शंखध्वनि अनलाइन दोलखा । ३२ वर्षअघि दोलखा बजारबाट चोरी भएका मल्लकालीन आकाश भैरवका दुई ऐतिहासिक तथा बहुमूल्य मुकुट अमेरिकाबाट कूटनीतिक तथा कानुनी प्रक्रियामार्फत स्वदेश फर्काइएका छन्। लामो समयदेखि हराएका यी अमूल्य सांस्कृतिक सम्पदा नेपाल फर्किएसँगै दोलखाबासीमा खुसीको लहर छाएको छ। दोलखालीहरूको धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा ऐतिहासिक महत्वसँग जोडिएका यी मुकुट विसं २०५१ सालतिर चोरी भई विदेश पुगेका थिए। दशकौँको खोजी, अनुसन्धान तथा विभिन्न निकायको पहलपछि मुकुटहरू पुनः नेपाल ल्याउन सफलता प्राप्त भएको हो। स्वदेश फर्काइएका मुकुटहरूलाई सम्बन्धित निकायको समन्वयमा सुरक्षित रूपमा संरक्षण गरिएको छ भने दोलखालीहरूले आफ्ना पुर्खाको सम्पदा पुनः प्राप्त हुनु गौरवको विषय भएको बताएका छन्। वर्षौंअघि आफ्नो…
मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषणमा जिम्मेवारीबारे सञ्चारकर्मीलाई अभिमुखीकरण महेन्द्र श्रेष्ठ दोलखा, असार ३ । जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाको सहकार्य र समन्वयमा सञ्चारकर्मीहरूका लागि ‘आत्महत्या तथा मानसिक स्वास्थ्यसम्बन्धी जिम्मेवार समाचार सम्प्रेषण’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई समाचारका माध्यमबाट प्रस्तुत गर्दा अपनाउनुपर्ने संवेदनशीलता, नैतिकता र सामाजिक जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा जनस्वास्थ्य कार्यालय दोलखाका…
वडा नं. २ मा १७ वटा विकास योजना सञ्चालन हुने दोलखा / स्थानीय तहअन्तर्गत वडा नं. २ मा आगामी आर्थिक वर्षका लागि विभिन्न विकास तथा पूर्वाधारसम्बन्धी १७ वटा योजना सञ्चालन गरिने भएको छ। सडक, सिँचाइ, पर्खाल निर्माण, खेलमैदान व्यवस्थापन तथा सामुदायिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना छनोट गरिएको वडा अध्यक्ष स्टालीन श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीयवासीको आवश्यकता र मागलाई आधार मानी योजना छनोट गरिएको हो। योजनाहरूका लागि लाखौँ रुपैयाँ बजेट विनियोजन गरिएको छ भने केही योजना लागत साझेदारीमा कार्यान्वयन गरिने तयारी गरिएको छ। प्रमुख योजनाहरू तथा विनियोजित बजेटः • छुङ्गाना–जिल्कुभञ्ज्याङ सडक स्तरोन्नति – रु. १५ लाख • पाखाबारी क्षेत्र…
भीमेश्वर–२ मा धान रोपाइँ सुरु, हिलोमा रमाउँदै किसान र युवापुस्ता महेन्द्र श्रेष्ठ शंखध्वनि अनलाइन दोलखा । असार २ गतेसँगै दोलखाको भीमेश्वर नगरपालिका–२ मा यस वर्षको धान रोपाइँ सुरु भएको छ। खेतका गरामा किसान, युवा तथा स्थानीयवासी हिलोमा रमाउँदै धान रोपाइँमा जुटेका छन्। रोपाइँका क्रममा हिलोमा खेल्दै, साथीभाइसँग रमाउँदै, गीत गाउँदै र हाँस्दै स्थानीयहरूले असारे खेतीको परम्परागत उत्सवको आनन्द लिएका छन्। असार महिना नेपाली कृषकका लागि विशेष महत्व बोकेको समय भएकाले गाउँभरि उत्साहपूर्ण वातावरण देखिएको छ। स्थानीय किसानहरूका अनुसार समयमै वर्षा भएकाले यस वर्षको रोपाइँ कार्य सहज रूपमा अघि बढिरहेको छ। धान खेती ग्रामीण अर्थतन्त्रको मुख्य आधार भएकाले किसानहरू बिहानदेखि साँझसम्म…
अभयपुर बजार क्षेत्रमा सरसफाइ अभियान, भीम माध्यमिक विद्यालयका विद्यार्थीको सक्रिय सहभागिता। दोलखा / सडक डिभिजन कार्यालयको आयोजनामा अभयपुर बजार क्षेत्रमा वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाकै दोस्रो ठूलो शैक्षिक संस्था भीम माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। “दोलखा हाम्रो रहर, स्वच्छ, सफा र सुन्दर शहर” भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा विद्यार्थी, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए। विद्यार्थीहरूले बजार क्षेत्र, सडक किनारा तथा सार्वजनिक स्थलमा छरिएका फोहोर संकलन गर्दै सरसफाइप्रति जनचेतना फैलाउने कार्य गरेका थिए। कार्यक्रममार्फत वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा नागरिक जिम्मेवारीबारे सकारात्मक सन्देश प्रवाह भएको आयोजकले जनाएको छ। यस्ता अभियानले बजार क्षेत्रलाई सफा…
३० वर्षपछि दोलखाको आकाश भैरव मूर्ति स्वदेश फिर्ता, असार ४ गते दोलखा ल्याइने। दाेलखा/ दोलखाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गहिरो रूपमा जोडिएको नक्छे प्रधान खलकको कुलदेवता हाथ्व (आकाश भैरव) को मूर्ति करिब ३० वर्षपछि स्वदेश फिर्ता भएको छ। लामो समयअघि चोरी भई विदेश पुगेको उक्त अमूल्य सम्पदा विभिन्न निकाय र सम्पदा संरक्षणकर्मीहरूको निरन्तर प्रयासपछि नेपाल फर्किएको हो। अब उक्त मूर्तिलाई असार ४ गते विशेष कार्यक्रमका साथ दोलखा ल्याइने तयारी गरिएको छ। नक्छे प्रधान खलकका ज्येष्ठ नागरिक तथा थाकती यज्ञकुमार प्रधानको नेतृत्वमा प्रतिनिधिमण्डलले राष्ट्रिय संग्रहालय, छाउनीसँग समन्वय गरी मूर्ति दोलखा ल्याउने प्रक्रिया अगाडि बढाएको छ। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया…
भिमेश्वर–४ जिलुमा छ्यानेखोला सिँचाइ आयोजना सम्पन्न, किसानलाई सहज सिँचाइ सुविधा शंखध्वनि अनलाइन दोलखा । भिमेश्वर नगरपालिका–४, जिलुस्थित छ्यानेखोला सिँचाइ आयोजनाअन्तर्गत पक्की कुलो, आरसीसी पुल तथा पहुँच मार्ग निर्माण कार्य सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ मन्त्रालयको रु. ९ लाख बजेटमा निर्माण गरिएको उक्त आयोजनाले स्थानीय किसानहरूलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ। आयोजनाअन्तर्गत १९१ मिटर लामो पक्की सिँचाइ कुलो निर्माण गरिएको छ। साथै खोलाको अप्ठ्यारो भागमा ६१ मिटर पक्की बाटो निर्माण गर्नुका साथै आवतजावतलाई सहज बनाउन खोलामाथि आरसीसी पुल समेत निर्माण गरिएको छ। निर्धारित समयभित्र सम्पन्न भएको यस आयोजनाले भिमेश्वर नगरपालिका–४ र ५ का तल्लो भेगमा रहेका…
भीमेश्वर मन्दिरमा भक्तजन व्यवस्थापनका लागि अस्थायी स्टिल रेलिङ निर्माण भीमेश्वर मन्दिरमा दर्शनार्थीको भीड व्यवस्थापन गर्न अस्थायी स्टिल रेलिङ निर्माण हुँदै दोलखा । दोलखाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दिरमा दैनिक रूपमा बढ्दो दर्शनार्थीको भीडलाई व्यवस्थित गर्न अस्थायी स्टिल रेलिङ निर्माण कार्य सुरु गरिएको छ। दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको अनुरोध तथा गरूडदल गण चरिकोट, दोलखाको समन्वयमा नेपाली सेनाले मन्दिर परिसरमा फोल्डिङ प्रकारको स्टिल रेलिङ निर्माण गरिरहेको हो। गरूडदल गणका प्रमुख सेनानी लोक सागर कटुवालका अनुसार शनिबार, मंगलबार तथा दर्शनार्थीहरूको अत्याधिक भीड हुने विशेष अवसरहरूमा मात्र उक्त रेलिङ प्रयोग गरिनेछ। अन्य समयमा रेलिङ हटाएर सुरक्षित स्थानमा राखिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।…
एसएसपी सुरेश काफ्लेको काँधमा उपत्यका ट्राफिकको नेतृत्व काठमाडौं । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेश काफ्ले ले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ। विशेष ब्युरोबाट सरुवा भई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आउनुभएका एसएसपी काफ्लेले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गर्दै कार्यालयको नेतृत्व सुरु गर्नुभएको हो। बढ्दो सवारी चाप, ट्राफिक व्यवस्थापन, सडक सुरक्षाको सुदृढीकरण तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै उहाँले आफ्नो कार्ययोजना अघि बढाउने अपेक्षा गरिएको छ। नेपाल प्रहरी मुख्यालयको निर्णयअनुसार उक्त जिम्मेवारी पाउनुभएका एसएसपी काफ्ले अनुभवी र कुशल प्रहरी अधिकृतका रूपमा परिचित हुनुहुन्छ। उहाँको नेतृत्वमा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थप व्यवस्थित, प्रविधिमैत्री र प्रभावकारी बन्ने विश्वास गरिएको…
वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो महेन्द्र श्रेष्ठ सिन्धुली । कमलामाई नगरपालिका ले जीर्ण अवस्थामा रहेको स्टल बजारमा शुक्रबार डोजर चलाएको छ । नगरपालिकाले पूर्वसूचना जारी गर्दै हटाउन निर्देशन दिएका स्टल बजारका ४८ वटा सटर भत्काउने काम शुक्रबार दिउँसो १ बजेदेखि सुरु गरिएको हो । नगरपालिकाले केही दिनअघि नै स्टल बजार खाली गर्न सूचना जारी गरेको थियो । बुधबार अन्तिम सूचना प्रकाशित भएपछि व्यवसायीहरू सामान व्यवस्थापन गर्न बाध्य बनेका थिए । शुक्रबार डोजर पुगेसँगै वर्षायामकै बीच ४६ जना व्यवसायी विस्थापित भएका छन् । वर्षाको समय भएकाले तत्काल व्यवसाय स्थानान्तरण…
