Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पत्रपत्रिका

प्राचिन शहर दोलखा : भैरव कुमारीको जात्रा सुरु, ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास

प्राचिन शहर दोलखा : भैरव कुमारीको जात्रा सुरु, ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास

दोलखा । दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरव कुमारीको जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट देखि षष्टीको रातभरसम्म दोलखामा बाजागाजाको तालमा भैरव र कुमारीसहितको समूहका जात्रा हुने गर्दछ । जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वासले दोलखा बजार लगायत क्षेत्रका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ । भैरव र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् । शिवभक्ती परिवारका समूहद्वारा भैरव र कुमारीको परिचयमा सञ्चालन हुने यो भैरव कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ । पौराणिक किंवदन्तीका अनुसार दोलखामा…
Read More
भ्रष्टाचार, दण्डहीनता र नेपाल

भ्रष्टाचार, दण्डहीनता र नेपाल

अघिपछि आरोप–प्रत्यारोपमा रहने पार्टीहरू भ्रष्टाचार र एकले अर्कोलाई बचाउनमा प्रायः एकजुट देखिन्छन्  नेपालमा भ्रष्टाचारको कारण सुशासनको अभाव र दण्डहीनता भयावह गतिमा बढिरहेको कुरा अन्तर्राष्ट्रिय वित्तीय संस्था र विकासका साझेदार मुलुकले चेतावनी र सहायताको सर्तका रूपमा बारम्बार औँल्याइरहेका छन् । अर्कातिर देशभित्रचाहिँ सत्ताधारी र त्यसका ताबेदार वृत्तको मान्यतामा भ्रष्टाचार अब शिष्टाचार हुन थालेको छ । भ्रष्टाचारका अनेक आयाम र रूपले मुलुकलाई थिलथिलो बनाउँदै लगेको छ । अखबारका पाना दिनहुँ भ्रष्टाचारका समाचारले रंगिरहेका छन् । सामाजिक सञ्जालमा आक्रोश देखिन्छ । तर, सत्ता सञ्चालकहरू भ्रष्टाचार र बेथितिका संरक्षक र सेवक भएर विराजमान छन् ।  सार्वजनिक रूपमा मञ्चबाट गर्ने भाषण वा टेलिभिजनका अन्तर्वार्तामा व्यक्त गरिएका आदर्श जति नै कर्णप्रिय हुन्,…
Read More
किन आलोचित बन्दै छ प्रशासकीय संघीयता ?

किन आलोचित बन्दै छ प्रशासकीय संघीयता ?

प्रशासकीय संघीयता कार्यान्वयन गर्ने दायित्व पहिलो राजनीतिको हो, त्यसपछि मात्र कर्मचारीको हो नेपालको कर्मचारीतन्त्र धेरै कुराबाट आलोचित हुँदै आएकोमा अहिले उसले संघीयता कार्यान्वयनमा पनि नसघाएको आरोप खेपिरहेको छ । राजनीतिक दलहरू राजनीतिक रूपमा संघीयताको कार्यान्वयनमा आफूहरूले कुनै कसर बाँकी नराखे पनि कर्मचारीतन्त्रका कारण प्रदेश तथा स्थानीय तहले काम गर्न नसकेको भनिरहेका छन् । कर्मचारीको काम नगर्ने, खटाएको ठाउँमा नजाने, जनप्रतिनिधिलाई उचित मान–मर्यादा नगर्ने, विभिन्न बहानामा राजधानी जाने प्रवृत्तिले बजेट कार्यक्रम कार्यान्वयन र नागरिक सेवा वितरणमा बाधा पुुग्न गई संघीयता भनेको खराब कुरा रहेछ भन्ने भाष्य निर्माण हुन थालेको छ । कर्मचारीले संघीयता बुुझेकै छैनन्, केन्द्रीकृत भावनाले संघीयता सफल हुँदैन भन्ने राजनीतिको बुुझाइ छ । उता…
Read More
जनताका सुझावलाई लिपिबद्ध गरेर भविष्यको कार्ययोजना बनाउँछौँ : महासचिव शंकरपोखरेल

जनताका सुझावलाई लिपिबद्ध गरेर भविष्यको कार्ययोजना बनाउँछौँ : महासचिव शंकरपोखरेल

एमालेले १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु गरेको १९ दिने मध्यपहाडी संकल्प यात्रा १ पुसमा पाँचथरको चिवाभन्ज्याङमा पुगेर समापन भएको छ । यात्राको क्रममा अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयाससमेत भयो । यसै पृष्ठभूमिमा एमालेको ‘संकल्प यात्रा’, राष्ट्रिय राजनीति, सरकार, दलहरूले चलाइरहेको ‘मिसन ८४’लगायतका विषयमा महासचिव शंकरपोखरेलसँग नयाँ पत्रिकाका शुरोजंगपाण्डेले गरेको कुराकानी : सुदूरपश्चिम बैतडीको झुलाघाटदेखि पूर्वको पाँचथरको चिवाभन्ज्याङसम्मको १९ दिने मध्यपहाडी संकल्प यात्रामा एमालेले जनताका प्रमुख सरोकार र समस्याहरूलाई मूलभूत रूपमा कसरी अनुभूत गरेको छ ?  पहिलो, अभियानको विशेषताबारे प्रकाश पारेपछि तपाईंले खोजेको प्रश्नको जवाफमा प्रवेश गर्छु । हामीले मंसिर १४ देखि वैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डा फहराएर अभियानको शुभारम्भ गर्‍यौँ । विभिन्न ठाउँमा सभा आयोजना…
Read More
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search