Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Breaking News 2

देशमा राजनैतिक स्थायित्वकाे लागि भएकाे नेकपा एमाले र नेपाली कांग्रेस बिचकाे गठबन्धन

देशमा राजनैतिक स्थायित्वकाे लागि भएकाे नेकपा एमाले र नेपाली कांग्रेस बिचकाे गठबन्धन

माघ ३ दोलखा । देशमा राजनैतिक स्थायित्वकाे लागि भएकाे नेकपा एमाले र नेपाली कांग्रेस बिचकाे गठबन्धन सरकारले आउँदा आर्थिक बर्षबाट जनताले अपेक्षा गरेकाे कार्यक्रम ल्याउने जनाएको छ । विगतकाे सरकारले जनमुखी कार्यक्रम ल्याउन नसक्दा निरास बनेका नागरिकको भावनालाई आत्मसात गर्दै बर्तमान सरकारले नयाँ आवमा जनमुखी याेजना ल्याउने नेकपा एमालेका केन्द्रीय सचिव याेगेश भट्टराईले बताए। दाेलखाकने चरिकोट प्रेस चाैतारी नेपाल दाेलखा बाट आयाेजित पत्रकार सम्मेलनमा तत्कालीन पुर्ब पर्यायटन मन्त्री एमाले सचिव भट्टराई ले भने बिगतकाे सरकारकाे ३५ अरब दायित्व तिरेकाे र अझै तिर्नुपर्ने भएकोले आउदाे आर्थिक बर्षबाट मात्र नयाँ कार्यक्रम जनतामा पस्कने छाै । यिनै कारण अपेक्षा अनुरूप काम गर्न नसकेको…
Read More
भूकम्पमा परेर ५३ जनाको मृत्यु

भूकम्पमा परेर ५३ जनाको मृत्यु

२३ पौष, दोलखा । चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ५३ जनाको मृत्यु भएको छ। तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ५३ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ। भूकम्पको धक्का नेपालको काठमाडौं लगायतका अन्य क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
Read More
डोल्पा यात्रा संस्मरण

डोल्पा यात्रा संस्मरण

नेपालको सवैभन्दा सानो जिल्ला भक्तपुर हो भने सबै ठुलो कुन हो ? हाजिरजवाफमा सामाना गरिराखेको प्रश्न हो । त्यो विशाल जिल्ला पुग्न पाएत भन्ने लागेको थियो । नभन्दै २०६३ सालमा त्यो अवसर पनि मिल्यो ।असार महिना थियो । नेपालको राजधानीबाट हवाइजहाजबाट नेपालगंज पुग्यें । एक रात त्यही वास वसें । भोलिपल्ट हंशवहादुर शाहीले समन्वय गरी व्यवस्था गरेको अर्को हवाइजहाज चढि डोल्पाको जुफालमा रहेको विमानस्थलमा झरेको थिएँ ।ठुलो जिल्ला, ठिन्लेको जिल्ला, शेफोक्सुन्डो ताल भएको जिल्ला, सशस्त्र युद्दमा सवैभन्दा पहिला ध्वस्त भएको सदरमुकाम रहेको जिल्ला,  यार्शागुम्बा धेर पाउने जिल्लाको उपमा पाएको डोल्पा पुग्न संभवत सवैको रहर हुन सक्छ । डरलाग्दो विमानस्थल जुफाल…
Read More
वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

२२ मंसिर २०८१, दोलखा । भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले प्राप्त गर्ने मासिक तलब भत्ताबाट बालबालिकाको स्वास्थ्य उपचार शुरु गर्नुभएको छ । विहिबार वडा भित्रका सामुदायिक र संस्थागत विद्यालय पढ्ने उमेर समूहका बालबालिकाकाको आँखा,दाँत परीक्षण ,फिजियो थेरापी र रक्त समूह परीक्षण कार्यक्रमको सुरूवात गर्नु भएको हो । भीमेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएकोे शिविर उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिका उपमेयर कमला वस्नेत,नेपाल रेडक्रश सोसाइटी पीपलबोट उपशाखा सभापति राजन श्रेष्ठ, समाजसेवी कृष्ण बहादुर कार्की, वडा सदस्य बालकृष्ण कुँवर, बुढाभीमसेन माध्यमिक विद्यालयका शिक्षक राजु नेपाली लगायतले…
Read More
मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी।

मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी।

​२१ मंसिर २०८१, दोलखा । त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्।​ त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए। शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। सीतालाई छोरी–बहिनी मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विवाह समारोहसम्ममा सहभागी हुन्छन्। महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर,…
Read More
उम्मेदवारको विषयमा गलत समाचार लेखि भ्रम फैलाउने अनलाईनलाई प्रेस काउन्सीलद्धारा कारवाही

उम्मेदवारको विषयमा गलत समाचार लेखि भ्रम फैलाउने अनलाईनलाई प्रेस काउन्सीलद्धारा कारवाही

दोलखाको गौरिशंकर गाउँपालिकामा हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत अपुष्ट भ्रामक समाचार लेखि नागरीकहरुलाई भ्रम सिर्जना गर्ने अनलाईनलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । दोलखाबाट भिमेश्वर नगरपालिकाबाट प्रकाशन हुँदै आएको हेर्दाहेदै अनलाईन मिडियालाई गौरिशंकर गाउँपालिकाका उम्मेदवार उमा शेर्पाको विषयमा गतल अपुष्ट भ्रामक समाचार सिर्जना गरेको भन्दै कारवाही गरेको हो । निर्वाचनलाई लक्षित गरी विना आधार गतल र अपुष्ट समाचार संप्रेसन गरी नागरीकहरुमा गलत अफवाह फैलाएको र निर्वाचनमा उम्मेदवारको विषयमा निर्वाचन मौन अवधीमा समेत सन्तुलन रहित एक पक्षिय समाग्री तयार पारी भ्रम शिर्जना गरेको प्रेस काउन्सिल नेपालले विज्ञप्तीमा जनाएको छ । स्थानीय तह निर्वाचनको समयमा उक्त अनलाईनले प्रकासन गरेको…
Read More
कम्बोडियामा लगानीको अफवाह फैलाइयो : प्रधानमन्त्री ओली

कम्बोडियामा लगानीको अफवाह फैलाइयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताउनुभएको छ । शुक्रबार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओली कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिनुभएको हो । प्रधानमन्त्री ओली अहिलेको सरकार भ्रष्टाचार गर्न र आफ्नाहरु पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने जिकिर गर्नुभयो । नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले…
Read More
तामाकोशी नदीमा डुबेर एक पुरूष बेपत्ता

तामाकोशी नदीमा डुबेर एक पुरूष बेपत्ता

२८ कार्तिक, दोलखा । दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको फुल तार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् ‌ बेपत्ता हुनेमा मेलुङ गाउँपालिका – १ जामुनेका अन्दाजी २३ वर्षिय राजेन्द्र बुढाथोकी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बुढाथोकी आज बिहान करिब ११ बजेर तामाकोशी नदी स्थित घाटमा एकादशी पुजा लगाई फुलको डोरी तार्ने क्रममा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए।
Read More
सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो

सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो

-काठमाण्डौ समाचारदाता २५ कात्तिक, दोलखा ।  सनेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ५०० घटाएर १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।
Read More
तिहार सकिए पनि देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्ने

तिहार सकिए पनि देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्ने

१९ कार्तिक, दोलखा । भाइटीका लगाई  आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने छैनन्। सरकारले सोमबार पनि तिहारकै बिदा दिएको छ। तिहार सकिए पनि देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन्। अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ। १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन। २०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो। पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search