-प्रा. डा. श्याम जोशी दसैं त्यसै पनि रमाइलो चाड हो। त्यस्माथी दिनहुँ मासु खान पाइने र नयाँ लुगा लगाउन पाइने भएकोले बाल्यकालमा राम लगायत दोलखा सहरका केटाकेटीहरूलाई दसैंको व्यग्र प्रतीक्षा ह्न्थ्यो।उस्बेला चाडपर्व बाहेक अरु बेला मासु पाइदैन थियो।लुगा पनि भए सम्म पुरानै टालेर लगाउने चलन थियो।त्यसैले केटाकेटीहरु लाई त रोमान्चक हुन्थ्यो दसैं शब्द नै पनि। रामको बुबा तानसेनमा कार्यरत हुनुहुँदा भारतको नौतनवा बजार बाट लुगा किनेर पठाइ दिनु हुन्थ्यो। उनले छाँट परेको राम्रो लुगा अरुको आँखा लाग्ने गरि लगाउँथ्यो ।बुबा सेवानिवृत्त हुनु भए पछि गाउँको बजार मै किन्नु पर्ने भयो ।…
२३ आश्विन २०८१, दोलखा । घटस्थापनाको सातौ दिन अथवा सप्तमीको दिन दोलखा नेवार समुदायहरुले धुमधामका साथ फुलपाती चाड मनाउँछन् । टोल टोलमा चाड मनाउन आ–आफ्नो घरमा दशैँ अवधि सम्म पुग्ने गरी मासु भित्र्याइन्छ । मासु भित्र्याउँदा पहिला पहिला मुल ढोका अगाडी विधिवत पूजा गरेर भित्र्याइन्थ्यो । तर आजभोली यो चलन हाराइ सकेको छ । त्यस पछि नेवारी समाजका प्रन्येक घर–घरमा मासुका अनेक परिकारहरू बनाइ सबै परिवार जम्मा भएर रमाइलोका साथ भोज खाने परम्परा रही आएको छ । यसै दिनको शुभ साइतमा राजकुलेश्वर तलेजु मन्दिरमा फुलपाती भित्र्याउने गरिछ । फूलपाती भित्र्याउन राजकुल/तलेजु मन्दिरबाट भीमेश्वर मन्दिरमा पुरोहित ब्राह्मण, गुठीयार, थाकती, नकिन बाजागाजा…
मिति २०८१ आश्विन २२, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठले वडादशै, दीपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यी पावन अवसरहरूमा सबैलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। साथै, आश्विन २७ गते दोलखामा हुने खड्गजात्रामा देश तथा विदेशमा रहेका सम्पूर्ण दिदी-बहिनी र दाजुभाइहरूलाई निमन्त्रणा गर्दै आउन आग्रह गर्नुभएको छ। https://www.youtube.com/watch?v=Iuo1Ah7VoYE
२०८१-०५-२८, दोलखा । आज चलचित्र " नाङ्गो गाउँ " हेरेपछी मलाई एउटा पुरानो कुराको याद आयो। एसएलसि उतिर्ण गरेपछी आइए पढ्ने नपढ्ने द्विविधामा थिए। त्यतिकै किन बस्नु भनेर भीम माध्यमि विद्यालयमा पढाउन थालेको थिए। प्रअ भिमदल राई एक्कासि भागेर मेलुङ गएपछि स्वयम् सेवक शिक्षक स्व. माधबमणि राजभण्डारी प्र.अ. हुनु भएको थियो। म भर्खरै १६ बर्ष लागेको थिए र मेरो बुबा संचालक समितिको सदस्य हुनुहुन्थ्यो। २०२४-१-२४ देखि प्र.अ. माधबमणि मलाइ लिखित रुपमा निमित्त प्र.अ. भएर काम गर्नु भन्ने पत्र दिएर काठमाडौं जानु भयो। नाङ्गो गाउँमा बेलामा तलब दिन नसकेर कुचिकार नआएर एक शिक्षकले सौचालय सफा गर्नु परेको देखाएको छ। यस्तै स्थिती…
२०८१ भाद्र १९, दोलखा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा भीमेश्वर नगरपालिका वडा नं २ ले अन्तरसंवाद संगै तीज विशेष कार्यक्रमका आयोजना गरेको छ । बुधबार दोलखा भीमेश्वर नगरपालिका वडा नं २ मा तीज पर्वले पारेको प्रभाव र असर विषयमा अन्तरसंवादसंगै मनोरञ्जनात्क कार्यक्रम गरेको वडा नं २ का अध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो । भीमेश्वर नगरपालिका मेयर इश्वर मानन्धर, उप-मेयर कमला बस्नेत, वडा अध्यक्ष स्टालिन श्रेष्ठ, अखिल नेपाल महिला संघ अध्यक्ष मेनुका सुबरी, नगरका प्रशासकीय प्रमुख अधिकृत बिशकसेन ढकाल, महिला शाखा अधिकुत सुरूजा दाहाल, कृषि शाखा अधिकृत राधिका बुढाथाेकि, स्थायी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतले …
काठमाडौंको चन्द्रागिरी नगरपालिकाको धार्मिकस्थल मत्स्छेनारायण मन्दिरमा आयोजना भएको राष्ट्रिय लाखे नाच प्रदर्शनीमा ऐतिहासिक,धार्मिक, साँस्कृतिक एवम् सम्पदा वस्तिको रुपमा रहेको भीमेश्वर नगरपालिकाको वडा नं २ को दोलखा बजार अर्थात द्वाल्खा बजारबाट वडा नं २ को संयोजनमा र वाराणशी सहयोगी हातहरुको ब्यवस्थापनमा वडाध्यक्ष स्टालिन श्रेष्ठ ज्यूको नेतृत्वमा आफ्नो मौलिक साँस्कृतिक परम्परा बोकेको विभिन्न किसिमको लाखे सफल रुपमा प्रदर्शन गरी आफ्नो मौलिक परम्परा र संस्कृतिको परिचय दिने कार्य गरेकोमा सबैलाई धन्यवाद दिदै र वडाध्यक्षज्यू बाट आगामी वर्ष २०८२मा द्वाल्खामा राष्ट्रव्यापी वृहत् लाखे नाच प्रदर्शनीको उदघोष गर्नुभएकोमा र पुर्व वडाध्यक्ष विराज श्रेष्ठबाट द्वाल्खाको लाखे नाचको परिचय र मौलिक विशेषताको बारेमा उजागर गर्नुभएकोमा विशेष धन्यवादका…
दोलखा, २०८१/०५/११ – तिलगंगा आँखा प्रतिष्ठान र दोलखा लाइन्स आँखा केन्द्रले स्थानीय वडा ४ र ५ सहयोगमा २ वाटाका वृद्धवृद्धाहरूका लागि निःशुल्क मोतियाबिन्दु सर्जरी शिविर आयोजना गरेका छन्। यस शिविरको उद्देश्य समुदायका वृद्धजनलाई मोतियाबिन्दुको समस्या समाधान गर्न र दृष्टि सुधारमा मद्दत पुर्याउनु हो। https://www.youtube.com/watch?v=8Aq9sE6-93Q&t=137s
