१–००१ग ३७०५ नम्बरको ७.५ ट्रकले दिँदा एक महिलाको मृत्यु भएको हो। सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा.प्र –०२ –०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीय आकृति शर्माको मृत्यु भएको हो । ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार राति ट्रकले…
* मोहनविक्रम सिंह मलाई हाँसो लाग्छ, जब भन्छ अन्धकारले आई,– ‘मैले रोक्दछु प्रकाश लाई, शून्य पारी सूर्यको तेज–राशि, अन्धकारमय, बनाउँछु विश्वलाई ! मैले कसरी पत्याऊँ ? जब ती गगन चुम्बी महलहरूले, गुलाफी गाला, सुकोमल शरीर, धडकी रहेका छातीहरूले गर्न थाल्दछन् भयङ्कर गर्जना, मानवताको भर्त्सना, क्रान्तिको विस्फोट रोक्दछौँ भनी ’फु’ गरी निभाई प्रज्वलित अग्नि ज्वालालाई सडे–गलेका दीवारहरू जोगाउँछौँ भनी रूख पात र ढुङ्गा पनि हाँस्दछन्, जब भन्छन् गोली तोप र एटमले ’संहार गर्छौ मानवतालाई, दिशा दिशामा फैलाई दानवी जाल, भस्म गर्दछौँ– आजादी शान्ति र प्रगतिका अङ्कुरहरूलाई चन्द्र–सूर्य पनि बादल भित्र लुक्दछन्, जब भन्छन् जेलका अग्ला दीवार र फलाम जन्जिरहरूले, बन्दीहरूमाथिका प्रताडना…
लन्डन, १९ असोज । बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ । जसवन्त सिंह छैलको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अदालतले तत्कालका लागि अस्पतालमा लैजान आदेश दिएको छ। लन्डनको ओल्ड बेली अदालतमा सुनुवाइको क्रममा न्यायाधीश निकोलस हिलियर्डले चेललाई निको नभएसम्म बर्कशायरको उच्च सुरक्षा मानसिक अस्पताल ब्रोडमूर अस्पतालमा राख्नु पर्ने आदेश दिएका छन् । यसपछि उनलाई जेलमा राखिनेछ । डिसेम्बर २५, २०२१ को बिहान रानी एलिजाबेथ विन्डसर क्यासलमा उनको निजी अपार्टमेन्टमा थिइन, जब दुई अधिकारीहरूले कसैलाई देखे र…
