शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भूकम्पमा परेर ५३ जनाको मृत्यु

भूकम्पमा परेर ५३ जनाको मृत्यु

भूकम्पमा परेर ५३ जनाको मृत्यु

२३ पौष, दोलखा । चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ५३ जनाको मृत्यु भएको छ। तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ५३ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ। भूकम्पको धक्का नेपालको काठमाडौं लगायतका अन्य क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
Read More
दाेलखामा भुकम्पकाे धक्का

दाेलखामा भुकम्पकाे धक्का

-महेन्द्र श्रेष्ठ २३ पौष २०८१, दोलखा । मानिस सडकमा निस्किए । दाेलखामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । लामो समयसम्म भूकम्पको धक्का महसुस हुँदा सबै मानिस सडकमा निस्किएका छन्। पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका हुन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पविद् भरत कोइरालाका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । पछिल्लो केही महिनायता पश्चिम नेपालमा लगातार ४ म्याग्निच्यूडभन्दा माथिको भूकम्प गइराखेको थियो । बिहान भूकम्प आउँदा अधिकांश मानिसहरु सुतिरहेका थिए । भूकम्पले हल्लाएपछि मानिसहरु दौडेर सडकमा जम्मा भएका थिए ।…
Read More
डोल्पा यात्रा संस्मरण

डोल्पा यात्रा संस्मरण

नेपालको सवैभन्दा सानो जिल्ला भक्तपुर हो भने सबै ठुलो कुन हो ? हाजिरजवाफमा सामाना गरिराखेको प्रश्न हो । त्यो विशाल जिल्ला पुग्न पाएत भन्ने लागेको थियो । नभन्दै २०६३ सालमा त्यो अवसर पनि मिल्यो ।असार महिना थियो । नेपालको राजधानीबाट हवाइजहाजबाट नेपालगंज पुग्यें । एक रात त्यही वास वसें । भोलिपल्ट हंशवहादुर शाहीले समन्वय गरी व्यवस्था गरेको अर्को हवाइजहाज चढि डोल्पाको जुफालमा रहेको विमानस्थलमा झरेको थिएँ ।ठुलो जिल्ला, ठिन्लेको जिल्ला, शेफोक्सुन्डो ताल भएको जिल्ला, सशस्त्र युद्दमा सवैभन्दा पहिला ध्वस्त भएको सदरमुकाम रहेको जिल्ला,  यार्शागुम्बा धेर पाउने जिल्लाको उपमा पाएको डोल्पा पुग्न संभवत सवैको रहर हुन सक्छ । डरलाग्दो विमानस्थल जुफाल…
Read More
नेकपा एमाले जिल्ला कमिटी दोलखाको बैठकले जारी गरेको सार्वजनिक महत्त्वका प्रस्तावहरू

नेकपा एमाले जिल्ला कमिटी दोलखाको बैठकले जारी गरेको सार्वजनिक महत्त्वका प्रस्तावहरू

नेपाली जनताको प्रिय पार्टी नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौं पूर्ण बैठक २०८१ साल पुस १३ र १४ गते सदरमुकाम चरिकोटमा सम्पन्न भयो । नेकपा एमाले जिल्ला कमिटी दोलखाका अध्यक्ष क. नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि केन्द्रीय पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इन्चार्ज क. पार्वत गुरूङले सम्बोधन गर्नु भएको थियो । केन्द्रीय सल्लाहकार क. डबल पाण्डे र बागमती प्रदेश कमिटी सदस्यहरूको आतिथ्यता रहेको बैठकमा सहभागीहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो । बैठकले पार्टी निर्माणका सवाल तथा विविध समसामयिक विषयमा निर्णय तथा प्रस्तावहरू पारित गरेको छ । बैठकबाट पारित सार्वजनिक महत्त्वका प्रस्तावहरू तपसिल बमोजिमका छन् । १. सम्माननीय प्रधानमन्त्री,…
Read More
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

- महेन्द्र श्रेष्ठ नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन्।   महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार, शर्माले चार हजार २८२ मत प्राप्त गरेकी छन्। महासंघको नेतृत्वमा पुग्ने उनी पहिलो महिला हुन्।   उनका निकटतम प्रतिस्पर्धी रमेश विष्टले तीन हजार २०३ मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरेका छन्। वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन्। उनले चार हजार २३० मत प्राप्त गरे भने निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार ८८६ मत प्राप्त गरे। उपाध्यक्ष महिलामा नितु पण्डित निर्वाचित भएकी छन्। उनले चार हजार ७०५ मत पाइन्…
Read More
शिक्षा मन्त्रालयका कर्मचारीका लागि स्वजागरण कार्यक्रम २०८१ मङ्सिर २८ गते सम्पन्न

शिक्षा मन्त्रालयका कर्मचारीका लागि स्वजागरण कार्यक्रम २०८१ मङ्सिर २८ गते सम्पन्न

शिक्षामा स्वजागरण–शिक्षा मन्त्रालय, सिंहदरबार । शिक्षा मन्त्रालयका कर्मचारीका लागि स्वजागरण कार्यक्रम २०८१ मङ्सिर २८ गते सम्पन्न भएको छ । कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले खुसी, स्वास्थ्य र शान्तिको जागरण नै स्वजागरण भएको प्रष्ट पार्दै स्वजागरणले समृद्धि, स्वतन्त्रता र स्वभिमानका लागि काम गर्ने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउन गरेको घोषणलाई बृहत रुपमा मनाउँदै नेपालले यसबाट फाइदा दिनुपर्ने बताउनुभयो । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले स्वजागरण ध्यानविधिको प्रयोग गर्नुभएको थियो । कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराईले भन्नुभयो– ‘मुलुकमा केही गर्न सकिन्छ भन्नका लागि सबैभन्दा पहिले आत्मविश्वास जगाउनु पर्छ, त्यसका लागि स्वजागरणले काम गर्ने रहेछ ।’ शिक्षा…
Read More
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा जित नजिक

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा जित नजिक

२९ मंसिर २०८१, दोलखा । नेपाल पत्रकार महासंघले सात दशकको इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउने सम्भावना बलियो भएको छ । मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा जित नजिक पुगेकी छन् । शनिबार बेलुकी ७ बजेसम्मको गणनामा शर्मा एक हजारभन्दा बढी मतले अगाडि छिन् । उनले ३ हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ८२९ मत प्राप्त गरेका छन् । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । विष्ट भने प्रेस युनियनको विद्रोही हुन् । उनलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थन थियो । महासचिवमा रामप्रसाद दाहाल पनि…
Read More
पत्रकार महासंघको निर्वाचन आज

पत्रकार महासंघको निर्वाचन आज

२८ मंसिर २०८१, दोलखा । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ। शुक्रबार बिहान ९ बजेदेखि अपराह्न ४  बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्। यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।
Read More
भीमेश्वर नगरपालिका वडा नं २, दोलखाका व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।

भीमेश्वर नगरपालिका वडा नं २, दोलखाका व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।

https://www.youtube.com/watch?v=0Me0GfO8X2k दाेलखा  भीमेश्वर नगरपालिका वडा नं २ का व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।
Read More
वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

२२ मंसिर २०८१, दोलखा । भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले प्राप्त गर्ने मासिक तलब भत्ताबाट बालबालिकाको स्वास्थ्य उपचार शुरु गर्नुभएको छ । विहिबार वडा भित्रका सामुदायिक र संस्थागत विद्यालय पढ्ने उमेर समूहका बालबालिकाकाको आँखा,दाँत परीक्षण ,फिजियो थेरापी र रक्त समूह परीक्षण कार्यक्रमको सुरूवात गर्नु भएको हो । भीमेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएकोे शिविर उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिका उपमेयर कमला वस्नेत,नेपाल रेडक्रश सोसाइटी पीपलबोट उपशाखा सभापति राजन श्रेष्ठ, समाजसेवी कृष्ण बहादुर कार्की, वडा सदस्य बालकृष्ण कुँवर, बुढाभीमसेन माध्यमिक विद्यालयका शिक्षक राजु नेपाली लगायतले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search