Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

चरिकोटस्थित एमाले पार्टी कार्यालयमा चियापान, दलहरूबीच सद्भाव र एकताको सन्देश।

चरिकोटस्थित एमाले पार्टी कार्यालयमा चियापान, दलहरूबीच सद्भाव र एकताको सन्देश।

चरिकोटस्थित एमाले पार्टी कार्यालयमा चियापान, दलहरूबीच सद्भाव र एकताको सन्देश।

चरिकोटस्थित एमाले पार्टी कार्यालयमा चियापान, दलहरूबीच सद्भाव र एकताको सन्देश। महेन्द्र श्रेष्ठ / दोलखा। नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा नेकपा एमाले जिल्ला कमिटी दोलखाले चरिकोटस्थित पार्टी कार्यालयमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा पार्टीका नेता–कार्यकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा चाडपर्वको खुसी साटासाट गर्नुका साथै आपसी सद्भाव, एकता र सहकार्यको भावना अभिव्यक्त गरिएको थियो। कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङ, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसी, एमाले केन्द्रीय सदस्य डबल पाण्डे, जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला…
Read More
पत्रकारिताबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा, दोलखाका लागि गौरव!

पत्रकारिताबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा, दोलखाका लागि गौरव!

पत्रकारिताबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा, दोलखाका लागि गौरव! महेन्द्र श्रेष्ठ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुला कोटामा लोकप्रिय मतसहित सहमहामन्त्री पदमा निर्वाचित हुनुभएका दोलखाका नेता अजयबाबु शिवाकोटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। पत्रकारितामार्फत समाजका आवाज उठाउँदै, जनताका समस्या उजागर गर्दै र लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा सुशासनका पक्षमा कलम चलाउँदै आउनुभएका शिवाकोटीको राजनीतिक यात्रा पत्रकारिता क्षेत्रका लागि पनि चासो र चर्चाको विषय बनेको छ। पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र होइन, समाजलाई सही दिशा देखाउने, सत्तालाई खबरदारी गर्ने र नागरिकका आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउने महत्त्वपूर्ण जिम्मेवारी पनि हो। यही क्षेत्रमा हासिल गरेको अनुभव, जनसम्पर्क र सार्वजनिक मुद्दाप्रतिको बुझाइलाई उहाँले सक्रिय राजनीतिमा…
Read More
चुनावमा चर्को मुद्दा बनेको खरीढुङ्गा म्याग्नेसाइट : सरकार फेरियो, उद्योगको अवस्था फेरिएन!

चुनावमा चर्को मुद्दा बनेको खरीढुङ्गा म्याग्नेसाइट : सरकार फेरियो, उद्योगको अवस्था फेरिएन!

चुनावमा चर्को मुद्दा बनेको खरीढुङ्गा म्याग्नेसाइट : सरकार फेरियो, उद्योगको अवस्था फेरिएन! भीमेश्वर नगरपालिका–७ का वडाध्यक्षको गुनासो : चुनावमा आलोचना गर्नेहरू सत्तामा पुगेपछि उद्योग हेर्नसमेत पुगेनन् महेन्द्र श्रेष्ठ / दोलखा प्रधान सम्पादक दोलखाको/ खरीढुङ्गामा रहेको म्याग्नेसाइट खानी र त्यससँग सम्बन्धित नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग नेपालको औद्योगिक विकासको सम्भावना, सरकारी उदासीनता र राजनीतिक प्रतिबद्धताबीचको अन्तर देखाउने एउटा उदाहरण बनेको छ। कुनै समय मुलुकको खनिजमा आधारित औद्योगिकीकरणको महत्त्वाकाङ्क्षी योजनाका रूपमा अघि बढाइएको यो परियोजना अहिले पनि पुनः सञ्चालनको प्रतीक्षामा छ। चुनावका बेला यही उद्योग राजनीतिक दलहरूको आलोचना गर्ने एउटा महत्त्वपूर्ण मुद्दा बन्दै आएको छ। पुराना दलहरूको असफलता र अकर्मण्यताको उदाहरणका रूपमा प्रस्तुत…
Read More
भीमेश्वर नगरपालिकाले वितरण गरेको खुमल–१६ धानको बीउ लगाएपछि बाली बिग्रिएको किसानको गुनासो

भीमेश्वर नगरपालिकाले वितरण गरेको खुमल–१६ धानको बीउ लगाएपछि बाली बिग्रिएको किसानको गुनासो

भीमेश्वर नगरपालिकाले वितरण गरेको खुमल–१६ धानको बीउ लगाएपछि बाली बिग्रिएको किसानको गुनासो। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । भीमेश्वर नगरपालिकाले वितरण गरेको खुमल–१६ जातको धानको बीउ लगाएका वडा नं. २ र ५ का किसानको धानबाली बिग्रिएको छ। धानको अवस्था बिग्रिएपछि किसान चिन्तित बनेका छन्। किसानले मुठी खाएर माना फलाउने आशामा खेतमा धान रोपेका थिए। तर अहिले धानबालीको अवस्था बिग्रिएपछि वर्षभरि खाने अन्न उत्पादन गर्ने सपना प्रभावित हुने चिन्ता बढेको छ। प्राप्त तस्बिरमा धानका बाला र पात सुक्दै गएको तथा बालीको अवस्था कमजोर देखिन्छ। वडा नं. २ र ५ मा खुमल–१६ धान लगाएका किसानले यस्तो समस्या भोग्नुपरेको बताइएको छ। यद्यपि, कति…
Read More
आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन

आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन

आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा, २४ असोज । नेपालीहरूको महान् चाड बडादसैँ आजदेखि सुरु भएको छ। घटस्थापनाको दिन जमरा राख्ने परम्पराअनुसार प्राचीन नगरी द्वाल्खामा पनि धार्मिक विधि र परम्पराअनुसार पूजाआजा तथा तयारी सुरु भएको छ। द्वाल्खाको ऐतिहासिक तीनधारा राइतीमा रहेको नीलोखु च्वखको पानी संकलन गरी राजकुल, देवीकोट तथा विभिन्न कुलका गुरु–पुरोहितसहित कुलपूजाका लागि जाने परम्परा रहेको छ। यस अवसरमा गुरु–पुरोहित काशीनाथ सापकोटाले वैदिक मन्त्रद्वारा जलको शुद्धीकरण गरेपछि उक्त पवित्र जल कुलपूजाका लागि लगिने धार्मिक परम्परा रहेको छ। घटस्थापनाका दिन जमरा राख्न प्रयोग गरिने जललाई विशेष महत्त्वका साथ लिने गरिन्छ। ऐतिहासिक, सांस्कृतिक…
Read More
दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक। महेन्द्र श्रेष्ठ दोलखा / नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को पावन अवसरमा दोलखामा परम्परादेखि सञ्चालन हुँदै आएका विभिन्न धार्मिक अनुष्ठान, पूजा तथा सांस्कृतिक गतिविधिका साइत सार्वजनिक गरिएको छ। बडादशैंका अवसरमा गरिने नित्य पूजा, जमरा राख्ने, गणेश मन्दिरमा बलिपूजा, नवरात्रिका विभिन्न पूजा, फूलपाती प्रवेश, महानवमी गणेश पूजा, भीमेश्वर पूजा, कालरात्रि विसर्जन पूजा, चालम पूजा, सरकारी टिकाको साइत तथा बहुरा जानेलगायतका कार्यक्रमको मिति र समय सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको विवरणअनुसार, दोलखाका विभिन्न मन्दिर तथा धार्मिक स्थलमा परम्पराअनुसार पूजा तथा अनुष्ठान सञ्चालन हुनेछन्। ती कार्यक्रमले जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परम्परालाई…
Read More
वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग ।

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग ।

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग । महेन्द्र श्रेष्ठ / दोलखा दोलखा / दोलखालीको शानका रूपमा परिचित वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठले भीम माध्यमिक विद्यालयकी सुजाता मास्केलाई प्रदान गरिने ‘अम्बरबहादुर कार्की उत्कृष्ट पुरस्कार’ का लागि नगद ७ हजार ५०० रुपैयाँ सहयोग गर्नुभएको छ। विद्यालयको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै सुजाता मास्केलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने सन्दर्भमा श्रेष्ठले पुरस्कारका लागि आवश्यक रकम उपलब्ध गराउनुभएको हो। शिक्षा समाज विकासको महत्वपूर्ण आधार हो। शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा प्रतिभालाई सम्मान र प्रोत्साहन गर्न सके विद्यालयको शैक्षिक वातावरण थप उत्साहजनक बन्न सक्छ। यही भावनालाई आत्मसात् गर्दै…
Read More
द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा, २२ असोज । नेपाली कांग्रेसका युवा नेता राकेश श्रेष्ठले द्वन्द्व प्रभावित तथा जनआन्दोलन घाइते कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ राजनीतिक यात्रासँगै श्रेष्ठले पनि केन्द्रीय तहमा आफ्नो भूमिका खोजेका हुन्। दोलखाको भीमेश्वर नगरपालिका–२ का स्थायी बासिन्दा श्रेष्ठ लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण, सामाजिक सेवा र जनसम्पर्कमा सक्रिय रहँदै आएका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठले तत्कालीन द्वन्द्वको कठिन समयमा समेत गाउँ–बस्तीमा पुगेर पार्टीको संगठन र विचार विस्तारमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसका स्थानीय…
Read More
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको समीक्षामा जिल्लाका नौवटै स्थानीय तहबाट स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा भएको समीक्षामा स्थानीय तहमा वर्षभरि सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि तथा सेवा प्रवाहको अवस्थाबारे सम्बन्धित स्वास्थ्य शाखाहरूले जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धिसँगै कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या, चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा सहभागीबीच छलफल गरिएको थियो। नागरिकलाई प्रदान गरिँदै आएको स्वास्थ्य सेवाको…
Read More
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमुख बालकृष्ण फुयाल त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गतको अंग्रेजी भाषा तथा अन्य वैदेशिक भाषा शिक्षा विषय समितिको सदस्यमा मनोनीत हुनुभएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले असोज १३ गतेदेखि लागू हुने गरी रिक्त रहेको सदस्य पदमा फुयाललाई मनोनयन गरेको हो। त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० बमोजिम बाँकी कार्यकालका लागि फुयालसँगै सुकुना बहुमुखी क्याम्पस, मोरङका शंकर देवानलाई पनि विषय समिति सदस्यमा मनोनयन गरिएको छ। शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा. वेदराज आचार्यद्वारा जारी मनोनयन पत्रमा विश्वविद्यालयअन्तर्गतको विषयगत शैक्षिक तथा प्रशासनिक कार्यमा योगदान पुर्‍याउने उद्देश्यले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search