निर्वाचन सफल बनाउन लाग्छौँ : दोलखाका प्रमुख जिल्ला अधिकारी घिमिरे प्रधान सम्पादक महेन्द्र श्रेष्ठ दोलखाका प्रमुख जिल्ला अधिकारी घिमिरेले आउँदै गरेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय दोलखा पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभएको छ। पत्रकारहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उहाँले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई सफल बनाउनु राज्य संयन्त्र मात्र होइन, सम्पूर्ण नागरिक, राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवाला सबैको साझा दायित्व भएको स्पष्ट पार्नुभयो। प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार निर्वाचनको सम्पूर्ण प्रक्रियामा शान्ति–सुरक्षा कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान निकायसँग प्रभावकारी समन्वय गरिएको छ। मतदान केन्द्रदेखि मतपेटिका ढुवानी…
स्व. इन्द्रप्रसाद सुवेदीप्रति नेकपा एमाले भीमेश्वर–२ द्वारा समवेदना दोलखा — नेकपा कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) भीमेश्वर नगरपालिका वडा नं. २ कमिटी, दोलखा परिवारको आयोजनामा स्व. इन्द्रप्रसाद सुवेदीप्रति भावपूर्ण समवेदना व्यक्त गरिएको छ। समवेदना कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, वडा कमिटी कार्यवाहक अध्यक्ष शान्त श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानेन्द्र प्रधान लगायत पार्टीका नेता–कार्यकर्ता तथा सुवेदी परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले स्व. सुवेदीको पार्टीप्रतिको निष्ठा, जनसेवामा पुर्याएको योगदान र स्थानीय विकासमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँको निधनले पार्टी र समाजले अपूरणीय क्षति व्यहोर्नु परेको धारणा व्यक्त गरे। स्व.…
बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि गठित कार्यदलको बैठक सम्पन्न काठमाडौँ — बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि मन्त्रीस्तरीय निर्णयबाट डा. सिन्धु ढुंगानाको संयोजकत्वमा गठन गरिएको कार्यदलको बैठक सम्पन्न भएको छ। बैठकमा माननीय वन तथा वातावरण मन्त्री भरत केसी, मन्त्रालयका सचिव डा. केदार बरालसहित कार्यदलका सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा प्रदेश वन ऐनका विद्यमान कानुनी प्रावधान, कार्यान्वयनको अवस्था, देखिएका समस्या तथा संशोधनमार्फत सुधार गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको छ। प्रदेश वन ऐन संशोधनको प्रक्रियामा अधिकारवालाहरूको प्रत्यक्ष प्रतिनिधित्वसहित कार्यदल गठन गरी छलफल तथा सुझाव संकलन गर्ने अभ्यास बागमती प्रदेशमा पहिलो पटक गरिएको हो। यस अभ्यासले ऐनलाई अझ व्यवहारिक, समावेशी…
हानिकारक प्रयोगबारे दोलखामा अन्तरक्रिया सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा — मदिराको हानिकारक प्रयोगले बालबालिका तथा समाजमा पार्ने नकारात्मक असरबारे सचेतना फैलाउने उद्देश्यले चरिकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “मदिराको हानिकारक प्रयोग : अधिकार र विकासको मुद्दा” विषयक कार्यक्रममा मदिरा दुरुपयोगका कारण शिक्षा, स्वास्थ्य, पारिवारिक हिंसा, आर्थिक समस्या तथा बालअधिकार हनन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरियो। कार्यक्रममा बालबालिकामा गरिएको लगानी नै सुरक्षित भविष्यको आधार भएको उल्लेख गर्दै मदिरा नियन्त्रणका लागि समुदाय, अभिभावक, जनप्रतिनिधि र सरोकारवालाको साझा पहल आवश्यक रहेको जोड दिइयो। २०८२ साल वैशाख ११ गते सम्पन्न कार्यक्रम ग्रामीण विकास टुकी संघ, दोलखाको समन्वयमा CWIN र FORUT को आयोजनामा भएको हो। कार्यक्रममा…
जाउलाखेलमा संघ–प्रदेश वन मन्त्रीबीच वन क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल संघीय वन तथा वातावरण मन्त्री माधव चौलागाईं र बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीबीच वन क्षेत्रका समसामयिक समस्या, नीतिगत सुधार तथा संघ–प्रदेश समन्वयका विषयमा जाउलाखेलमा विस्तृत छलफल सम्पन्न भएको छ। छलफलमा बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराल, प्रदेश मन्त्रालय योजना महाशाखा प्रमुख अजय विक्रम मानन्धर, संघीय मन्त्रालयका कर्मचारीहरू, सामुदायिक वन विज्ञ, प्रदेश वन मन्त्रीका सचिवालयका भोला खतिवडा तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सत्यनारायण शाहसहितको टोलीको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदेश वन मन्त्री भरतबहादुर केसीले हालसम्म वन जोगाउने नीतिमा केन्द्रित राज्य संरचना अब दिगो…
आमाको आवाज सधैँका लागि मौन भयो, अब ती तिम्ल्याहा बालकको भविष्य कसले सम्हाल्ने ? महेन्द्र श्रेष्ठ सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटमा घटेको सुशीला घिसिङको दर्दनाक हत्या घटनाले केवल एक महिलाको जीवन अन्त्य गरेको छैन, यसले तीन निर्दोष तिम्ल्याहा बालबालिकाको संसार नै उजाड बनाइदिएको छ। ३२ वर्षीया सुशीलालाई आफ्नै घरमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको तथ्य बाहिर आउँदै जाँदा, यो घटना समाजको अन्तरात्मालाई नै झक्झक्याउने विषय बनेको छ। हत्या हुनुअघि नै सुशीलाले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै माइती पक्षलाई पटक–पटक जानकारी गराएकी थिइन्। आमा भएर बाँच्न, आफ्ना सन्तानलाई सुरक्षित भविष्य दिन उनले अन्तिम समयसम्म गरेको गुहार आज झन् पीडादायी लाग्छ।…
दोलखा । पाखलती जीवनविज्ञान प्रयोगशालाको आयोजनामा आज विश्व ध्यान दिवस भव्य तथा अर्थपूर्ण रूपमा मनाइएको छ। मानसिक शान्ति, ध्यान अभ्यास र स्वस्थ जीवनशैलीको महत्वबारे जनचेतना फैलाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा भीमेश्वर नगरपालिका वडा नं. २ मा जन्मनु भएका समाजसेवी मनोज चाकुबजी, सोही वडामा जन्म भई हाल काठमाडौंमा बसोबास गर्दै आउनु भएका सुशेन श्रेष्ठ तथा दोलखामा लामो समयदेखि सफल व्यवसाय सञ्चालन गर्दै आउनु भएका विजय कुमार खड्काले संयुक्त रूपमा प्रयोगशालाका लागि साउण्ड बक्स सहयोग गर्नु भएको थियो। उक्त सहयोग भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालीन श्रेष्ठले…
दोलखा लायन्स आँखा केन्द्रको सामाजिक लेखा परीक्षण तिलगंगा आँखा प्रतिष्ठानमा सम्पन्न। सेवा मूल्याङ्कनसँगै दोलखा लायन्स क्लबको भवन कार्यक्रम पनि सम्पन्न। दोलखा जिल्लामा आँखासम्बन्धी स्वास्थ्य सेवाको विस्तार तथा अन्धोपन निवारणमा निरन्तर सक्रिय रहँदै आएको दोलखा लायन्स आँखा केन्द्रको सामाजिक लेखा परीक्षण कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानमा सम्पन्न भएको छ। पारदर्शिता, उत्तरदायित्व र सेवाको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा लायन्स क्लब, तिलगंगा आँखा प्रतिष्ठान तथा विभिन्न परियोजनासँग सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सामाजिक लेखा परीक्षण कार्यक्रममार्फत दोलखा जिल्लामा सञ्चालन भइरहेका आँखा स्वास्थ्यसम्बन्धी सेवा, परियोजना, उपलब्धि र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। यसै सन्दर्भमा दोलखा लायन्स क्लबको भवन कार्यक्रम…
दाेलखा – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनले पार्टीको नेतृत्व र संगठनात्मक संरचनामा नयाँ ऊर्जा र उत्साह भर्ने ऐतिहासिक अवसर प्रस्तुत गरेको छ। देशभरका हजारौं कार्यकर्ता, नेता र समर्थकहरूको उपस्थितिमा सम्पन्न यो महाधिवेशनले न केवल पार्टीको रणनीति र नीतिमा नयाँ दृष्टिकोण थप्नेछ, तर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको प्रतिनिधित्वलाई समावेशी, सशक्त र सन्तुलित बनाउने अवसर पनि दिएको छ। यस महाधिवेशनमा दोलखा जिल्लाका प्रतिनिधिहरूले आफ्नो सक्रियता, नेतृत्व क्षमता र प्रतिबद्धताले पार्टीको केन्द्रिय नेतृत्वमा आफ्नो स्थान सुनिश्चित गर्दै ऐतिहासिक योगदान गरेका छन्। केन्द्रीय कमिटीमा दोलखा जिल्लाबाट निर्वाचित हुने गौरवशाली नामहरूमा क. आनन्द प्रसाद पोखरेल, क. पार्वत गुरुङ, क. रचना खड्का, क. श्याम…
प्रिय मनहरू, मलाई पनि गाली गर्नुहोस्, अधिवेशनमा यस्तै हुन्छ..... हजुर, जति दिन र समयहरू घट्दैछन, त्यति नै बढी केही मनहरूमा आगोको जलन बढ्दै छ । लाग्छ, नेकपा एमालेको महाधिवेशनको सेरोफेरोमा ती पापी मनहरू डढेर खरानी नहोस् । मन भित्रभित्रै विष्फोट ज्वालामुखीका पीडाले जलिरहेका ज्युदा आत्मालाई सलाम गर्न यसकारण चाहन्छु की तपाईंहरूका मनहरू एमालेको चिन्ताले जलिरहेको छ,`अध्यक्ष केपी ओली´ को चिन्ताले पोलिरहेको छ । अझ भन्नुपर्दा जो एमाले हुनुहुन्न, उहाँहरूको मन बढी पोलेको छ । जो एमालेबाट लाभान्वित भै हाल अलग हुनुहुन्छ र जो एमालेको विरूद्धमा सधै हुनुहुन्छ, उहाँहरू जस्ता भद्रभलाद्मीमा दिन रात चिन्ता छ, पीडा छ । धन्य छ तपाईंहरूलाई,…
