दाेलखा काे कृषकहले पानि पदरे पछि धान राेपन लाएन लागेर खेल लागे।
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ का दिन मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९०…
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गरिएको ‘दोलालघाट–चर्मावती सुरुङ मार्ग’ काठमाडौंलाई चीनसँग जोड्ने फास्ट ट्र्याक भएको सरोकारवालाहरूले बताएका छन् । चीन, भारत र नेपाललाई त्रिदेशीय राजमार्गले जोड्न तथा काठमाडौं र चीनको दूरी घटाउन सुरुङ मार्गले विशेष योगदान पुर्याउने भएकाले यसलाई फास्ट ट्र्याकका रूपमा अगाडि बढाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् । बजेटले परिकल्पना गरेको सुरुङ मार्गको सम्भाव्यतामाथि छलफल गर्न नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रबाहेक दोलखाका सबै राजनीतिक पार्टीका नेतृत्व र प्रतिनिधिहरूले…
जेठ २८- नेकपा एमाले दोलखाले दुई महिने श्रमदान अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमीटी दोलखाको छैटौ पुर्ण बैठकले जिल्लामा आगामी असार र साउन महिना खेतीपातीको समय भएकाले पालिका र वडा कमिटीहरुले जिल्ला भित्रका एकल महिला,जेष्ठ नागरिकलाई कृषि उत्पादन कार्यमा सहयोग गर्न श्रमदान अभियान सञ्चालन गरी उत्पादनमुखी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त अवधिमा राजधानीमा रहेका दोलखा जिल्लाका नागरिकहरुमा पाटी काम विस्तार गर्न केन्द्रीत हुने निर्णय गरिएको छ भने बैठकले आवश्यकता अनुसार दोलखा काठमाडौ सम्पर्क मञ्च,पालिका कमिटी, वडा कमिटी र जनसंगठनलाई परिचालन गर्ने निर्णय गरिएको नेकपा एमाले दोलखाका उपसचिव एंव प्रचार विभाग प्रमुख हरि ओलीले…
दोलखा, चरिकोट — दोलखा सदरमुकाम चरिकोटको मुख्य चोकमा फुटपाथ मात्र नभई सडक नै अवरुद्ध हुने गरी राखिएका फलफूल तथा तरकारी पसल हटाइएको छ। सडक सुरक्षालाई ख्याल गर्दै गरिएको यस अभियानमा दोलखा ट्राफिक कार्यालयका प्रमुख ठाकुर भट्टराईको नेतृत्वमा ट्राफिक टोलीले विशेष भूमिका खेलेको छ। सडक अतिक्रमणका कारण सवारी सञ्चालनमा समस्या हुनुका साथै कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था सिर्जना भएको थियो। सो अवस्थालाई गम्भीर रूपमा लिएर पहल गरेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालप्रति समेत स्थानीयले आभार व्यक्त गरेका छन्। यस अभियानले चरिकोट बजार क्षेत्रमा सवारी आवागमनलाई सहज बनाउनुका साथै सार्वजनिक सुरक्षालाई प्राथमिकता दिएको स्पष्ट भएको छ। समयमै अतिक्रमण नहटाइएको भए, कुनै…
२०८२ जेष्ठ २४, दोलखा । भीमेश्वर नगरपालिका–२, फुलपा स्थित शंख ध्वनि मिडियाको आयोजनामा र वडा नम्बर २ को आर्थिक सहयोगमा २०८२ जेठ १५ मा सुरू भइ जेठ २२ गते सम्मको सात दिने क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ। महिला दिदीबहिनीहरूको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा महिला र पुरुष दुवैको सक्रिय सहभागिता रहेको थियो। सात दिनसम्म सञ्चालन भएको तालिममा उद्घोषणकला, सकारात्मक सोच, सामाजिक सञ्जालको प्रयोग, साइबर सुरक्षाबारे चेतना, फोटोग्राफी, लेखन कला, र नेतृत्व विकाससम्बन्धी विषयमा सहभागीहरूले प्रशिक्षण प्राप्त गरेका थिए। प्रशिक्षकहरूको विवरण र विषयगत प्रशिक्षण: तालिममा विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकहरूले सहभागीहरूलाई व्यावहारिक ज्ञान तथा उत्प्रेरणादायी…
-निर्जला आचार्य भुमी समस्या सामाधान आयोग दोलखाले भुमीहिन सुकुमबासी , भुमीहिन दलित, र अब्यबस्थीत बसोबासी सम्बन्धमा तामाकोशी गाउपालिकामा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा तामाकोसी गाउपालिकाको प्रमुख प्रोणप्रताप केसी , विशेष अतिथि उप प्रमुख सिर्जना सुबेदि लगाएत पालिकाको वडा अध्यक्षहरु र गाउकार्य पालिकाको सदस्यहरुको विशेष उपस्थित रहेको थीयो। तामाकोसी गाउपालिकामा भुमीहिन सुकुम्बासी र दलित सुकुम्बासी न्यून रुपमा रहेको र अब्यबस्थीत बसोबासीहरुको समस्या बढ्दो अबस्थामा रहेको पालिका प्रमुख केसी बताउनु हुन्छ। अर्को तर्फ अब्यबस्थीत बसोबासी समयमा नै ब्यबस्थापन गर्न भुमी समस्या सामाधान आयोग दोलखालाई अनुरोध गर्नु भएको कुरा अध्यक्ष श्रेष्ठले बताउनु भयो।उक्त अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम…
शंख ध्वनि समचार दाता काठमाडौं सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, बागमती प्रदेशको दोस्रो प्रदेश परिषद् काठमाडौं भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल रहनु भयो थियो भने भगवती प्रदश अध्यक्षता महासंघका अध्यक्ष विनोद सापकोटाले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिलवालले सामुदायिक वन समुदायकै सम्पत्ति भएकाले त्यसको संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। उहाँले समुदायमा आधारित वन व्यवस्थापनलाई थप व्यवस्थित गर्दै नागरिकको जीवनस्तर उकास्ने गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, वन नीति निर्माणको प्रक्रियामा महासंघसँग समन्वय गरी अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउँदै…
११ जेठ । नेकपा एमालेबाट निर्वाचित वाग्मती प्रदेशका वडाध्यक्षहरूको भेला आजबाट ललितपुरमा सुरु हुँदै छ । भोलिसम्म चल्ने भेलाको नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भेलामा वाग्मती प्रदेशमा एमालेबाट निर्वाचित ३ सय ५९ जना वडाध्यक्षले सहभागिता जनाउने नेकपा एमाले वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा आयोजना गरिँदै छ । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा रहेका वडाध्यक्षहरूसँग साक्षात्कार गरी उहाँहरूको धारणा सुन्न भेला आयोजना गरिएको एमालेले जनाएको छ । यसबाट जनताको अपेक्षा बुझ्न…
नेकपा एमालेको सबैभन्दा शसक्त भ्रातृसंगठन युवा संघ नेपाल यतिवेला अधिवेशनको अनितम तयारीमा छ । जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा हुने महाधिवेशनले युवासंघको नयाँ नीति र नेतृत्व चयन गर्दैछ । प्रधानमनत्री तथा एमालेका अध्यष केपी शर्मा ओली संस्थापक अध्यष रहेको एमालेको यो संगठन नेता र नेतृत्व जन्माउने भट्टीका रुपमा लिइन्छ । तत्कालीन प्रजातान्त्रिक युवा संघका संस्थापक अध्यक्ष केपी ओलीले नै उद्घाटन गर्ने यो अधिवशेनकबाट नेतृत्वमा को आउला ? यसरी आउने नेतृत्व सर्वसम्मत होला कि चुनावी प्रतिस्पर्धाले तय गर्ला भनेर धेरेले चासोका साथ हेरेका छन् । केपी ओली, महेश बस्नेत, किरण पौडेल,निरुदेवी पाल, राजिव पहारी, रमेश पौडेल हुँदै वर्तमान अध्यक्ष…
