- महेन्द्र श्रेष्ठ (प्रधान सम्पादक) कात्तिक १९,दाेलखा । धान बाली भित्र्याउने समयमा झरी परेपछि दाेलखाकाे किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि चिन्तित भएका हुन् । धेरैजसो किसानको काटी सकेको धान खेतमै भिजाएको छ भने थारैजसोले दशैँअघि नै धान भित्र्याइसकेका छन् । किसान यतिबेला लगातारको झरीले बर्खाभरी गरेको महिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् । जिल्लाका धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिएको हो । चाडबाडको व्यस्तता सँगै काम गर्न जनशक्तीको अभाव खेपीरहेका किसानलाई धान थन्क्याउने…
तिहारका बेला दोलखामा राति देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार एक सुचना सार्वजनिक गर्दै राति १० बजेपछि देउसी भैलो खेल्न नपाउने निर्णय गरेको हो। दीपावली पर्व मनाउने क्रममा भूईचम्पा, पटाका, आतिसवाजी जस्ता प्रज्वलशील पदार्थहरु उत्पादन, ओसापसार, विक्री वितरण र प्रयोग नगर्नु भनेको छ। मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्य नगर्न, जुवातास, कौडा, गोटी तथा लङगुरबुर्जा जस्ता जुवाजन्य खेल नखेल्न पनि प्रशासनले आग्रह गरेको छ। त्यस्तै प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी कोही कसैले सुचना विपरित कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने नि.प्रमुख…
११ कार्तिक २०८१, दोलखा । यसपाली दसैँमा कालिंचोक युबा क्लबले दोलखाका केहि बौद्ध चैत्यहरुको सरसफाई र रंगरोगन गरेर आफ्ना पुर्खाको धरोहर सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने सराहनी काम गरेकोछ । म स्वयम् अध्यक्ष हुँदा पनि बजेटको अभाबले गर्दा दुंगल टोल र नक्छें टोलका चैत्यहरुको धेरथोर मर्मत सम्भार गरेका थियौं । नेपाल भरिमा नै अपबाद स्वरुप नुवाकोटमा हालसालै उत्खनन बाट प्राप्त सानु चैत्य बाहेक दोलखा शहरमा मात्र त्यो पनि शहर भित्र नै ५ वटा चैत्यहरु छन् जस मध्य एउटा पुनर्निर्माणको पर्खाइमा छ । सानु बेला देखि मलाइ संधै लाग्ने गरेको थियो दोलखामा संधै हिन्दु नेवार राजाहरुले शासन गरेका थिए भन्छन । तर…
दोलखा जिल्लाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको सञ्जाल “दोलखा विद्यावारिधि फोरम गठन हुने भएको छ । दोलखा जिल्लाको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि ज्ञानको माध्यमबाट सहयोग पुर्याउने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्ताहरुलाई सहयोग गर्ने फोरम गठनको उद्देश्य रहेको छ । फोरमले आफ्नो उद्देश्य अनुरुपको विस्तृत खाका तयारी पार्न लागेको छ । डा. सम्राट आचार्यको संयोजनमा फोरम गठनका लागि भएको भेलामा प्रा.डा. श्याम जोशी, प्रा.डा. कमल ढुंगेल, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, डा. टीकाराम पोखरेल, डा. साकार शिवाकोटी, डा.. भीम दाहाल, डा. वासुदेव घिमिरे, डा. दिपेश खरेल, डा. अनिता श्रेष्ठ, डा. लक्ष्मी ढुंगेललगायतको उपस्थिति रहेको थियो । फोरमले दोलखामा…
-भरत बहादुर श्रेष्ठ (दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिको अध्यक्ष) https://youtu.be/BP3p-uwGYfQ दोलखा । मन्दिर पछाडी रहेको सालको ९÷९ इन्चको लम्बाइ र चौडाइ, ३२ फीटको उचाइ रहेको चुलीका सिं (चुडामाणी स्तम्भ) ठड्याइएको छ । यो चुडामणीको महिमा ठुलो छ । भीमसेनलाई इश्वरको रुपमा रुद्री गरीन्छ, भीमनारायणको रुपमा राज पुजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा मेष बली पनि दिइन्छ, यो भीमसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पुजा गरिने भएकोले यो चुडामणी स्तम्भ स्थापना गरिएको पाईन्छ । मेषबली दिदा भीमेश्वर शिलामा विशेष मुकुट (भगवतीको मुकुट) पहि¥याइ सेतो खाताले (सेतो कपडा) ले बेह्री चुडामणीमा लगेर बाँधिन्छ अनिमात्र मेष बली दिइन्छ । त्यसै…
-महेन्द्र श्रेष्ठ (प्रधान सम्पादक) विजया दशमीको भोलिपल्ट बुधबार सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरु नाच्दै खड्ग जात्रा मनाईएको छ । https://youtu.be/Zd-3_fEojuE मन्दिर र मूर्तिहरुको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा हर्सोल्लासका साथ दोलखा बजारमा मनाईएको हो । आ–आफ्नै भूमिका अनुसार नाच्दै अघि बढेको रोचक दृष्य र प्राचीन युद्धको कलाकौशल हेर्न बाक्लै चहलपहल थियो । दशमीको भोलिपल्ट खड्ग जात्राको अवलोकन गरेर दर्शन गरेमा फलिफाप हुने जनविश्वास रहेको स्थानीय बताउँछन् । जात्रामा अभियनयकर्तामध्ये मूल खड्गधारी र उनका अंगरक्षक अघिअघि हुन्छन् । त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगोको आन्द्राको माला लगाएर युद्धमा…
-भरत बहादुर श्रेष्ठ/महेन्द्र श्रेष्ठ २४ असोज २०८१, दोलखा ।महाअष्टमीलाई दोलखा भाषामा नखतः भन्ने गरिन्छ । विहानै राइतीमा ब्राह्मण, देवीकोटको पुजारी, डमरु, लगायत अन्य कुल्याणको थाकतीहरु बाजागाजा सहित जम्मा हुन्छन् । कन्यकेटा (बर्तवन्ध नगरेको) बालकलाई सिङ्गार पटार गरेर ल्याएको हुन्छ । त्रिपुरासुन्दरीका पुजारी र ब्राह्मणले र राइती धारामाथी विशेष पूजा आजा गरिसकेपछि कन्यकेटालाई एक तिर पुजारीले अर्कोतिर डमरुले समातेर चोखो पानी थाप्न लगाउछन् । त्यस पछि सबैले थाप्ने गर्दछन् । सबै आ–आफ्नो कुल्याणमा फर्कन्छन् भने देवीकोटको पुजारी र डमरुले कन्यकेटालाई दुवैतिर समातेर देवीकोट तिर बाजागाजाका साथ जान्छन् । त्यस पछि सदाझैँ सम्पूर्ण देवस्थल तथा कुल्याणहरुमा बाजा बजाइन्छ । यस दिन दोलखाका…
२३ आश्विन २०८१, दोलखा । घटस्थापनाको सातौ दिन अथवा सप्तमीको दिन दोलखा नेवार समुदायहरुले धुमधामका साथ फुलपाती चाड मनाउँछन् । टोल टोलमा चाड मनाउन आ–आफ्नो घरमा दशैँ अवधि सम्म पुग्ने गरी मासु भित्र्याइन्छ । मासु भित्र्याउँदा पहिला पहिला मुल ढोका अगाडी विधिवत पूजा गरेर भित्र्याइन्थ्यो । तर आजभोली यो चलन हाराइ सकेको छ । त्यस पछि नेवारी समाजका प्रन्येक घर–घरमा मासुका अनेक परिकारहरू बनाइ सबै परिवार जम्मा भएर रमाइलोका साथ भोज खाने परम्परा रही आएको छ । यसै दिनको शुभ साइतमा राजकुलेश्वर तलेजु मन्दिरमा फुलपाती भित्र्याउने गरिछ । फूलपाती भित्र्याउन राजकुल/तलेजु मन्दिरबाट भीमेश्वर मन्दिरमा पुरोहित ब्राह्मण, गुठीयार, थाकती, नकिन बाजागाजा…
आश्विन १२, २०८१, सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पक्की पुल सुनकोसीको बाढीले बगाएको छ । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पक्कि पुल सुनकोसी नदीमा आएको बाढिले बगाएको छ । बढीले पुल बगाएपछि रामेछाप र दोलखाको तराईसँगको सडक सम्पर्क टुटेको सिन्धुली हाम्रो दाताले जानकारी दिनुहुदै दृश्यहरू। महेन्द्र श्रेष्ठ – सिन्धुली समाचार संवाददाता https://youtu.be/WUVNhKNFgVM
