वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो महेन्द्र श्रेष्ठ सिन्धुली । कमलामाई नगरपालिका ले जीर्ण अवस्थामा रहेको स्टल बजारमा शुक्रबार डोजर चलाएको छ । नगरपालिकाले पूर्वसूचना जारी गर्दै हटाउन निर्देशन दिएका स्टल बजारका ४८ वटा सटर भत्काउने काम शुक्रबार दिउँसो १ बजेदेखि सुरु गरिएको हो । नगरपालिकाले केही दिनअघि नै स्टल बजार खाली गर्न सूचना जारी गरेको थियो । बुधबार अन्तिम सूचना प्रकाशित भएपछि व्यवसायीहरू सामान व्यवस्थापन गर्न बाध्य बनेका थिए । शुक्रबार डोजर पुगेसँगै वर्षायामकै बीच ४६ जना व्यवसायी विस्थापित भएका छन् । वर्षाको समय भएकाले तत्काल व्यवसाय स्थानान्तरण…
आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलपत्र अवस्थामा रहेको खरिढुङ्गा म्याग्नेसाइट उद्योग पुनः सञ्चालनको विषय निकै चर्चामा थियो । राजनीतिक भेटघाटदेखि स्थानीय तहसम्म “यसपटक उद्योगका लागि ठोस योजना आउँछ” भन्ने अपेक्षा बढाइएको थियो । तर बजेट सार्वजनिक भएपछि भने धेरै दोलखावासी निराश बनेका छन् । वर्षौंदेखि बन्द अवस्थामा रहेको खरिढुङ्गा म्याग्नेसाइट उद्योग दोलखाको आर्थिक सम्भावना र रोजगारीसँग जोडिएको महत्वपूर्ण परियोजना मानिन्छ । उद्योग सञ्चालनमा आए स्थानीय युवाले रोजगारी पाउने, व्यापार चलायमान हुने र समग्र जिल्लाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो । तर सार्वजनिक बजेटमा उद्योग सञ्चालनका…
विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित। महेन्द्र श्रेष्ठ / शंखध्वनि अनलाइन दोलखा । सञ्चार क्षेत्रलाई केवल समाचार प्रवाहको माध्यम नभई समाज परिवर्तन, विकास निर्माण र जनचेतनासँग जोडिएको जिम्मेवार क्षेत्रका रूपमा स्थापित गर्न सक्रिय पत्रकारहरूलाई सम्मान गर्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले आयोजना गरेको १३औँ साधारणसभा पत्रकार सम्मान र प्रेरणाको वातावरणबीच सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरीकोटमा सम्पन्न साधारणसभाको अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का दोलखा समाचारदाता कालिका खड्का लाई “विकास पत्रकारिता पुरस्कार” प्रदान गरिएको हो । राष्ट्रियसभा सदस्य घनश्याम रिजाल ले नगद रु १० हजार राशिसहित उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । स्थानीय…
दोलखाका ९ स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु आर्थिक अनुशासन कमजोर, पारदर्शितामाथि प्रश्न ? महेन्द्र श्रेष्ठ दोलखा जिल्लाका ९ वटै स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले सार्वजनिक गरेको तथ्यांकअनुसार स्थानीय तहहरूमा आर्थिक अनुशासन, योजना कार्यान्वयन, खर्च व्यवस्थापन तथा लेखा प्रणालीमा विभिन्न कमजोरी देखिएको हो । प्रतिवेदनअनुसार कानुनी प्रक्रिया पूरा नगरी खर्च गर्ने, आवश्यक कागजात संलग्न नगर्ने, सम्झौताअनुसार काम सम्पन्न नगरी भुक्तानी दिने, खरिद प्रक्रिया पारदर्शी नबनाउने तथा अनुगमन प्रभावकारी रूपमा नगरेका कारण बेरुजु रकम बढ्दै गएको देखिएको छ । स्थानीय तहमा विकास निर्माणका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ बजेट खर्च हुने गरे पनि…
भरोसाको केन्द्र बन्दै दिनेश पाठक प्यानल दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा अनुभवी र सक्रिय टोली मैदानमा महेन्द्र श्रेष्ठ दोलखा, चरिकोट । दोलखा उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि दिनेश पाठक नेतृत्वको प्यानलसहित विभिन्न पदका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। निर्वाचन उप–समितिले दाबी–विरोधमाथिको छलफल तथा निर्णयपछि अन्तिम उम्मेदवार सूची प्रकाशन गरेको जनाएको हो। अध्यक्ष पदमा व्यवसायी दिनेश पाठकले उम्मेदवारी दिएका छन् भने उहाँसँग प्रतिस्पर्धामा सन्तन थापा रहेका छन्। व्यवसायीहरूको हकहित, संस्थागत सुदृढीकरण तथा जिल्लाको व्यापार–व्यवसाय प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाउँदै पाठक नेतृत्वको टिम चुनावी मैदानमा उत्रिएको छ। दिनेश पाठक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमल श्रेष्ठ, उपाध्यक्षमा बलराम थापा, महिला उपाध्यक्षमा कल्याणी श्रेष्ठ,…
द्वाल्ख भाषाको नाटक “मिसामी” प्रदर्शन, दर्शक भावुक बने। महेन्द्र श्रेष्ठ काठमाडौं । दोलखाको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले द्वाल्ख भाषाको नाटक “मिसामी” काठमाडौंस्थित Rising Mall को सिनेमा हलमा भव्य रूपमा प्रदर्शन गरिएको छ। प्रज्ञा–तुलसी दिवसको अवसर उक्त कार्यक्रममा दोलखा तथा राजधानीका विभिन्न क्षेत्रबाट उल्लेख्य दर्शक सहभागिता रहेको थियो। कार्यक्रममा भाषाविद् प्रा. डा. दानराज रेग्मी, इतिहासकार टेकबहादुर श्रेष्ठ, नेवारी संस्कृतिविद् प्रा. डा. चुन्डा बज्राचार्य, पूर्व उपकुलपति शिलु बज्राचार्य तथा नेवा देय दबूका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्य को प्रमुख आतिथ्यता रहेको थियो। अतिथिहरूले दोलखाको भाषा र संस्कृतिलाई जोगाइराख्न यस्ता सिर्जनात्मक अभियान आवश्यक रहेको धारणा व्यक्त गरेका…
नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस भव्य रूपमा मनाइयो दोलखा — नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस देशभर उत्साहका साथ मनाइँदै गर्दा दोलखामा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाइएको छ। जिल्लाका शैलुङ, जिरी, भीमेश्वर लगायतका विभिन्न स्थानीय तहहरूमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा दिवस विशेष कार्यक्रम सम्पन्न भएका हुन्। दिवसको अवसरमा आयोजित मूल समारोहमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी स्थापनाको ऐतिहासिक पृष्ठभूमि, संघर्षका चरणहरू र वर्तमान अवस्थाबारे विस्तृत चर्चा गरिएको थियो। वक्ताहरूले ७७ वर्ष लामो कम्युनिस्ट आन्दोलनले देशमा राजनीतिक परिवर्तन, जनअधिकारको सुनिश्चितता, सामाजिक न्याय र समानताको आधार निर्माणमा खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण गरेका थिए। उनीहरूले…
जहाँ दुःख त्यहाँ रेडक्रस” : सिन्धुलीमा नेपाल रेडक्रसको ५५ औँ जिल्ला सभा भव्य रूपमा सम्पन्न, मानवीय सेवामा थप प्रतिबद्धता सिन्धुली “जहाँ दुःख त्यहाँ रेडक्रस” भन्ने मानवीय मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ५५ औँ जिल्ला वार्षिक सभा आज कमलामाई नगरपालिका मा भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख उपेन्द्रकुमार पोखरेल को प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न पालिकाका जनप्रतिनिधि, रेडक्रसकर्मी, स्वयंसेवक, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमै वक्ताहरूले रेडक्रसको मानवीय सेवाको महत्व र यसको सामाजिक प्रभावबारे जोड दिएका थिए। प्राकृतिक विपद्, दुर्घटना, स्वास्थ्य आपतकालीन अवस्था तथा सामाजिक संकटका…
राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभयपुर शहर, दोलखा पुगेर राताे मच्छिन्द्रनाथको दर्शन गर्नु केवल एक औपचारिक भ्रमण मात्र होइन, हाम्रो सांस्कृतिक इतिहाससँग जोडिएको गहिरो आस्था र परम्पराको पुनःस्मरण पनि हो। राताे मच्छिन्द्रनाथ, जसलाई नेवार समुदायमा “बुङ्गदेव” भनेर पनि चिनिन्छ, वर्षा, सहकाल र समृद्धिका देवताको रूपमा पूजिँदै आएका छन्। यसको इतिहास करिब पाँच सय वर्षभन्दा पुरानो मानिन्छ। काठमाडौँ उपत्यकामा विशेषगरी पाटन क्षेत्रमा सुरु भएको राताे मच्छिन्द्रनाथ जात्रा नेपालको सबैभन्दा लामो र महत्वपूर्ण जात्रामध्ये एक हो। किंवदन्ती अनुसार, देशमा लामो समयसम्म खडेरी परेपछि गुरु गोरखनाथलाई प्रसन्न पार्न मच्छिन्द्रनाथलाई यहाँ ल्याइएको थियो,…
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम Tilganga Institute of Ophthalmology, Fred Hollows Foundation तथा Australian Aid को सहयोगमा आयोजना गरिएको हो। श्री जानकी आँखा अस्पताल, जनकपुरका नेत्ररोग विशेषज्ञ डा. आशिष बोहराको नेतृत्वमा खटिएको प्राविधिक टोलीले मोतिबिन्दु पहिचान भएका ४७ जना बिरामीहरूको सफल शल्यक्रिया सम्पन्न गरेको छ। यस शिविरबाट विशेषगरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। मोतिबिन्दु आँखाको एक सामान्य तर गम्भीर समस्या हो, जसले विस्तारै दृष्टि धमिलो बनाउँदै…
