दोलखामा खड्ग जात्रा उत्साहका साथ सम्पन्न। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा। ऐतिहासिक नगरी दोलखामा विजयादशमीको भोलिपल्ट मनाइने परम्परागत खड्ग जात्रा उत्साहका साथ सम्पन्न भएको छ। धार्मिक आस्था, ऐतिहासिक महत्त्व र नेवार समुदायको मौलिक संस्कृतिसँग जोडिएको यस जात्राले दोलखाको सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ। खड्ग जात्रा दोलखाको पुरानो धार्मिक तथा सांस्कृतिक परम्परामध्ये एक हो। जात्राका क्रममा परम्परागत वेशभूषामा सजिएका खड्गधारीहरूले हातमा खड्ग (तरबार) लिएर विभिन्न टोल तथा धार्मिक स्थलमा नृत्य प्रस्तुत गरेका थिए। परम्परागत बाजागाजासहित प्रस्तुत गरिने खड्ग नृत्यले जात्राको रौनक बढाएको थियो। स्थानीय धार्मिक मान्यताअनुसार खड्ग जात्रालाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिने गरिन्छ। जात्रासँग जोडिएका धार्मिक…
