महेन्द्र श्रेष्ठ ( प्रधान सम्पादक ) महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ। शनिबार प्रेस चौतारी इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा बसेको बैठकले पाँच जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गर्दै संगठनभित्रको एकता, सहकार्य र नेतृत्वप्रतिको विश्वासलाई थप सबल बनाएको हो। सर्वसम्मत चयन भएका प्रतिनिधिहरू १. गणेश पाण्डे – अध्यक्ष लामो समयदेखि प्रेस चौतारीको नेतृत्वदायी भूमिकामा सक्रिय पाण्डे सञ्चार क्षेत्रमा अनुभवसिद्ध नाम मानिन्छन्। संगठन विस्तार, सदस्य विकास तथा सञ्चारकर्मीहरूको पेशागत हकहितका विषयमा निरन्तर सक्रिय पाण्डेलाई फेरि प्रतिनिधिको जिम्मेवारी दिइएको हो। ब्याकग्राउन्ड: उनी प्रेस चौतारीभित्र सुदृढ नेतृत्वका रूपमा चिनिन्छन् र संगठन सञ्चालनमा विवेकपूर्ण तथा समन्वयकारी भूमिकाका लागि प्रशंसित छन्। २. राजेन्द्र अर्याल…
एमालेद्वारा काठमाडौंमा विशाल जनसभा : प्रतिगामी कदमविरुद्ध जनपरिचालनको पहिलो चरण आज समापन काठमाडौं– नेकपा एमालेले प्रतिगामी प्रवृत्तिहरू र असंवैधानिक कदमविरुद्ध सञ्चालन गर्दै आएको ‘जनपरिचालन कार्यक्रम’ अन्तर्गत आज काठमाडौंमा विशाल जनसभाको आयोजना गरेको छ। भदौ २३ र २४ गतेका घटनापछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रुपमा गरिएको भन्दै एमालेले कात्तिक २२ गतेदेखि देशव्यापी जनपरिचालन अभियान सुरु गरेको थियो। सोही अभियानलाई जोड दिन काठमाडौंमा आयोजना भएको आजको जनसभाको प्रमुख एजेन्डा प्रतिनिधिसभा पुनःस्थापना नै रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। गौतमका अनुसार, पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटीमण्डपमा हुने छ। विभिन्न जनसंगठन, पार्टी समितिहरू तथा…
महेन्द्र श्रेष्ठ प्रधान सम्पादक काठमाडौं नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो वैधानिकता र मूल उत्पत्तिनै स्पष्ट गर्न नसकेको कठोर टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार अहिले देश संचालन गरिरहेको संरचना न कुनै दलबाट बनेको हो, न संसदबाट, न संविधानले परिकल्पना गरेको सरकार हो, न त जनमतबाट निर्देशित– यसैले “यो सरकार वास्तवमै कसको हो ?” भन्ने गम्भीर प्रश्न उठ्छ । अध्यक्ष ओलीले आज बिहान गुण्डुस्थित आफ्नो निवासमा प्रेस चौतारी नेपालको नेतृत्वसँग भएको छलफलमा वर्तमान सरकारले प्राप्त गरेको वैधानिकता र जनप्रतिनिधित्वबारे शंका व्यक्त गर्नुभयो । उहाँका शब्दमा— “यो सरकार संविधानले बनाएको होइन, संसदले बनाएको होइन, कुनै…
दोलखा— नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा दोलखामा आयोजित जागरण सभा उत्साहपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय जनसमुदाय, कार्यकर्ता, युवादल, जनवर्गीय संगठन तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको सभामा राष्ट्रिय राजनीति, सुशासन, देशको दिशा–दिशा र एमालेको भूमिकाबारे महत्वपूर्ण अभिमतहरू प्रस्तुत गरियो। कार्यक्रममा प्रमुख वक्ताहरूले एमाले मात्र स्थिरता, राष्ट्रियता र विकासको पक्षधर दल भएको दाबी गर्दै देशले खोजेको वैकल्पिक नेतृत्व एमालेसँगै सम्भव रहेको धारणा व्यक्त गरे। देशमा देशप्रेम, राष्ट्रियता र विकासको बाटो एमालेकै हो” — केन्द्रीय सदस्य सरस्वती बस्नेत केन्द्रीय सदस्य सरस्वती बस्नेतले अहिलेको राजनीतिक अस्तव्यस्तता, अस्थिरता र असन्तुलित निर्णयको वातावरणलाई अन्त्य गर्न सक्ने शक्ति एमाले मात्र भएको बताइन्। उनले भनिन्, “देशमा…
नेकपा एमाले दोलखा जिल्ला कमिटीद्वारा कात्तिक २९ गते आयोजना गरिने ऐतिहासिक आमसभा र त्यसको पूर्वसन्ध्यामा कात्तिक २८ गते हुने मोटरसाइकल यात्राको तयारी तीव्र रूपमा अघि बढाइएको छ। कार्यक्रमअनुसार कात्तिक २९ गते बिहान ११:०० बजे चरिकोट सातदोबाटोबाट जुलुस सुरु हुनेछ, जसले बजार परिक्रमा गर्दै पुनः सातदोबाटोमै पुगेर विशाल आमसभामा परिणत हुनेछ। त्यसअघि, कात्तिक २८ गते दिउँसो ३:०० बजे चरिकोट सातदोबाटोबाट मोटरसाइकल यात्रा सुरु हुने छ, जसले पार्टीको जनपरिचालन अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने उद्देश्य लिएको छ। उक्त तयारीलाई सफल र प्रभावकारी बनाउन नेकपा एमाले दोलखा जिल्ला कमिटी, नगर कमिटी तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरूबीच निरन्तर छलफल र समन्वय बैठकहरू भईरहेका…
भीमेश्वर — नेकपा (एमाले) द्वारा सञ्चालन गरिएको देशव्यापी जनपरिचालन कार्यक्रमअन्तर्गत यही मङ्सिर २९ गते हुने जिल्ला स्तरीय सभालाई सफल पार्न भीमेश्वर नगर कमिटीले विशेष तयारी बैठक सम्पन्न गरेको छ। नगर कमिटीका अध्यक्ष भाेला खत्रीवडाकाे अध्यक्षता तथा सचिवालय सदस्यहरू, वडा कमिटीका अध्यक्ष, जनसंगठनका प्रतिनिधि र विभिन्न जिम्मेवार कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न उक्त समन्वय बैठकले सभालाई भव्य र अनुशासित रूपमा सम्पन्न गराउन नगर कमिटीले खेल्ने भूमिकाबारे विस्तृत योजना तय गरेको छ। बैठकले वडा–वडामा जनसंपर्क र प्रचारप्रसार अभियान तीव्र बनाउने, सहभागीहरूलाई संगठनात्मक रूपमा परिचालन गर्ने, कार्यक्रम स्थलमा व्यवस्थापन संयन्त्र तयार गर्ने र महाधिवेशन सफल पार्न सबै तहका कार्यकर्तालाई सक्रिय भूमिकामा रहने आह्वान गरेको छ।…
संवाददाता -नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले विधान विधान महाधिवेशनका प्रतिनिधिले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएको दाबी गर्नुभएकाे छ। ७ वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरूले भावी पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनी प्रतिवेदन पेस गरेको बताउनुभयाे । प्रमुख गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताउनुभयाे। ‘७ भूगोल र ३ गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दशत्रमा प्रतिवेदन पेसगरिसक्नु भयो,’ गाैतमले भन्नभयाे, ‘दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संबैधानिक नियुक्ति पाएकालाई…
गोदावरी (ललितपुर), भदौ २०। नेकपा (एमाले)को पछिल्लो तथ्याङ्कअनुसार पार्टीका संगठित सदस्य संख्या ६ लाख ६२ हजार ९ सय ६१ पुगेको छ। यो संख्या १०औं महाधिवेशनपछिको तीन वर्षमा करिब ३० प्रतिशतले बढेको हो। पार्टी महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमार्फत यो तथ्याङ्क सार्वजनिक गरेका हुन्। उनका अनुसार हालसम्म देशभर ६४ हजार ७ सय ६ वटा विभिन्न तहका कमिटी गठन भएका छन्। महासचिव पोखरेलका अनुसार एमालेसँग हाल करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेका छन्। तीमध्ये डेढ लाख सदस्य अझै संगठित हुन बाँकी रहेको उल्लेख गरिएको छ। हालसम्म ४ लाख २७ हजार १६ जना विभिन्न तहका…
काठमाडौं- प्रथम महिला राधिका शाक्यले नेपालका सबै मानिसले राजनीति गर्नु नहुने बताउनुभएको छ । सबैका रुची अलग अलग भएकोले आफ्नो रुची अनुसारको काम गर्नु उपयुक्त हुने उहाँको सुझाव छ । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पोलिटिक्समा सफल मान्छेलाई मात्र सफल मान्ने समाजको मानसिकताले धेरै मानिसलाई राजनीतितिर आउन प्रेरित गरेको उहाँले बताउनुभयो । ‘पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिदो रहेछ ’ शाक्यले भन्नुभयो ‘ अरु क्षेत्रमा सक्सेस भएको सक्सेस भएको होइन कि भन्ने ठान्ने हाम्रो समाज र हाम्रो मानसिकता छ । तर त्यस्तो होइन । शाक्यले युवा संघले समाजमा रहेको विकृति र…
काठमाडौं भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितीको बैठकमा संगठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतितिनिधी र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् । २०७८ मा चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधी मात्र विधान महाधिवेशनका प्रतिनिधी हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधीहरुलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ…
