प्रधान संवाददाता महेन्द्र श्रेष्ठ, दोलखा अभयपुर शहर दोलखा, चत्र ३० गते । दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने अभयपुर सहर दोलखामा एकहप्ते दुई दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुदै छ । गत चैत ३० गते सुरु भएको यो जात्रा अभयपुर शहरकाे विभिन्न स्थानमा पु-याएर बैशाख ७ गते सम्पन्न हुदै छ। करिब छ सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत ३० गते दूधमा स्नान गराएर सुरु हुन्छ। दोस्रो दिन अर्थात् बैशाख १ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ। रथ यात्रा कुन कुन टाेलमा पुग्छ त ? समाजसेबी…
संस्कृतिविद भनिएका डा.जगमान गुरूङले प्राचिन हशर दाेलखा स्थित भगवान श्री परिसूचक भीमेश्वर मन्दिर प्रति अफवाह फैलाउनु भएकाेमाअधिभक्ता श्याम कृष्ण मास्केद्वारा उनिप्रति केही प्रश्न १) भगवान श्री भीमसेन (भीमेश्वर) काे मुख्य हतियार खड्रग नभएर गदा हाे ? खड्रग हाे भन्ने प्रमाण तपाईं संग के छ ? २) भगवान श्री भीमसेन (भीमेश्वर) ले नेपाल मण्डल जादा आफ्नाे मुख्य हतियार गदा नवाेकी खड्रग बाेक्नुकाे कारण के थियाे ? ३) भगवान श्री भीमसेन (भीमेश्वर) नेपाल मण्डल दाेलखा (अभयपुर) बाट सिधा बाटाेबाट नगएर लामाे बाटाे दाेलखाकाे शैलुङ्ग हुँदै जानुकाे कारण र गएकाे हाे भन्ने प्रमाण तपाईं सँग के छ ? ४) भगवान श्री भीमसेन (भीमेश्वर)…
२०८१ भाद्र १९, दोलखा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा भीमेश्वर नगरपालिका वडा नं २ ले अन्तरसंवाद संगै तीज विशेष कार्यक्रमका आयोजना गरेको छ । बुधबार दोलखा भीमेश्वर नगरपालिका वडा नं २ मा तीज पर्वले पारेको प्रभाव र असर विषयमा अन्तरसंवादसंगै मनोरञ्जनात्क कार्यक्रम गरेको वडा नं २ का अध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो । भीमेश्वर नगरपालिका मेयर इश्वर मानन्धर, उप-मेयर कमला बस्नेत, वडा अध्यक्ष स्टालिन श्रेष्ठ, अखिल नेपाल महिला संघ अध्यक्ष मेनुका सुबरी, नगरका प्रशासकीय प्रमुख अधिकृत बिशकसेन ढकाल, महिला शाखा अधिकुत सुरूजा दाहाल, कृषि शाखा अधिकृत राधिका बुढाथाेकि, स्थायी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतले …
काठमाडौंको चन्द्रागिरी नगरपालिकाको धार्मिकस्थल मत्स्छेनारायण मन्दिरमा आयोजना भएको राष्ट्रिय लाखे नाच प्रदर्शनीमा ऐतिहासिक,धार्मिक, साँस्कृतिक एवम् सम्पदा वस्तिको रुपमा रहेको भीमेश्वर नगरपालिकाको वडा नं २ को दोलखा बजार अर्थात द्वाल्खा बजारबाट वडा नं २ को संयोजनमा र वाराणशी सहयोगी हातहरुको ब्यवस्थापनमा वडाध्यक्ष स्टालिन श्रेष्ठ ज्यूको नेतृत्वमा आफ्नो मौलिक साँस्कृतिक परम्परा बोकेको विभिन्न किसिमको लाखे सफल रुपमा प्रदर्शन गरी आफ्नो मौलिक परम्परा र संस्कृतिको परिचय दिने कार्य गरेकोमा सबैलाई धन्यवाद दिदै र वडाध्यक्षज्यू बाट आगामी वर्ष २०८२मा द्वाल्खामा राष्ट्रव्यापी वृहत् लाखे नाच प्रदर्शनीको उदघोष गर्नुभएकोमा र पुर्व वडाध्यक्ष विराज श्रेष्ठबाट द्वाल्खाको लाखे नाचको परिचय र मौलिक विशेषताको बारेमा उजागर गर्नुभएकोमा विशेष धन्यवादका…
दोलखा, २०८१/०५/११ – तिलगंगा आँखा प्रतिष्ठान र दोलखा लाइन्स आँखा केन्द्रले स्थानीय वडा ४ र ५ सहयोगमा २ वाटाका वृद्धवृद्धाहरूका लागि निःशुल्क मोतियाबिन्दु सर्जरी शिविर आयोजना गरेका छन्। यस शिविरको उद्देश्य समुदायका वृद्धजनलाई मोतियाबिन्दुको समस्या समाधान गर्न र दृष्टि सुधारमा मद्दत पुर्याउनु हो। https://www.youtube.com/watch?v=8Aq9sE6-93Q&t=137s
