दाेलखा-श्रीकृष्णजन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्छ। यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ ९इस्कोन०को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि…
दोलखा । दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरब कुमारीको जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टीको रातभरसम्म दोलखामा बाजागाजाको तालमा भैरब र कुमारीसहितको समूहका जात्रा हुने गर्दछ । जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वासले दोलखा बजारलगायत क्षेत्रका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ । भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् । शिवभक्ती परिवारका समूहद्वारा भैरब र कुमारीको परिचयमा सञ्चालन हुने यो भैरब कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ । पौराणिक किंवदन्तीका अनुसार दोलखामा ३ दिदीबहिनीलाई…
काठमाडौँ । एमालेको निर्णयपछि बिद्याको स्वभाव : सम्हालिएको भाव, जिम्मेवारीवोधको अभाव एमालेले गरेको उल्लिखित निर्णय व्यक्ति लक्षित होइन, प्रणालीलक्षित हो ।एमाले माओवादीलगायत अरू पार्टीको जिम्मा त लिन सक्दैन, तर आफू त्यो प्रकारको अशोभनीय काम गर्दैन भन्ने उसको सुविचारित फैसला हो । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले पार्टीको कुनै पदमा प्रतिष्पर्धा गर्न नसक्ने हुँदा उहाँको सदस्यता नवीकरण भइराख्न आवश्यक परेन । त्यत्ति हो । उहाँले पत्रकार सम्मेलनमा मलाई कुनै पदको अभिलाषा छैन भन्नुभएको छ । उहाँको भावना कुनै पद र प्रतिष्पर्धाभन्दा माथि छ जस्तो देखिन्छ । यो उचाइको सर्वस्वीकार्य व्यक्तित्वले पार्टी विशेषको संगठित सदस्यताको चिन्ता किन गर्नु पर्यो र ? निर्मल भट्टराई…
काठमाडौं, ६ साउन । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ । दुईदिनसम्म भएको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्क नहुने निष्कर्ष निकालेकाे एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द् गाैतमले बताउनुभयो । राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा भएकाले त्यसपछिको राजनीतिक पुन:सक्रियता संस्थागत मर्यादा विपरीत हुने निष्कर्षमा बैठक पुगेको हो। 'राष्ट्र अध्यक्ष जस्ताे उच्च पदमा पुगेकाे व्यक्तिलाई तल ल्याएर काम लगाउने कुरा उहाँ प्रतिकाे पनि अपमान हुनसक्छ भन्ने भावना बैठकमा व्यक्त भयाे', गाैतमले भन्नुभयाे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने…
हिजोदेखि सुरु भएको नेकपा (एमाले) पोलिटब्युरोको चौथो बैठक आज सफलतापूर्वक सम्पन्न भयो। बैठकले सचिवालयद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्वसम्मतरूपमा स्वीकृत गर्दै, उक्त प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि पेश गरिने निर्णय गरेको छ। प्रस्तावप्रति छैसठ्ठी जना सदस्यहरूले समर्थन जनाउँदै व्यक्त गरेका मूल्यवान सुझावहरूले पार्टीको आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टताप्रतिको दृढ प्रतिबद्धता उजागर गरेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी जीवनको लोकतान्त्रीकरणलाई समग्रतामा कसरी बुझ्नुपर्छ भन्ने विषय स्पष्ट पार्नुभयो। बैठकले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशनबारे फैलाइएको भ्रामक प्रचारलाई खारेज गर्दै, पार्टीलाई भावनात्मक एकता र दृढ सङ्कल्पका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गऱ्यो।
नेकपा एमाले दोलखाको सचिवालय वैठकले गरेको निर्णयहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पत्रकार मित्रहरु सामाजिक न्याय, समान ता तथा दोलखा जिल्लाको विकास र समृद्धिको लागि नेकपा एमाले दोलखाले विगत लामो समय देखि रचनात्मक, सकारात्मक र संघर्षपूर्ण अभियान सञ्चालन गर्दै आएको कुरा अवगतनै छ । जनमुखि अभियान र संघर्षकै कारण दोलखा जिल्ला नेकपा एमालको किल्लाको रुपमा स्थापित छ । कोही कसैले नेकपा एमाले विनाको दोलखा परिकल्पना गर्छ भने त्यो मिथ्या र तथ्यहिन परिकल्पनामात्र हुने छ । २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारले सुरु गरेको आफ्नो गाँउ आफै बनाउ, नौ स कार्यक्रम तथा सामाजिक सुरक्षा भत्ता, ९ बृद्ध भत्ता लगायतका…
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ का दिन मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९०…
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गरिएको ‘दोलालघाट–चर्मावती सुरुङ मार्ग’ काठमाडौंलाई चीनसँग जोड्ने फास्ट ट्र्याक भएको सरोकारवालाहरूले बताएका छन् । चीन, भारत र नेपाललाई त्रिदेशीय राजमार्गले जोड्न तथा काठमाडौं र चीनको दूरी घटाउन सुरुङ मार्गले विशेष योगदान पुर्याउने भएकाले यसलाई फास्ट ट्र्याकका रूपमा अगाडि बढाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् । बजेटले परिकल्पना गरेको सुरुङ मार्गको सम्भाव्यतामाथि छलफल गर्न नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रबाहेक दोलखाका सबै राजनीतिक पार्टीका नेतृत्व र प्रतिनिधिहरूले…
जेठ २८- नेकपा एमाले दोलखाले दुई महिने श्रमदान अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमीटी दोलखाको छैटौ पुर्ण बैठकले जिल्लामा आगामी असार र साउन महिना खेतीपातीको समय भएकाले पालिका र वडा कमिटीहरुले जिल्ला भित्रका एकल महिला,जेष्ठ नागरिकलाई कृषि उत्पादन कार्यमा सहयोग गर्न श्रमदान अभियान सञ्चालन गरी उत्पादनमुखी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त अवधिमा राजधानीमा रहेका दोलखा जिल्लाका नागरिकहरुमा पाटी काम विस्तार गर्न केन्द्रीत हुने निर्णय गरिएको छ भने बैठकले आवश्यकता अनुसार दोलखा काठमाडौ सम्पर्क मञ्च,पालिका कमिटी, वडा कमिटी र जनसंगठनलाई परिचालन गर्ने निर्णय गरिएको नेकपा एमाले दोलखाका उपसचिव एंव प्रचार विभाग प्रमुख हरि ओलीले…
